Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

जनउत्थानका लागी सुनौलो अभियान शालिग्रामले वृहत साँस्कृतिक महोत्सव गर्ने

पर्वत, २३ असोज । पर्वतको सुदुर दक्षिणमा पर्ने शालिग्राम गाविस र वहाकी गाविसको सिमाना ठाँटीमा जनउत्थानका लागी सुनौलो अभियान शालिग्राम पर्वतले आफ्नो बृहत दोस्रो साँस्कृतिक महोत्सव तथा प्रथम वार्षिक उत्सव मनाउने भएको छ । संस्थाले यहि आउदो असोज २६, २७ र २८ गते ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा हाँस्यकलाकारहरुको साथमा नृत्य प्रतियोगीता तथा एकल लोक गीत प्रतियोजीता पनि आयोजना गर्ने भएको छ । यहि आउदो असोज २६ गते नृत्य प्रतियोगीताको दर्ता, कलाकारहरुको प्रस्तुती, असोज २७ गते नृत्य प्रतियोगीता, ख्याती प्राप्त कलाकारहरुको वेजेड प्रस्तुती, असोज २८ गते कलाकारहरुको प्रस्तुती संगै पुरस्कार वितरण तथा सम्मान आयोजाना गरिएको आयोजकले जानकारी गराएको छ । \"palpa_saskritik-750\"नृत्य प्रतियोगीतमा पहिलो हुनेलाइ १० हजार, दोस्रो हुनेलाइ पाँच हजार, तेस्रो हुनेलाइ २५ सय र सान्त्वना हुनेलाइ १५ सय शिल मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । एकल नृत्य प्रतियोगीता तर्फ पहिलो हुनेलाइ दुइ हजार, दोस्रो हुनेलाइ एक हजार र तेस्रो हुनेलाइ एक पाँच सय रुपया पुरस्कार कायम गरिएको छ । ज्न उत्थानका लागी सुनौलो अभियान शालिग्राम पर्वतका अध्यक्ष प्रेम सोनी सुनारले संस्थाले यस वर्ष भलिवल प्रतियोगीताको आयोजना नगरेको जानकारी दिदैँ साँस्कृतिक कार्यक्रम भने गत वर्ष भन्दा भव्य र दम्दार बनाउने लक्ष्य राखेको स्पष्ट पारे । उहाले कार्यक्रम सफल बनाउन सम्पुर्ण युवाहरु एकताको सुत्रमा बाँधिदै गएको र संस्थाले आयोजना गरेको गैरवमय कार्यक्रमलाइ सफल बनाउन सवैलाइ साथ दिन अपिल गरे । उहाले देशमा तथा विदेशमा रहेका विभिन्न शालिग्रामका युवाहरुसंग कार्यक्रमको विषयमा छलफल तिव्र गतिमा अगाडी वढाइएको जानकारी दिए । उत्थानका लागी सुनौलो अभियान शालिग्राम पर्वतका सचिव नारायण विश्वकर्माले कार्यक्रममा नेपाली लोक दोहोरी मा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरु राधिका हमाल, बालचन्द्र वराल, जमुना राना, सान्ता परियार, याम सुनार, चेतन गोतामे, यज्ञ सापकोटा, प्रकाश पराजुली, तिलव विश्वकर्मा, माधव पराजुली, अर्जुन थापा, नृत्य निर्देशक तथा मोडेल एकेन्द्र सारा संकर, नृत्यकार तथा मोडेल आरुसी थापामगर हाँस्य कलाकार कमल वस्याल चटपटे वा लगाएतको उपस्थती रहने जानकारी दिए । विश्वकर्माले कार्यक्रममा विभिन्न क्षेत्र तथा पेसामा आबद्ध बौद्धिक व्यक्तिहरुको उपस्थिती रहने पनि जानकारी दिनुभयो । “कार्यक्रम अहिले सम्मकै भव्य र सभ्य हुन्छ” विश्वकर्माको दावी छ । विश्वकर्माले कार्यक्रममा नेपाल अधिराज्यमा रहेका तथा विदेशमा छरीएर रहेका नेपालीहरुलाइ सहभागीता जनाउन पनि आग्रह गरेका छन् । शालिग्राम वासी र शालिग्राममा जन्मेर हाल देश भन्दा वाहिर र देश भित्र स्याङजा, पोखरा, पाल्पा, वुटवल, नारायणगढ, काठमाण्डा लगाएतका स्थानमा रहेका संस्थाका सक्रिय सदस्यहरुहरुको सहयोजमा कार्यक्रम हुन लागेको हो । गत वर्ष पनि संस्थाले कुल दुइ लाख पचार हजार वरावरको पुरस्कार राशि रहेको भलिवल प्रतियोगीता तथा वृहत साँस्कृतीक कार्यक्रमको आयोजना गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending