Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

रोल्पामा आत्महत्या गर्ने पुरुष बढी

\"suside-750\"रोल्पा, २१ असोज । रोल्पा जिल्लामा आत्महत्या गर्ने महिलाको तुलनामा पुरुष बढी देखिएका छन् । जिल्लामा गत आर्थिक वर्षमा आत्महत्या गर्ने कुल ६६ मध्ये ३८ जना पुरुष रहेका छन् । यसरी आत्महत्या गर्ने बालबालिका तीन र महिला २५ रहेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्याङ्कअनुसार झुन्डिएर आत्महत्या गर्ने ४३ र विष सेवन गरेर आत्महत्या गर्ने २३ जना रहेका छन् । यसरी आत्महत्या गर्नेहरु सहरी इलाकाभन्दा ग्रामीण इलाकामा बढी हुने देखिएको छ । सहरी इलाकामा आत्महत्या गर्ने १९ जना छन् भने ग्रामीण इलाकाका ४७ जना रहेका छन् । यसैगरी, असोजमा बढी आत्महत्या हुने र असारमा सबभन्दा कम आत्महत्या हुने महिनाका रुपमा तथ्याङ्कमा देखिएको छ । तथ्याङ्कअनुसार असोजमा १० जनाले आत्महत्या गरेका छन् भने असारमा दुईजनाले आत्महत्या गरेका छन् । जातिगतरुपमा सबभन्दा वढी जनजाति समुदायले आत्महत्या गरेका छन् भने ब्राह्मण समुदायबाट आत्महत्या नगरेको देखिएको छ । तथ्याङ्कअनुसार क्षेत्री १७, जनजाति ४० र दलित नौजनाले आत्महत्या गरेको देखिएको छ । आत्महत्या गर्नेमध्ये बहुसङ्ख्यक विवाहित रहेका छन् । कुल आत्महत्यामध्ये ५१ जना विवाहित छन् भने १५ जना अविवाहित देखिएका छन् । आत्महत्या गर्नेमध्ये अधिकांशको कारणमा पारिश्रमिक ९पेशा० असफलता देखिएको छ । पारिश्रमिक असफलताका कारण आत्महत्या गर्नेको सङ्ख्या गत वर्ष ३२ जना रहेको छ भने आत्महत्याका अन्य कारण गरिबी, असफल प्रेम, मानसिक असन्तुलन र दीर्घरोगीसमेत रहेको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए । आत्महत्या रोक्न सरकारी र गैरसरकारी निकायको समन्वयमा ग्रामीण क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको भएपनि कमी हुन नसकेको घर्तिमगरले बताए । आगामी दिनमा राजनैतिक दल, सञ्चारक्षेत्र, सामाजिक संस्था एवम् नागरिक समाजको समेत उपस्थितिमा बृहत् योजना बनाई आत्महत्या न्यूनीकरणका क्रियाकलाप सञ्चालन गरिने उनले जानकारी दिए । सामुदायिक सेवा समितिको समेत प्रत्यक्ष संलग्नतामा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको भएपनि यसको न्यूनीकरण हुन नसक्नु चिन्ताको विषय भएको सामुदायिक सेवा समिति, रोल्पाका निवर्तमान अध्यक्ष खटकबहादुर खत्रीले बताए । ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending