Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

महिलाले दिइन् पतिको चितामा दागबत्ती

\"dag-batti-300x195\"महोत्तरी, २१ असोज । घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको मैथिली सामाजिक संस्कृतिलाई चिर्दै धनुषाका एक महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएर उदाहरणीय काम गरेकी छिन् । परापूर्वकालदेखि चल्दै आएको सामाजिक परम्परालाई चिर्दै धनुषाको मिथिला नगरपालिका—८ लक्ष्मीनिवासकी ६५ वर्षीया गुलेविया देवीले आफ्नो श्रीमान्को अन्तिम इच्छा पूरा गर्नका लागि उनको चितामा दागबत्ती दिई किरियापुत्रीसमेत बसेकी छिन् । दुई छोरा, तीन छोरी एवम् नातिनातिनी समेत भएकी गुलेविया आफ्ना ७० वर्षीय श्रीमान् धनेश्वर महतोको चितामा दागबत्ती दिई श्राद्ध संस्कारमा समेत स्वयम् सक्रिय भइन् । करिब १५ वर्षदेखि दम रोगबाट पीडित रहेको धनेश्वरले मर्ने बेलामा सार्वजनिक रुपमै दागबत्ती दिनका लागि गुलेवियालाई आग्रह गरेपछि उनी श्रीमान्को मृत्यु भएपछि गरिने हरेक विधि व्यवहारमा सक्रिय भइन् । श्रीमान्को दागबत्ती श्रीमतीले दिने चलन त हाम्रो मैथिली संस्कारमा छैन ? भन्ने पत्रकारको जिज्ञासामा गुलेवियाले भनिन् – “त्यो त हो, तर पहिला थिए, अब विस्तारै विस्तारै समाजमा यस्ता जरा गाडेका कुरीति एवम् कुसंस्कारलाई सबैले मिलेर हटाउन सक्नुपर्छ ।” आफ्नो श्रीमानको दागबत्ती कसलाई दिन मन लाग्छ र यो त मेरो बाध्यता रहेको जनाउँदै उनले भनिन् – “मेरा दुईवटा छोरामध्ये जेठो छोरा रामबाबु कामको सिलसिलमा कतारमा छन् भने कान्छो छोरा वीरेन्द्र मलेसियामा कार्यरत रहेका छन् । बुबाको निधन भए पनि त्यहाँको कम्पनीले दुबै छोराको घर आउने बिदा स्वीकृत नगरिएको, स—साना नातिहरुको मुण्डन नभएको, नजिकको नातेदारमा कुनै पुरुष नभएपछि बाध्य भएर आफूले यो कदम उठानुपरेको उनको कथन छ । समाजका भद्रभलाद्मीले बृहत् छलफल गरेर गुलेवियाको हातबाट नै उनको चितामा दागबत्ती दिनका लागि स्वीकृत दिएको स्थानीय शिक्षक जागेश्वर महतोको भनाइ छ । समाजमा रहेका कुरीति र रुढीवादी परम्परालाई तोड्नका लागि गुलेवियाले अहम् भूमिका निर्वाह गरेको महिला अधिकारकर्मी सुनिता कुमारीको भनाई छ । सदियौँदेखि चलिआएको यस्ता कुरीति एवम् कुसंस्कारलाई तोडेर गुलेवियाले राम्रो काम गरेको छ, नेपाल कुशवाहा कल्याण समाज महोत्तरीका अध्यक्ष दिनेश महतोले भनिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending