Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

जनतालाई दशैंमा घर जाने टिकट छैन, मन्त्री हेलिकोप्टरमा सरर..!

\"arjunnarsing-kc-galkot-1\" गल्काेट (बाग्लुङ), २० असोज । नेपाली कांग्रेसका नेता तथा सहरी विकासमन्त्री अर्जुनरसिंह केसी बुधबार हेलिकोप्टर चढेर बाग्लुङ आइपुगे । बाग्लुङ उद्योग वाणिज्यका संघको कार्यक्रममा भाग लिन भन्दै मन्त्री केसी हेलिकोप्टर चार्टर गरेर बाग्लुङ आएका हुन् । उद्योग वाणिज्य संघ गल्कोट इकाइको एउटा सामान्य कार्यक्रममा भाग लिन मन्त्री केसी हेलिकोप्टर नै चार्टर गरेर बाग्लुङ आएपछि मन्त्रीले मात्र होइन, आयोजकले पनि निकै ठूलो उपलब्धी ठाने । मन्त्री केसी हेलिकाेप्टरमा मात्रै अाउन चाहेपछि जनतासँग पैसा उठाएर अायाेजकले नै हेलिकाेप्टर चाटर्र गराएका थिए । कार्यक्रम थियो– उबासंघ गल्कोट इकाइको दशैं महोत्सव । केसी सवार हेलिकोप्टर बुधबार दिउँसो साढे १२ बजे गल्कोट बहुमुखी क्याम्पसको चौरमा बसेको थियो । हेलिकोप्टरमा सरर आएका मन्त्री केसीले दशैं महोत्सवको उद्घाटन गर्दै बाग्लुङको विकासका लागि आफ्नो योजना सुनाउन थाले । उनले भने–‘गल्कोटलाई स्मार्ट सिटी बनाउने मेरो योजना छ ।’ केसीले यसो भनिरहँदा स्थानीयले सजिलै पत्याएनन् । कार्यक्रममा उपस्थित स्थानीयले ओठ लेप्राए । भूकम्पपीडितको भत्किएको घर त ठडिएको छैन, बन्छ स्मार्ट सिटी ? उपस्थित स्थानीयवासीले भित्रभित्रै कानेखुसी गरे, मन्त्रीको भाषणमा ध्यान दिएन्न् । तर मन्त्री केसीले भने शहरको समृद्धिका लागि आफूले पहल गर्नेबारेमा प्रवचन दिइरहे । \"arjunnarsing-kc-4\" मन्त्री केसीले संबिधान कार्यान्वनको क्रममा स्थानीय, प्रदेश र केन्द्रीय चुनाव निर्धारित समयमा नै गर्नको लागि दलहरुबीच छलफल भइरहेको सुनाए । समयमै निर्वाचन सम्पन्न गर्न पुरानै इलाकालाई स्थानीय तह बनाउनेबारेमा सहमति गरेको भन्दै मन्त्री केसीले आफ्नो सरकारको तारिफ गर्दै थिए । ‘तपाईको माग बमोजीम मेरो प्रयास जारी रहनेछ’ केसीले फेरि दोहोर्याए । हिन्दु नेपालीहरुको महान चाड बडादशैंमा काठमाडौंबाट घर फर्किन बसको टिकट नपाएर बिजोग छ । सरकारले सरकारी बस चलाएर यात्रु ओसार्ने बताए पनि सेनाले आफ्नै सेनालाई बोल्न बस सञ्चालन गरेबाहेक अन्य गाडीहरु अझै सञ्चालन भएका छैनन् । मन्त्री भने जनताकाे पैसामा हेलिकोप्टर चार्टर गरेर ब्यवसायीहरुको मेलामा रमाइरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीमा आसिन भएकै दिन आफूले कुनै पनि कार्यक्रममा गएर रिबन नकाट्ने प्रतिवद्धता जनाएका थिए । सरकारका मन्त्रीहरु त के स्वयं प्रधानमन्त्री प्रचण्डले दुई महिनामा कति वटा कार्यक्रममा रिबन काटिसकेका छन् भने मन्त्रीहरु सामान्य कार्यक्रम उद्घाटन गर्न भन्दै हेलिकोप्टरमा सयर गरिरहेका छन् । भूकम्प प्रभाबित क्षेत्रहरुमा पुर्ननिमार्ण अभियानबारे बेखबर जस्तै देखिने सरकार मेला महोत्सवको उद्घाटनमा रमाइरहनु उदेकलाग्दो कुरा हो । बुधबार गल्कोट पुगेका मन्त्री केसीले आफ्नो ब्यस्ततासमेत सुनाए । जनताले निर्वाचन गरेर सरकारमा रहेको प्रतिनिधिबाट केही बिकास र निकासको आशा गर्नु स्वभाबिक नै छ । तर भोटको लागि घरघरमा जाने यो गर्छु त्यो गर्छु भन्नुको के औचीत्य छ ? जनताको अभाबको साहारा बन्न नसक्ने भए हेलीकप्टर चार्टर गरेर कार्यक्रम उद्घाटन गर्नुको अर्थ के ? \"mantri\" \"heli\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending