Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

प्रधानमन्त्री प्रचण्डको टिकामाथि एमाले नेताको यस्तो राजनीति !

\"prachanda_shankhar_rabindra\"काठमाडौं, २६ असोज । बुधबार विहानै एमालेका प्रभावशाली मानिने नेताहरु शंखर पोखरेल र रविन्द्र अधिकारी प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले दशैको टिका नलगाएको भन्दै छेडछाडमा देखिए । मंगलबार प्रधानमन्त्री प्रचण्डले आम नेपालीमा दशैंको शुभकामना दिदैँ दशैं पर्व परिस्कृत र परिमार्जत रुपमा मनाउन आग्रह गर्दै आफु पनि उसै गर्ने संकेत गरेका थिए ।  विगत ४० वर्षदेखि दशैंमा टिका नलगाएका प्रचण्डले यसपालीको दशैंमा पनि टिका लगाएनन् । प्राय सबै एमाले नेताहरुले आफ्नो धर्म र सँस्कारलाई हुबहु मान्दै आएकाले पनि हुनसक्छ प्रधानमन्त्रीको कदमप्रति रुष्टमात्रै भएनन् टिकाको भधोलिपल्टै सामाजिक संजाल फेसबुक र ट्विटरमा पोखिन थाले । एमाले नेता शंखर पोखरेलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, –‘राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको ‘दशै वहिस्कार’ को हतियार माकेका लागि गलपासो वनेको छ । युटर्नगर्न खप्पिस प्रचण्ड नि गोलचक्करमा पर्याछन् ।’ याँहा नेता पोखरेलले चतुर्याईपूर्ण तरिकाले प्रचण्डले दशैं बहिस्कार गरेको भनेको छन् । बहिस्कार गर्नु र सँस्कृतिलाई परिमार्जन गर्दै मान्नुबिचमा ठुलो भिन्नता भएको कुरा नेता पोखरेलले बुझेकै हुनुपर्छ । तर उनले जानीजानी आम सर्वसाधारणमा प्रचण्डले दशैं बहिस्कार गरे भनेर सन्देश प्रभाह गर्न खोजेको देखिन्छ । उनले प्रचण्डले राजनीतिक स्वार्थका लागी भनेपनि आफैले प्रचण्डको दशैंप्रति राजनीति गरेको भेउ पाएनन् । यसैगरी एमालेका अर्का युवा नेता रविन्द्र अधिकारीले सामाजिक संजाल ट्विटरमा बुधबार नै प्रचण्डप्रति छेडछाड गरे । उनले प्रचण्डलाई छेड हान्दै लेखेका छन्, –‘प्रधानमन्त्री दाहाल दशै बाहेक सबै चाड मान्नु हुन्छ १ यसमा कुनै संका ?’ याँहा रमाईलो पक्ष के छ भने प्रधानमन्त्री प्रचण्डको पार्टी माओवादी केन्द्र र एमाले दुबैले आफुलाई सच्चा कम्युनिष्ट भएको दावी गर्छन् । कम्युनिष्टहरु भौतिकवादी हुनेहुँदा धर्म मान्दैनन् । सँस्कृति र परम्पराको बारेमा नेपालका कम्युनिष्टहरुबिच बहस छ । सँस्कृतिलाई कसरी मान्ने आआफ्नै धारणा छ । तर कम्युनिष्ट नेताहरुले सार्वभौम स्विकार गरेको कुरा भनेको सँस्कृतिलाई परिमार्जन गर्दै जानुपर्छ भन्ने हो । पोखरेल र अधिकारीले आफुलाई कम्युनिष्ट हुँ भन्छन् भने प्रचण्डले टिका नलगाउनुलाई समर्थन गर्नुपथ्र्यो । तर उनीहरुले प्रचण्ड हिन्दुहरुका विरुद्दमा छन् भनेर गुह्य राजनीति गर्न खोजेको प्रष्टै देखिन्छ । श्राद्द, पुजाआजा र मन्दिरमा खुलेआम धाउने एमालेका नेताहरुले हिन्दुधर्म अनुसारका परम्परा र सँस्कृति नमान्नेहरुको बरु अपमान गर्न खोजेका छन् । प्रचण्डले टिका नलगाउनु उनको आस्था, निष्ठा सँगै वैयक्तिक कुरा पनि हो । पोखरेल तिनै नेता हुन् जसले केही समयअघि सामाजिक संजाल ट्विटरमा मधेसीहरुलाई ‘कालो’ भनि अपमान गरेपछि चौतर्फी आलोचना भएको थियो । उनलाई यिनै अधिकारी एकले मात्रै समर्थन गरेका थिए । प्रचण्डले आफ्नो आस्था, निष्ठा र वैयक्तिक अधिकार प्रयोग गरेकोलाई धार्मिक सद्भाव भड्काउन प्रयोग गर्नु हुँदैन कि नेता ज्यु ? के छ प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशमा ? नेपाली हिन्दूहरुको विशेष पर्व बिजयादशमीको मूख्य दिन बडादशैंको सुखद् उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण एक सुन्दर र बहुविविधतापूर्ण राष्ट्र हो । विजयादशमी, तिहार, नेपाल सम्वत्, छठ, ल्होसार जस्ता पर्वहरुका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् । विविधतायूक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम हो । सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो । दशैं लगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएका छन् । यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभार हो । नेपाल यतिबेला लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्यायसहितको प्रगतिशील चरित्र बोकेको संविधानको स्वीकार्यता बढाएर संविधानको कार्यान्वयन गर्ने चरणमा छ । राजनीतिक र सामाजिक परिवर्तन प्राप्तिका लागि हामीले जुन बलिदानी र एकताको प्रदर्शन ग¥यौं, आन्तरिक राष्ट्रियता बलियो पार्दै संविधान कार्यान्वयन गर्न त्यस्तै एकता र सहकार्य हाम्रा लागि अनिवार्य भएको छ । अर्कोतिर, भूकम्पको पूनर्निर्माण र राष्ट्रिय नवर्निर्माण पनि हाम्रासामू चुनौतिपूर्ण अवसरका रुपमा उभिएको छ । हाम्रो एकता, सहकार्य र विविधताको आत्मसातीकरणले चुनौतिलाई अवसरमा बदल्न सकिन्छ र बदल्नु पर्दछ । चुनौतिलाई अवसरमा बदल्न दशैं लगायतका सांस्कृतिक पर्वहरुको भावात्मक भूमिका महत्वपूर्ण रहेको तथ्य हामीले बिर्सन मिल्दैन । राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई पनि पूनर्परिभाषित र पूनर्संस्कार गर्न जरुरी छ । हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान् संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रुढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्दतिमा पूनर्विचार गर्नैपर्दछ । यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो र जीवनमूखी बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ । बडादशैं २०७३ लाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रुपमा मनाउन म सम्पूर्ण नेपालीहरुमा विशेष अनुरोध गर्दछु । यस पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस्, राष्ट्रिय एकता, संविधान कार्यान्वयन, पूनर्निर्माण र नवर्निर्माण, जनताको जीवनमा परिवर्तनका लागि दृढ संकल्प र इच्छाशक्तिको विकास गर्न सकोस् । अन्त्यमा नेपालीहरुका आउँदै गरेका पर्वहरु तिहार, नेपाल सम्वत्, छठ, ल्होसारको उपलक्ष्यमा समेत हार्दिक शुभकामना व्यक्त गर्दै बिजयादशमीको हार्दिक शुभकामना व्यक्त गर्दछु । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending