Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

परम्परा तोड्दै प्रचण्डले बाँडेनन् राज्यकोषबाट दशैखर्च

\"prachanda-750\"काठमाडौं, असोज २० । प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्षले परम्परालाई तोड्दै दशैं खर्च नबाँडेपछि यसले विषयले अहिले चर्चा पाएको छ । राजनीतिक नेता र सरकारमा बसेका मन्त्री, प्रधानमन्त्रीहरुले दशैंको बेला कार्यकर्ताहरुलाई दशैं खर्च बाँड्ने नेपालको पुरानै चलन हो । अधिकांश नेता तथा मन्त्रीहरुले आफ्ना कार्यकर्तालाई गाडीभाडावापत पैसा दिँदै आएका छन् । प्रधानमन्त्री कार्यलयले पनि यसरी नै पैसा बाँड्ने चलन रहेको छ । तर यसपटक भने बालुवाटारमा सँधैजसो भिडभाड देखिन्न । बालुवाटारको सुरक्षामा कार्यरत एक कर्मचारी भन्छन्, ‘अरु बेला भए भीड थामिनसक्नु हुन्थ्यो । प्रचण्ड प्रधानमन्त्री भएपछि बालुवाटार प्रवेश गर्नेहरुको संख्या निकै कम भएको छ ।” दशैंको बेला त झन् बालुवाटारमा खर्च माग्नेहरुको भीडले हैरान हुने उनले बताए । नेताहरुले कार्यकर्ताहरुलाई सहयोगस्वरुप केही रकम दिनु अस्वभाविक मानिए पनि त्यो श्रोत आफ्नो तलबबाट हो या राज्यकोषको ढुकुटीबाट प्रत्यक्ष या अप्रत्यक्षरुपमा झिकिएको हो भन्ने कुरा मुख्य हुन्छ । “खै माओवादीका अरु मन्त्रीले त के गरेका छन्, प्रधानमन्त्रीकोमा भने भने पैसा लिन आएको देखिन्न” बालुवाटारका एक कर्मचारीले भने । किन बाँडेनन् त पैसा? प्रधानमन्त्री सचिवालयको श्रोतले जनाए अनुसार, राज्यकोषबाट दशैंको बेला बिभिन्न शीर्षक बनाएर पैसा बाँड्नु गलत ठानेर प्रचण्डले रकम नबाँडेका हुन । “सबै जनता बराबर हुन, दशैंमा झन गरीबलाई दशा लाग्ने गरेको हुन्छ, यस्तोमा केही कार्यकर्तालाई यो वा त्यो भनेर पैसा दिनु सही होइन भनेर प्रधानमन्त्री प्रचण्ढले परम्परा तोड्नु भएको हो , उनले भने । उनका अनुसार, दशैंका नाममा अहिलेसम्म एक रुपैयाँ पनि बाँडिएको छैन ।नियमानुसार, दिनैपर्ने उपचारलगायतको सामाजिक सुरक्षा या सहयोगको खर्चबाहेक राज्यकोषबाट एक पैसा पनि तलमाथि नगरिएको र नगरिने उनको भनाई थियो । प्रचण्डले कतिपय नयाँ परिपाटीको शुरुआत गर्न खोजे अनुरुप नै यो पनि नयाँ संस्कार बसाल्न खोजेको उनको भनाई छ । “कार्यकर्तालाई अप्ठ्यारोमा सहयोग गर्ने हो, गर्नुपर्छ । मन्त्री होस् या नेता होस जसले पनि” उनले भने, “तर त्यो आफ्नो व्यक्तिगत श्रोतबाट गर्ने हो, न कि राज्यको कोषबाट” उनले थपे । प्रचण्डबाट दशैंको बेला खर्चबर्च नपाएपछि केही कार्यकर्ता भने रिसाएको उनले बताए । “कतिपय व्यक्तिगत काम गरेनन् भनेर रिसाएका छन्, केही त दशैंमा पनि सामान्य ५, १० हजार समेत दिन नसक्ने प्रधानमन्त्री भनेर पनि रिसाएका छन्” उनले भने । अन्य मन्त्रीहरुकहाँ पनि दशैं खर्चका लागि धाउनेहरुको संख्या नभएको होइन । कतिपय मन्त्री र सांसदले आफ्नो मासिक कमाईबाट सहयोग गरिरहेका छन् । तर पनि कार्यकर्ताहरुमा भने गुनासो व्याप्त नै देखिन्छ । सबैलाई सहयोग गर्न नसकिने, सहयोग नगरे चुनावदेखि अरु बेला त्यति सहयोग गर्दा पनि दशैंको बेला सामान्य खर्च समेत नदिने भनेर रिसाउने गरेको गुनासो एक बैठकमा माओवादी मन्त्रीहरुले गरेको श्रोतले जनायो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending