Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

दसैँ मान्न राजधानीबाट २२ लाख यात्रु बाहिरिए

[caption id=\"attachment_96214\" align=\"alignleft\" width=\"800\"]\"dashai_yatru\" file photo[/caption] काठमाडौँ, २३ असोज । दसैँ मान्नका लागि राजधानी काठमाडौँ उपत्यकाबाट आजसम्म २२ लाख यात्रु बाहिरिएका छन् । उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष सरोज सिटौलाले तीन दिन— बिहीबार, शुक्रबार र शनिबार उपत्यका बाहिरिने यात्रुको सबैभन्दा बढी चाप रहेको र भोलिदेखि न्यून हुने बताए । उहाँका अनुसार आजमात्रै दुई लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने शुक्रबार सबैभन्दा बढी तीन लाख ५० हजार यात्रु बाहिरिएका थिए । उपत्यकाका नागढुङ्गा, बल्खु, अरनिको राजमार्ग, बिपी राजमार्ग, साँखु, पासाङलामु मार्ग र टोखा—छहरे राजमार्गबाट यात्रु देशका विभिन्न गन्तव्यतिर गएका हुन् । महासचिव सिटौलाले तीन दिनको अवधिमा आजसम्म कुनै अप्रिय घटना नघटेको र विगतका दसैँभन्दा यो पटक यात्रु सहज तरिकाले गन्तव्यमा पुगेकोे दाबी गरे । दसैँलाई लक्षित गरी अहिले साना ठूला गरी दैनिक पाँच हजारको हाराहारीमा सवारी आवतजावत भइरहेको महासङ्घले जनाएको छ । सामान्य अवस्थामा दैनिक एक हजार देखि एक हजार २०० सम्म सवारी आवतजावत गर्थे । महासङ्घले यात्रुको चाप र सुविधालाई मध्यनजर गरी असोज १५ देखि ३० गतेसम्म ‘पकेट पर्मिट’ दिएकाले देशभरका जुनसुकै सवारी जतासुकै सहजरुपमा जानसक्ने व्यवस्था गरेको छ । नयाँ गाडी नथपिए पनि देशभरका सबै गाडी राजधानी उतारी यहाँबाट यात्रु लगिएको व्यवसायीले बताएका छन् । दसैँको पूर्णिमाको दिनदेखि यात्रु फर्किने भएकाले त्यसका लागि अग्रिम टिकट खुल्ला गरिएको र यात्रुको सहजताका लागि सबै कम्पनी संस्थालाई आग्रह गरिएको महासचिव सिटौलाको भनाइ छ । उपत्यकामा आज सवारी आवतजावत सामान्य रहेको र अहिलेसम्म कुनै अप्रिय घटना नघटेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending