Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

रोल्पामा आत्महत्या गर्ने पुरुष बढी

\"suside-750\"रोल्पा, २१ असोज । रोल्पा जिल्लामा आत्महत्या गर्ने महिलाको तुलनामा पुरुष बढी देखिएका छन् । जिल्लामा गत आर्थिक वर्षमा आत्महत्या गर्ने कुल ६६ मध्ये ३८ जना पुरुष रहेका छन् । यसरी आत्महत्या गर्ने बालबालिका तीन र महिला २५ रहेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्याङ्कअनुसार झुन्डिएर आत्महत्या गर्ने ४३ र विष सेवन गरेर आत्महत्या गर्ने २३ जना रहेका छन् । यसरी आत्महत्या गर्नेहरु सहरी इलाकाभन्दा ग्रामीण इलाकामा बढी हुने देखिएको छ । सहरी इलाकामा आत्महत्या गर्ने १९ जना छन् भने ग्रामीण इलाकाका ४७ जना रहेका छन् । यसैगरी, असोजमा बढी आत्महत्या हुने र असारमा सबभन्दा कम आत्महत्या हुने महिनाका रुपमा तथ्याङ्कमा देखिएको छ । तथ्याङ्कअनुसार असोजमा १० जनाले आत्महत्या गरेका छन् भने असारमा दुईजनाले आत्महत्या गरेका छन् । जातिगतरुपमा सबभन्दा वढी जनजाति समुदायले आत्महत्या गरेका छन् भने ब्राह्मण समुदायबाट आत्महत्या नगरेको देखिएको छ । तथ्याङ्कअनुसार क्षेत्री १७, जनजाति ४० र दलित नौजनाले आत्महत्या गरेको देखिएको छ । आत्महत्या गर्नेमध्ये बहुसङ्ख्यक विवाहित रहेका छन् । कुल आत्महत्यामध्ये ५१ जना विवाहित छन् भने १५ जना अविवाहित देखिएका छन् । आत्महत्या गर्नेमध्ये अधिकांशको कारणमा पारिश्रमिक ९पेशा० असफलता देखिएको छ । पारिश्रमिक असफलताका कारण आत्महत्या गर्नेको सङ्ख्या गत वर्ष ३२ जना रहेको छ भने आत्महत्याका अन्य कारण गरिबी, असफल प्रेम, मानसिक असन्तुलन र दीर्घरोगीसमेत रहेको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए । आत्महत्या रोक्न सरकारी र गैरसरकारी निकायको समन्वयमा ग्रामीण क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको भएपनि कमी हुन नसकेको घर्तिमगरले बताए । आगामी दिनमा राजनैतिक दल, सञ्चारक्षेत्र, सामाजिक संस्था एवम् नागरिक समाजको समेत उपस्थितिमा बृहत् योजना बनाई आत्महत्या न्यूनीकरणका क्रियाकलाप सञ्चालन गरिने उनले जानकारी दिए । सामुदायिक सेवा समितिको समेत प्रत्यक्ष संलग्नतामा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको भएपनि यसको न्यूनीकरण हुन नसक्नु चिन्ताको विषय भएको सामुदायिक सेवा समिति, रोल्पाका निवर्तमान अध्यक्ष खटकबहादुर खत्रीले बताए । ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending