Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

जनतालाई दशैंमा घर जाने टिकट छैन, मन्त्री हेलिकोप्टरमा सरर..!

\"arjunnarsing-kc-galkot-1\" गल्काेट (बाग्लुङ), २० असोज । नेपाली कांग्रेसका नेता तथा सहरी विकासमन्त्री अर्जुनरसिंह केसी बुधबार हेलिकोप्टर चढेर बाग्लुङ आइपुगे । बाग्लुङ उद्योग वाणिज्यका संघको कार्यक्रममा भाग लिन भन्दै मन्त्री केसी हेलिकोप्टर चार्टर गरेर बाग्लुङ आएका हुन् । उद्योग वाणिज्य संघ गल्कोट इकाइको एउटा सामान्य कार्यक्रममा भाग लिन मन्त्री केसी हेलिकोप्टर नै चार्टर गरेर बाग्लुङ आएपछि मन्त्रीले मात्र होइन, आयोजकले पनि निकै ठूलो उपलब्धी ठाने । मन्त्री केसी हेलिकाेप्टरमा मात्रै अाउन चाहेपछि जनतासँग पैसा उठाएर अायाेजकले नै हेलिकाेप्टर चाटर्र गराएका थिए । कार्यक्रम थियो– उबासंघ गल्कोट इकाइको दशैं महोत्सव । केसी सवार हेलिकोप्टर बुधबार दिउँसो साढे १२ बजे गल्कोट बहुमुखी क्याम्पसको चौरमा बसेको थियो । हेलिकोप्टरमा सरर आएका मन्त्री केसीले दशैं महोत्सवको उद्घाटन गर्दै बाग्लुङको विकासका लागि आफ्नो योजना सुनाउन थाले । उनले भने–‘गल्कोटलाई स्मार्ट सिटी बनाउने मेरो योजना छ ।’ केसीले यसो भनिरहँदा स्थानीयले सजिलै पत्याएनन् । कार्यक्रममा उपस्थित स्थानीयले ओठ लेप्राए । भूकम्पपीडितको भत्किएको घर त ठडिएको छैन, बन्छ स्मार्ट सिटी ? उपस्थित स्थानीयवासीले भित्रभित्रै कानेखुसी गरे, मन्त्रीको भाषणमा ध्यान दिएन्न् । तर मन्त्री केसीले भने शहरको समृद्धिका लागि आफूले पहल गर्नेबारेमा प्रवचन दिइरहे । \"arjunnarsing-kc-4\" मन्त्री केसीले संबिधान कार्यान्वनको क्रममा स्थानीय, प्रदेश र केन्द्रीय चुनाव निर्धारित समयमा नै गर्नको लागि दलहरुबीच छलफल भइरहेको सुनाए । समयमै निर्वाचन सम्पन्न गर्न पुरानै इलाकालाई स्थानीय तह बनाउनेबारेमा सहमति गरेको भन्दै मन्त्री केसीले आफ्नो सरकारको तारिफ गर्दै थिए । ‘तपाईको माग बमोजीम मेरो प्रयास जारी रहनेछ’ केसीले फेरि दोहोर्याए । हिन्दु नेपालीहरुको महान चाड बडादशैंमा काठमाडौंबाट घर फर्किन बसको टिकट नपाएर बिजोग छ । सरकारले सरकारी बस चलाएर यात्रु ओसार्ने बताए पनि सेनाले आफ्नै सेनालाई बोल्न बस सञ्चालन गरेबाहेक अन्य गाडीहरु अझै सञ्चालन भएका छैनन् । मन्त्री भने जनताकाे पैसामा हेलिकोप्टर चार्टर गरेर ब्यवसायीहरुको मेलामा रमाइरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीमा आसिन भएकै दिन आफूले कुनै पनि कार्यक्रममा गएर रिबन नकाट्ने प्रतिवद्धता जनाएका थिए । सरकारका मन्त्रीहरु त के स्वयं प्रधानमन्त्री प्रचण्डले दुई महिनामा कति वटा कार्यक्रममा रिबन काटिसकेका छन् भने मन्त्रीहरु सामान्य कार्यक्रम उद्घाटन गर्न भन्दै हेलिकोप्टरमा सयर गरिरहेका छन् । भूकम्प प्रभाबित क्षेत्रहरुमा पुर्ननिमार्ण अभियानबारे बेखबर जस्तै देखिने सरकार मेला महोत्सवको उद्घाटनमा रमाइरहनु उदेकलाग्दो कुरा हो । बुधबार गल्कोट पुगेका मन्त्री केसीले आफ्नो ब्यस्ततासमेत सुनाए । जनताले निर्वाचन गरेर सरकारमा रहेको प्रतिनिधिबाट केही बिकास र निकासको आशा गर्नु स्वभाबिक नै छ । तर भोटको लागि घरघरमा जाने यो गर्छु त्यो गर्छु भन्नुको के औचीत्य छ ? जनताको अभाबको साहारा बन्न नसक्ने भए हेलीकप्टर चार्टर गरेर कार्यक्रम उद्घाटन गर्नुको अर्थ के ? \"mantri\" \"heli\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending