Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

सवारी दुर्घटनामा प्रहरीसहित ११ जनाको मृत्यु

\"Accident-sign-610x259-750\" काठमाडौँ, २१ असोज । काठमाडौंसहित देशका विभिन्न ठाउँमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा प्रहरीसहित ११ जनाको मृत्यु भएको एक दर्जन बढी घाइते भएका छन् । काठमाडौ, चितवन, सल्यान, तनहुँ, बाँके, उदयपुर, नवलपरासी, धादिङ, बर्दियामा सवारी दुर्घटना भएको प्रहरीको टिपोटमा उल्लेख छ । चितवनको चण्डिभञ्ज्याङमा ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रक चालकको मृत्यु भएको छ भने राप्ती नगरपालिका–६ हर्दिचोकमा ना.२ ख ६७४० नम्बरको ट्रकले ना ४० प ७०७ नम्बरको मोटरसाइकललाई विहिबार ठक्कर दिदाँ गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–९ बिरेन्द्रनगर बस्ने १९ बर्षीय सुनिल गुरुङको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । चण्डिभञ्ज्याङ–६ पाँचकिलो स्थित मुग्लिन नारायाणगढ सडक खण्डमा ना.४ ख ८५५२ नम्बरको ट्रक शुक्रबार अनियन्त्रित भई सडकबाट अंदाजी ८० मिटर तल त्रिसुली नदीको किनारमा खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ट्रक चालक जुगेडी –२ बस्ने २५ बर्षीय विकाश गुरुङको ट्रकमा च्यापिएर मृत्यु भएको छ । गम्भीर घाइते ट्रकका सह–चालक चितवन जुगेडी–९ बस्ने २६ बर्षीय चार्लस गुरुङको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । यता काठमाडौंको कलंकी चोकमा ना.५ ख २०६१ नम्बरको बसले बा. ३२ प २४३६ नंम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक मकवानपुर फापरबारी घर भई हाल नैकाप तिनथाना बस्ने ४३ बर्षीय रत्नबहादुर राईको उपचारको क्रममा मृत्यु भएका छ । मोटरसाइकलमा सवार पर्सा घर भएका २६ बर्षीय धर्मेन्द्र साहको कलंकीस्थित सिटी सेन्टर अस्पतालमा उपचार भइरहेको छ । यस्तै, सल्यानको सारदा नगरपालिका–६ स्थित बराला मदनकाँडा कच्ची सडक खण्डमा लु. १ ज २९३४ नम्बरको जिप शुक्रबार सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना हुदाँ जीप चालक सल्यान हिवाला–४ बस्ने ३२ बर्षीय घनश्याम थापाको घट्नास्थलमै मृत्यु भएको छ । यसैगरी, तनहुँको शुक्ला गण्डकी नगरपालिका–३ दुलैगौडा बजार स्थित पृथ्वीराजमार्गमा ग.११ प १४७ नम्बरको मोटरसाइकलले पैदल यात्री सोही नगरपालिका–१३ मालेबगर बस्ने ८० बर्षीय देबेन्द्र मल्ललाई विहिबार ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि गण्डकी अस्पताल पोखरा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । बाँकेको कचनापुर–१ अगैयामा ना.५ ख ५२३५ नम्बरको बसले रा.२ प ७७२६ नम्बरको मोटरसाइकललाई विहिबार ठक्कर दिदा मोटरसाइकल चालक सल्यान काराघाती– ३ बस्ने ३७ बर्षीय खिम बहादुर घर्ती गम्भीर घाइते भएकोले मेडिकल कलेज कोहलपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । यसैगरी, उदयपुरको खाँबु–२ छाम्लीङमा स.१ त ४०६७ नम्बरको ट्याक्टर विहिबार अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खस्दा उक्त ट्याक्टरका साहु त्रियुगा नगरपालिका बस्ने ५२ बर्षीय तेजबहादुर गजमेरको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टर चालक गाईघाट बस्ने २४ बर्षीय देबेन्द्र चौधरी र खाँबु–२ छाम्लिङ बस्ने २१ बर्षीय अनिल कुमार राई घाइते भएकोले उपचारको लागी जिल्ला अस्पतालमा लगिएको छ । नवलपरासी सदरमुकाम परासीस्थित परासी–भुमही भित्रि सडक खण्डमा बा.६ च ४८१५ नम्बरको टाटा सुमो गाडीले लु.२६ प ६९२१ नम्वरको मोटरसाइकललाई विहिबार ठक्कर दिदाँ मोटरसाइकलमा सवार चालक सुनवल नगरपालिका–४ बस्ने २७ बर्षीय बिजय थापा र जिल्ला कारागार नवलपरासीमा कार्यरत प्रहरी जवान गनबहादुर थापाको मृत्यु भएको छ । यता, धादिङ्को तसर्पु–८ काम्राङ स्थित ग्रामिण सडकमा बा.५ च ६२४८ नंम्बरको डिआई बलेरो गाडी विहिबार सडकबाट अंदाजी ४० मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने ३८ बर्षीया निशा थापाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालक सहित ६ जना महिला ,४ पुरुष, १ बालिका र १ बालक गरी १२ जना घाइते भएका थिए । यस्तै, बर्दियाको बासगढ़ी नगरपालिका–४ लाखाना चोक नजिकै नम्बर नखुलेको सवारी साधनले विहिबार खल्ला गाँउ बस्ने १० बर्षीय प्रकाश सिंह ठकुरीलाई ठक्कर दिदाँ गम्भीर घइते भएकोले उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending