Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

दशैंमा बढी भाँडा लिने १६ जनालाई ठगी अभियोगमा प्रहरीले मुद्धा चलायो

\"b-thapa-750\" काठमाडौ, २० असोज । महानगरीय प्रहरी परिसर काठमाडौंले दशैको मौका छोपी बढी मूल्यमा टिकट बेच्ने,यात्रुलाई ठग्ने तथा समस्यामा पारको भन्दै १६ जना यातायात सम्बद्ध मानिसहरुलाई पक्राउ गरेर ठगी अभियोगमा मुद्धा चलाएको छ । बिहीवार बिहानैदेखि यातायात काउन्टरहरुमा पुगेर यातायातको अवस्थाबारे बुझ्ने काम गरेका एसएसपी विक्रम थापाले खबरडबलीसँग भने–‘दशैमा यात्रुहरु ठगीएको बारे समाचार आएपछि यातायातको अवस्था र यात्रुको समस्याबारे बुझ्नका लागि फिल्डमा आएको हुँ । दशैंको मौका छोपी यात्रुहरुबाट बढि भाँडा असुल्ने यातायात व्यावसायी तथा टिकट दलाललाई पहिचान गरि कारवाही गर्छु ।’ यसअघि खबरडबलीले बसपार्कको यर्थाथबारे ‘दशैं नजिकिँदै गर्दा कस्तो छ बसपार्कमा टिकट लिन गएकाको अवस्था ?’ शिर्षकमा समाचार सम्प्रेसण गरेको थियो । एसएसपी थापाले महानगरीय प्रहरी वृत गौशालाले ९ वटा गाडिले बढी भाँडा लिएको भन्ने खबर पाएपछि ६१ जनाको टिकट फिर्ता गराएको जनाए । त्यस्तै महाराजगंज प्रहरी वृतबाट खटिएको टोलीले ४५ जना र नयाँ बानेश्वरबाट खटिएको प्रहीले १७ जनायात्रुबाट यातायात व्यावसायीले लिएको बढि भाँडा प्रहरीले फिर्ता गराएको छ । त्यस्तै धरान धनकुटा चल्ने बसले २४ जना यात्रुहसँग तोकिएको भन्दा बढि भाँडा लिएपछि कालिमाटीको प्रहरी टोलीले कारवाही गरेको महानगरिय प्रहरी परिसर काठमाडौंले बताएको छ । एसएसपी थापाले बसपार्कमा भेटिएका यात्रुहरुलाई भने –‘दशैंको मौका छोपी रकम असुली गर्नेको दशैं हिरासतमा हुन्छ,सरकारले तोकेभन्दा एक रुपैयाँ पनि बढी भाँडा लिएको थाहा पाएमा प्रहरीले जो सुकै भएपनि कारवाही गर्छ । तपाईहरु चिन्ता नलिनुस् ।’

एसएसपी थापा बिहानैदेखि यातायातको अवस्था बुझ्दै

 \"dashain_buspark-750\"

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम थापा बिहीबार बिहानदेखि काउन्टरको छड्के जाँच गर्न पुगेका छन् । उनले कोटेश्वर,बल्खु,कलंकी,नयाँबानेश्वर,चावहील,गौशाला लगाएतका यातायात काउन्टरमा गएर त्यहाँको अवस्थाबारे बुझ्ने काम गरेका छन । एसएसपी थापाले दशैको बेला यात्रुहरु ठगीन सक्ने कुरालाई मध्यनजर गर्दै उपत्यकामा एक सय भन्दा बढि सादा पोशाकमा प्रहरी परिचालन गरेको र चोक चोकमा नागरिक सहायता कक्ष राखे सहायता गरिरहेको बताए । उनले भने, ‘टिकटमा हुने ठगी नियन्त्रण गर्न विशेष योजना बनाएर लागी परेका छौं । ठगी गर्ने जो सुकै भएपनि छाड्दैनौ । प्रहरीले विशेष टोली परिचालन गरेको छ ।’ अघिल्ला बर्षहरुमा यातायात सञ्चालकले टिकट लुकाएर ‘सकियो’ भन्दै बढी मुल्यमा बेच्ने गरेको गुनासो आउने गरेको थियो । प्रहरीले विशेष टोली परिचालन गरेर यात्रुलाई सहज गराएको बताएपनि यात्रुहरुले अझै पनि सहजरुपमा गन्तब्यसम्म पुग्न टिकट पाएका छैनन् ।उनीहरुले टिकट दलालहरुले बढी पैसा लिएको गुनासो गर्दै आएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending