Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

दशैंमा बढी भाँडा लिने १६ जनालाई ठगी अभियोगमा प्रहरीले मुद्धा चलायो

\"b-thapa-750\" काठमाडौ, २० असोज । महानगरीय प्रहरी परिसर काठमाडौंले दशैको मौका छोपी बढी मूल्यमा टिकट बेच्ने,यात्रुलाई ठग्ने तथा समस्यामा पारको भन्दै १६ जना यातायात सम्बद्ध मानिसहरुलाई पक्राउ गरेर ठगी अभियोगमा मुद्धा चलाएको छ । बिहीवार बिहानैदेखि यातायात काउन्टरहरुमा पुगेर यातायातको अवस्थाबारे बुझ्ने काम गरेका एसएसपी विक्रम थापाले खबरडबलीसँग भने–‘दशैमा यात्रुहरु ठगीएको बारे समाचार आएपछि यातायातको अवस्था र यात्रुको समस्याबारे बुझ्नका लागि फिल्डमा आएको हुँ । दशैंको मौका छोपी यात्रुहरुबाट बढि भाँडा असुल्ने यातायात व्यावसायी तथा टिकट दलाललाई पहिचान गरि कारवाही गर्छु ।’ यसअघि खबरडबलीले बसपार्कको यर्थाथबारे ‘दशैं नजिकिँदै गर्दा कस्तो छ बसपार्कमा टिकट लिन गएकाको अवस्था ?’ शिर्षकमा समाचार सम्प्रेसण गरेको थियो । एसएसपी थापाले महानगरीय प्रहरी वृत गौशालाले ९ वटा गाडिले बढी भाँडा लिएको भन्ने खबर पाएपछि ६१ जनाको टिकट फिर्ता गराएको जनाए । त्यस्तै महाराजगंज प्रहरी वृतबाट खटिएको टोलीले ४५ जना र नयाँ बानेश्वरबाट खटिएको प्रहीले १७ जनायात्रुबाट यातायात व्यावसायीले लिएको बढि भाँडा प्रहरीले फिर्ता गराएको छ । त्यस्तै धरान धनकुटा चल्ने बसले २४ जना यात्रुहसँग तोकिएको भन्दा बढि भाँडा लिएपछि कालिमाटीको प्रहरी टोलीले कारवाही गरेको महानगरिय प्रहरी परिसर काठमाडौंले बताएको छ । एसएसपी थापाले बसपार्कमा भेटिएका यात्रुहरुलाई भने –‘दशैंको मौका छोपी रकम असुली गर्नेको दशैं हिरासतमा हुन्छ,सरकारले तोकेभन्दा एक रुपैयाँ पनि बढी भाँडा लिएको थाहा पाएमा प्रहरीले जो सुकै भएपनि कारवाही गर्छ । तपाईहरु चिन्ता नलिनुस् ।’

एसएसपी थापा बिहानैदेखि यातायातको अवस्था बुझ्दै

 \"dashain_buspark-750\"

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम थापा बिहीबार बिहानदेखि काउन्टरको छड्के जाँच गर्न पुगेका छन् । उनले कोटेश्वर,बल्खु,कलंकी,नयाँबानेश्वर,चावहील,गौशाला लगाएतका यातायात काउन्टरमा गएर त्यहाँको अवस्थाबारे बुझ्ने काम गरेका छन । एसएसपी थापाले दशैको बेला यात्रुहरु ठगीन सक्ने कुरालाई मध्यनजर गर्दै उपत्यकामा एक सय भन्दा बढि सादा पोशाकमा प्रहरी परिचालन गरेको र चोक चोकमा नागरिक सहायता कक्ष राखे सहायता गरिरहेको बताए । उनले भने, ‘टिकटमा हुने ठगी नियन्त्रण गर्न विशेष योजना बनाएर लागी परेका छौं । ठगी गर्ने जो सुकै भएपनि छाड्दैनौ । प्रहरीले विशेष टोली परिचालन गरेको छ ।’ अघिल्ला बर्षहरुमा यातायात सञ्चालकले टिकट लुकाएर ‘सकियो’ भन्दै बढी मुल्यमा बेच्ने गरेको गुनासो आउने गरेको थियो । प्रहरीले विशेष टोली परिचालन गरेर यात्रुलाई सहज गराएको बताएपनि यात्रुहरुले अझै पनि सहजरुपमा गन्तब्यसम्म पुग्न टिकट पाएका छैनन् ।उनीहरुले टिकट दलालहरुले बढी पैसा लिएको गुनासो गर्दै आएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending