Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

दरमखोला जलविद्युत् आयोजनाको निर्माण कार्य मङ्सिरदेखि सुरू हुने

[caption id=\"attachment_96186\" align=\"aligncenter\" width=\"748\"]\"फाइल फाइल तस्वीर[/caption] बागलुङ, २२ असोज । बागलुङमा १० मेगावाटको दरमखोला जलविद्युत् आयोजना बन्ने भएको छ । आयोजनाको पूर्वाधार निर्माण मङ्सिरदेखि सुरु हुने भएको छ । तीनवर्षभित्र आयोजनाको काम पूरा हुने दरमखोला हाइड्रो इनर्जी लिमिटेडले जनाएको छ । रु एक अर्ब ८२ करोडको लागत अनुमान गरिएको आयोजनाको सर्वे भइसकेको छ । आयोजना बनाउन ९० प्रतिशत सञ्चालक सेयर र १० प्रतिशत सर्वसाधारणको सेयर रहने बताइएको छ । सरकारसँग विद्युत् खरिद बिक्री सम्झौताको प्रक्रिया अघि बढेको आयोजना निर्देशक रुपकलाल श्रेष्ठले बताएका छन । “आयोजनाको विस्तृत सर्वे, वातावरणीय अध्ययनजस्ता पूर्व तयारीका काम पूरा भइसकेका छन्”, निर्देशक श्रेष्ठले भने – “आउँदो मङ्सिरदेखि पूर्वाधारको काम सुरु हुन्छ, २०७६ पुसभित्र बत्ती बालिसक्ने लक्ष्य छ ।” यसअघि रिघा मनेवा दरमखोला जलविद्युत् सहकारी संस्था लिमिटेडले बनाउने भनेको आयोजना लगानी जुट्न नसकेपछि दरमखोला हाइड्रो इनर्जी लिमिटेडले जिम्मा लिएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रबाटै लगानी जुटाउने जनाएको छ । बागलुङका तीन र गुल्मी जिल्लाका दुई गरी पाँच गाविसलाई कार्यक्षेत्र बनाई कम्पनीले काम सुरु गरेको छ । रिघा–३ मा ‘ड्याम’ र रिघा–७ मनेवामा विद्युत्गृह निर्माण गरिने निर्देशक श्रेष्ठले जानकारी दिएका छन । “एकसय २९ मिटरको हेडबाट प्रतिसकेन्ड १० हजार ५०० लिटर पानी प्रवाह हुनेछ”, उनले भने – “ड्याम र विद्युत्गृहसम्मको पाइपलाइनको दूरी चार हजार २०० मिटर हुनेछ ।” आयोजनाबाट उत्पादित विद्युत् सिधै केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । प्रभावित पाँच गाविस, गुल्मीको वामी इन्भेष्टमेन्ट कम्पनी प्रालि, सयपत्री हाइड्रोपावर कम्पनी र रिघा मनेवा दरमखोला जलविद्युत् सहकारी लगानीकर्ताको रुपमा रहेका छन् । बागलुङको रिघा, काँडेबास, मल्म र रिघाको वामी र अर्लाङकोट गाविस आयोजनावाट प्रभावित क्षेत्रमा पर्छन् । आयोजनामा दरमखोला जलविद्युत् सहकारीको २० प्रतिशत लगानी रहेको अध्यक्ष गङ्गा भुजेलले बताइन । “सहकारी आफैले लगानी जुटाउन नसकेपछि प्रालिमार्फत आयोजनाको काम अघि बढाउन लागेका हौँ”, अध्यक्ष भुजेलले भनिन – “आयोजनामा सहकारीको २० प्रतिशत लगानी रहेको छ ।” आयोजना निर्माणका लागि सहकारीले खरिद गरेको ३१९ रोपनी जग्गा कम्पनीले खरिद गरिसकेको छ । कुल लगानीका दश प्रतिशत सेयर सर्वसाधारणका लागि खुल्ला गरिने आयोजना व्यवस्थापनले जनाएको छ । सदरमुकामदेखि पश्चिम ५६ किमीको दूरीमा रहेको आयोजनास्थल जिल्लाको मल्म, काँडेवास, रिघा गाविस र गुल्मी जिल्लाको अर्लाङकोट र वामी गाविसको बीच भागमा अवस्थित छ । आयोजना सञ्चालनमा आउँदा वार्षिक पाँच करोड युनिटभन्दा बढी विद्युतीय ऊर्जा उपलब्ध हुने अनुमान छ । यसवाट वार्षिक रु ३० करोडभन्दा बढी आम्दानी हुने आयोजनाले जनाएको छ । आयोजना बनेपछि जिल्लाको समग्र विकासमा समेत ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । जिल्लामा यसैवर्ष साढे दुई मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत् आयोजना बनेर सञ्चालनमा आइसकेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending