Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

काठमाडौं विश्वविद्यालयमा क्रान्तिकारीले ताला लगायो

\"student_flag\"काठमाडौं, २० असोज । काठमाडौं विश्व विद्यालय (केयू) ले एमबीबीएस र बीडीएसको प्रवेश परीक्षा अव्यवस्थित सञ्चालनसँगै धाँधली गरेको आरोप लगाउँदै अनेरास्ववियू क्रान्तिकारीले काठमाडौं विश्वविद्यालयमा ताला लगाइदिएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले एमबीबीएस प्रवेश परीक्षाको नतिजा हेरफेर गरिएको थियो । पहिलो दिन रिजल्ट प्रकाशित गरी दोस्रो दिन पुनः संशोधन गरी प्रकाशित गरिएकोले आर्थिक लेनदेनबाट विद्यार्थीको नतिजा हेरफेर गरिएको उनीहरुको आरोप छ । भ्रष्ट डिन र रिजल्टमा संलग्न कर्मचारीलाई तत्काल निलम्बन र छानबिन गरी कारबाही र एमबीबीएस रिजल्टको विज्ञ समूह बनाइ पुनः परीक्षण गराउन उनीहरुले माग गरेका छन् । चिकित्सा शिक्षा शुल्क निर्धारण आयोगले प्रस्ताव गरेको शुल्क निर्धारण प्रतिवेदन खारेजी, एमबीबीएस इन्ट्रान्स रिजल्टको पुनः परीक्षण, भ्रष्ट कर्मचारीलाई कारबाही, छात्रवृत्तिको कोटामा भएको अनियमितताको अन्त्य नहुँदासम्म डिनको कार्यालय, प्रशासन शाखा र परीक्षा शाखामा तालाबन्दी गरिएको क्रान्तिकारीका काठमाडौं विश्वविद्यालय समिति संयोजक डा.अच्यूतप्रसाद भट्ट र इन्चार्ज रविकिरण यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै एमबीबीएस भर्नासँग सम्बन्धित सबै प्रक्रिया स्थगन गराइएको पनि क्रान्तिकारीले जनाएको छ । यस्तै, परीक्षा अव्यवस्थित सञ्चालनसँगै धाँधली गरेको आरोप लगाउँदै विद्यार्थीहरूले मंगलबार शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । केयूले गत शनिबार उक्त प्रवेश परीक्षा सञ्चालन गरेको थियो । शिक्षामन्त्री धनीराम पौडेलले यस विषयमा प्राविधिक तथा उच्च शिक्षा महाशाखालाई समेत ध्यानाकर्षण गराइएको बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending