Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

इलामका आठ गाविसमा सफाई कार्यक्रम सुरु

\"sarsafai-pic-750\" इलाम, २८ असोज । इलामका आठवटा गाविसमा पूर्णसरसफाइ कार्यक्रम सुरु भएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फनबोर्ड) मार्फत सुनगाभा विकास संस्थाद्वारा जिल्लाका नयाँबजार, प्याङ, इरौँटार, चमैता, जीतपुर, फाकफोक, इभाङ र साकफारा गाविसमा पूर्ण सरसफाइ कार्यक्रम प्रारम्भ भएको हो । पहिलो चरणमा ती गाविसमा बनाइएको कार्ययोजनामा गाउँ खानेपानी सरसफाइ स्वच्छता समिति भिवाससिसी पुनर्गठन, गाविसका सबै वडामा युवा र महिलाको छुट्टाछुट्टै समिति गठन, विद्यालयमा शिक्षक विद्यार्थीको सरसफाइ समिति गठन गरिएको सुनगाभा विकास संस्थाले जनाएको छ । एकवर्षभित्रमा यी आठवटा गाविसलाई पूर्णसरसफाइयुक्त गाविस घोषणा गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएकोे कार्यक्रमका सरसफाइ अधिकृत दीपेन्द्र खनालले बताए । समिति गठन भइसकेकाले अब सबै समितिका पदाधिकारीलाई पूर्णसरसफाइका बारेका प्रशिक्षण दिने र यसकालागि वातावरणीय सरसफाइसहित घरायसी सफाइअन्तर्गतका सातवटा सूचकका बारेमा जानकारी गराएको छ । अधिकृत खनालका अनुसार घरायसी सूचकमा शौचालयको उचित प्रयोग, साबुन पानीले हात धुने, स्वच्छ पानीको प्रयोग, सफा खाना, घर आँगन सरसफाइ, व्यक्तिगत सरसफाइ र गाई गोठको व्यवस्थापनलगायतका बारेमा प्रशिक्षण दिइनेछ । प्रशिक्षण पाएका समितिका पदाधिकारीले आफ्नो गाउँघरका सम्पूर्ण गाउँवासी एवम् विद्यालयमा पूर्णसरसफाइको बारेमा जानकारी गराउने र सचेतना फैलाउने बताइएको छ । यसैगरी कार्यक्रम सञ्चालन भएका ती गाविसमा सुनगाभाले दुई/दुईजनाको दरले सरसफाइ उत्प्रेरक पठाइसकेको छ । उनीहरूले गाविसको रणनीति बनाउन समिति गठन गर्नेछन् । सो कार्यक्रम सञ्चालनका लागि फनबोर्डले रु ६० लाख बजेट विनियोजन गरेको छ । आठवटा गाविसमा कार्यक्रम सञ्चालन गर्न रु एक लाख ५० हजारको दरले वितरण गर्ने तयारीमा रहेको सरसफाइ अधिकृत खनालले जानकारी दिए । उनका अनुसार यस कार्यक्रमका लागि १८ जना कर्मचारी खटिएका छन् । नेपाल सरकारले सन् २०३० सम्ममा देशलाई पूर्णसरसफाइयुक्त देश घोषणा गर्ने तयारीमा रहेपनि जिविसले भने सन् २०२५ भित्रमै यस जिल्लालाई पूर्णसरसफाइयुक्त जिल्ला घोषणा गर्ने तयारी गरेको छ । आठवटा गाविसलाई नै कार्यक्षेत्र बनाएर काम गर्दै आएकाले अहिले पनि पूर्ण सरसफाइको कार्यक्रम पनि आठ गाविसमै सञ्चालन गरेको संस्थाले जनाएको छ । खुल्ला दिसामुक्त जिल्ला घोषणापछि पूर्णसरसफाइ कार्यक्रम सुरु गरिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending