Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

परम्परा तोड्दै प्रचण्डले बाँडेनन् राज्यकोषबाट दशैखर्च

\"prachanda-750\"काठमाडौं, असोज २० । प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्षले परम्परालाई तोड्दै दशैं खर्च नबाँडेपछि यसले विषयले अहिले चर्चा पाएको छ । राजनीतिक नेता र सरकारमा बसेका मन्त्री, प्रधानमन्त्रीहरुले दशैंको बेला कार्यकर्ताहरुलाई दशैं खर्च बाँड्ने नेपालको पुरानै चलन हो । अधिकांश नेता तथा मन्त्रीहरुले आफ्ना कार्यकर्तालाई गाडीभाडावापत पैसा दिँदै आएका छन् । प्रधानमन्त्री कार्यलयले पनि यसरी नै पैसा बाँड्ने चलन रहेको छ । तर यसपटक भने बालुवाटारमा सँधैजसो भिडभाड देखिन्न । बालुवाटारको सुरक्षामा कार्यरत एक कर्मचारी भन्छन्, ‘अरु बेला भए भीड थामिनसक्नु हुन्थ्यो । प्रचण्ड प्रधानमन्त्री भएपछि बालुवाटार प्रवेश गर्नेहरुको संख्या निकै कम भएको छ ।” दशैंको बेला त झन् बालुवाटारमा खर्च माग्नेहरुको भीडले हैरान हुने उनले बताए । नेताहरुले कार्यकर्ताहरुलाई सहयोगस्वरुप केही रकम दिनु अस्वभाविक मानिए पनि त्यो श्रोत आफ्नो तलबबाट हो या राज्यकोषको ढुकुटीबाट प्रत्यक्ष या अप्रत्यक्षरुपमा झिकिएको हो भन्ने कुरा मुख्य हुन्छ । “खै माओवादीका अरु मन्त्रीले त के गरेका छन्, प्रधानमन्त्रीकोमा भने भने पैसा लिन आएको देखिन्न” बालुवाटारका एक कर्मचारीले भने । किन बाँडेनन् त पैसा? प्रधानमन्त्री सचिवालयको श्रोतले जनाए अनुसार, राज्यकोषबाट दशैंको बेला बिभिन्न शीर्षक बनाएर पैसा बाँड्नु गलत ठानेर प्रचण्डले रकम नबाँडेका हुन । “सबै जनता बराबर हुन, दशैंमा झन गरीबलाई दशा लाग्ने गरेको हुन्छ, यस्तोमा केही कार्यकर्तालाई यो वा त्यो भनेर पैसा दिनु सही होइन भनेर प्रधानमन्त्री प्रचण्ढले परम्परा तोड्नु भएको हो , उनले भने । उनका अनुसार, दशैंका नाममा अहिलेसम्म एक रुपैयाँ पनि बाँडिएको छैन ।नियमानुसार, दिनैपर्ने उपचारलगायतको सामाजिक सुरक्षा या सहयोगको खर्चबाहेक राज्यकोषबाट एक पैसा पनि तलमाथि नगरिएको र नगरिने उनको भनाई थियो । प्रचण्डले कतिपय नयाँ परिपाटीको शुरुआत गर्न खोजे अनुरुप नै यो पनि नयाँ संस्कार बसाल्न खोजेको उनको भनाई छ । “कार्यकर्तालाई अप्ठ्यारोमा सहयोग गर्ने हो, गर्नुपर्छ । मन्त्री होस् या नेता होस जसले पनि” उनले भने, “तर त्यो आफ्नो व्यक्तिगत श्रोतबाट गर्ने हो, न कि राज्यको कोषबाट” उनले थपे । प्रचण्डबाट दशैंको बेला खर्चबर्च नपाएपछि केही कार्यकर्ता भने रिसाएको उनले बताए । “कतिपय व्यक्तिगत काम गरेनन् भनेर रिसाएका छन्, केही त दशैंमा पनि सामान्य ५, १० हजार समेत दिन नसक्ने प्रधानमन्त्री भनेर पनि रिसाएका छन्” उनले भने । अन्य मन्त्रीहरुकहाँ पनि दशैं खर्चका लागि धाउनेहरुको संख्या नभएको होइन । कतिपय मन्त्री र सांसदले आफ्नो मासिक कमाईबाट सहयोग गरिरहेका छन् । तर पनि कार्यकर्ताहरुमा भने गुनासो व्याप्त नै देखिन्छ । सबैलाई सहयोग गर्न नसकिने, सहयोग नगरे चुनावदेखि अरु बेला त्यति सहयोग गर्दा पनि दशैंको बेला सामान्य खर्च समेत नदिने भनेर रिसाउने गरेको गुनासो एक बैठकमा माओवादी मन्त्रीहरुले गरेको श्रोतले जनायो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending