Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

निर्दोस नागरिकलाई राज्यले न्याय दिन नसक्नु विडम्बना : खनाल

\"dipa-gautam-jhalnath-03-750\" काठमाडौं, २० असोज । युनिटी लाइफको ठगि आरोपमा ६ बर्षदेखि जेलजिवन विताइरहेका विश्वनाथ गौतम निर्दोस रहेको तर्क गर्दै पुर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता भलनाथ खनालले गणतन्त्रपछि पनि निर्दोस नागरिकलाई राज्यले न्याय दिन नसक्नु विडम्बना भएको बताएका छन । विगत १६ दिनदेखि आफ्ना पतिको रिहाइको माग गर्दै नयाँ बानेश्वरस्थित सविधान सभा भवनको छेउमै धर्ना बसिरहेकी दीपा गौतमसँगको भेटघाट पछि पत्रकारहरुसँग कुरा गर्दै पुर्वप्रधानमन्त्री खनालले त्यस्तो बताएका हुन । युनिटी लाइफको ठगि काण्डमा दोषि ठहरगर्दै राज्यले विश्वनाथ गौतमलाई ६ बर्ष देखि जेलमा राखेर कारवाही गरिरहेको बताएपनि परिवारजनले भने विभिन्न कागजातका आधारमा उनी निर्दोस रहेको भन्दै रिहाइकालागि धर्ना बसेको बताउदै आएका छन । बुधबार धर्ना स्थलमा पुगेर पुर्वप्रधानमन्त्री खनालले पिडित परिवारको समस्या एवं विश्वनाथ गौतम मुद्धाको विषयमा जानकारी लिएका छन । मुुलुक संघिय लोकतान्त्रीक गणतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा पनि यस्तो घटना हुनु लज्जास्पद भएको भन्दै राज्यले अन्यायमा परेका नागरिकलाई न्याय दिननसक्नु विडम्बना भएको उनले बताए । नेपालको संविधान र प्रचलित ऐन कानुनले पनि विश्वनाथ गौतमलाई अपराधी घोषित गर्न नसक्ने तर्क गदै अदालतले अझैपनि गौतमलाई अपराधी प्रमाणीत गर्न नसकेको उनले आरोप लगाए । उनले गौतम पत्नी दिपासँग भएका कागजातहरु पल्टाउदै भने–‘यहाँ देखिएका सबै कागजपत्रहरु हेर्दा उहाँ निर्दोस हो भन्ने कुरा स्पष्ट देखिन्छ । त्यसकारण विश्वनाथ गौतम र उहाँको परिवारजन प्रति राज्यले घनघोर अन्याय गरेको महशुस भएको छ । राज्यले यो घटनाको पुर्नः विचार गर्नु बाहेक अर्को कुनै विकल्प छैन ।’ प्रधानमन्त्री प्रचण्डले उक्त घटनाबारे पहल गरी न्यायपालीका, व्यवस्थापिका, कार्यपालिका तथा सबै निकायमा सरसल्लाह गरेर मुद्धा फिर्ता लिनु पर्ने भन्दै उनले नागरिक प्रति गरेको अन्याय राज्यले पनि सच्याउँन तयार हुनुपर्ने धारणा राखें । उनले पिडित परिवार प्रति सान्त्वना दिदै भने–‘विश्वनाथ गौतमलाई के आधारमा अपराधी घोषीत गरियो ? कुन प्रमाणको आधारमा उनी अपराधी भए ? अदालतले यो विषयमा सत्य जानकारी दिनुपर्दछ । निर्दोस मानिसलाई अनेकन जिल्लाहरुमा मुद्धा लगाउने र जेलमा हाल्ने जुन खालका कामहरु भएका छन,सुन्दाखेरी मलाइ राजनीतिक कर्मी हुनुको नाताले अत्यन्त लज्जीत बनाएको छ ।’ लोकतन्त्रको महशुस पिडित परिवारले गर्न नसकेको भन्दै उनले भने –‘यो केसलाई राज्यले गम्भिरतापुर्वक हेर्नु पर्दछ, म प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई आग्रह गर्दछु,अन्यायमा परेको परिवारलाई न्याय दिलाउनका लागि तपाइको पहलकदमी आवश्यक परेको देखिन्छ,पछि नहट्नुस ।’

धर्नाको विकल्प के ?

अनसन स्थल पुगेका पुर्व प्रधानमन्त्री खनालले वर्तमान प्रधानमन्त्री प्रचण्ड समक्ष गौतम मुद्धाबारे सत्य कुरा नपुगेको आसंका गर्दै उहाँलाई यो विषयमा आफुले जानकारी गराउँने बताए । पति रिहाइको माग गर्दै धर्ना बसेकी दिपा लाई उनले आन्दोलन र धर्नाको विकल्प रोज्न समेत आग्रह गरे । सबै कुरा आन्दोलन बाट मात्र सम्भव नहुने भन्दै उनले एक पटक सत्यको पक्षमा उभिएर नेता,प्रशासन,पत्रकार र सर्वसाधारण नागरिकले पनि उनीहरुलाई सहयोग गर्नुपर्ने धारणा राखें । उनले भने–‘म अनसन बसिराख्नुस त भन्न सक्दीन । कुनैपनि नागरिकलाई अन्यायको लडाइमा आन्दोलन नै गर्नुपछ भन्ने मेरो सुझाब कहिले पनि हुदैन । उहाँले जुन लडाई लडिराख्नु भएको छ, त्यसलाई राज्यका सबै निकायले बुझ्नु पर्दछ । दिपाजीले अपनाएको संर्घषको रुपलाई छलफल र वहशमा बदल्न सके राम्रो हुन्छ ।’ उनले संञ्चार माध्यमहरु लाई लक्षित गर्दै भने–‘यस्ता अन्यायहरु किन हाम्रो पत्रकारीतामा समाचार बनिरहेका छैनन् ? नेपालका ठूलठूला पत्रपत्रीकाहरुले यत्रो अन्याय भएको कुरालाई किन प्रकाशन गर्न चाहीरहेका छैनन ? कान्तिपुर,गोरखापत्रले किन छाप्दैन ? देशका अन्य दैनीक पेपरहरुले किन छापीरहेका छैनन ? राज्यद्धार भएको अन्याय सच्याँउनको लागि संचारमाध्यमहरुले किन सत्य कुरा संम्प्रेषण गरेर साथ दिरहेका छैनन ?’  

गौतम पुत्रि बिन्दीला भन्छीन– न्याय नपाएसम्म निरन्तर धर्ना बस्छु,दशै आएको थाहा छैन

\"biswaonath_goutam-750-750\"

युनिटी लाइफको ठगि मुद्धामा दोषि भन्दै राज्यले कारवाहि गरिरहेका विश्वनाथ गौतम माइलि छोरी बिन्दीला गौतमले ६ बर्षदेखि कहिले दशै आयो,कहिले तिहार गयो आफ्नो परिवारलाई जानकारी नभएको बताइन् । खबरडबलीसँग कुरा गर्दै उनले भनिन, हामीले न्यायको लडाइ गरेका छौ । राज्यले जबसम्म हामीलाई न्याय दिन्न निरन्तर धर्नामा बस्छु ।

बुवा विश्वनाथको व्यक्तित्वबारे स्मरण गर्दै उनले भनिन–‘उहाँ सहयोगी,सेवा भावना भएको र जस्लाइपनि विश्वाश गर्ने स्वभावको हुनुहुन्थ्यो । पहिले हामीलाई पनि बुवाले केहि गलत काम गरेको पो हो कि भन्ने लागेको थियो, तर सबै कागजातहरु हेर्दै जादाँ उहाँलाई राज्यले अनाहकमा फसाएर दुख्ख दिएको थाहा पाँए ।’

हाल उनको परिवारमा दिदि,बहिनी,भाइ र आमा सहितको परिवार काठमाडौंमा बस्छन । सबैलाई पालन पोषण एवं राम्रो शिक्षा दिक्षा र भविष्यको लागि काम गर्ने मानिस परिवारमा बुवा हुनुहुन्थ्यो,उहाँलाई फसाइएपछि परिवारको सम्पुर्ण जिम्मेवारी दिदी र आफ्नो काधँमा आएको बिन्दीलाले सविस्तार सुनाइन ।

स्नातक अध्ययनरत विन्दीला नेपाल मेडिकल कलेज महाराजगंजमा काम गर्छिन भने उनकी दिदी गंगालाल अस्पतालमा । अभिभावलाई दोषि भन्दै राज्यले जेल लगेपछि यि दुई दिदि बहिनीको कमाइले मुस्कीलले घर खर्च चलाउने गरेको उनी बताउछिन ।

उनले भनिन, ‘भाई देवल र बहिनी दिप्तीे ११ कक्षामा पढ्छन । घरमा कमाउने मान्छे कोहि छैन, भएका हामी पनि सधै धर्नामै छौ । अब त आर्थीक समस्याले पनि चारैतिरबाट घेरीसक्यो ।’

अरुको लागि दशै तिहार आउँछ जान्छ होला तर हामी जस्तो अन्यायमा पिल्सीएका मानिसलाई यसले कुनै रौनकता नथपेको उनले बताइन । हामीलाई मात्र बुवाको रिहाइ चाहिएको छ ,यदि त्यसो होइन भने उहाँ लाई लगाइएको मुद्धा राज्यले प्रमाणीत गर्नुपर्ने उनको भनाइ रहेको छ ।

देशमा ठूल ठूला अपराधी,गुण्डा,नाइके खुलेआम हिड्दा मौन बस्ने राज्यले एक सामान्य जागिर गरेर आफ्नो परिवारको व्यवस्थापन गर्दै आएको निर्दोस मानिसलाई जेलमा राखेर कस्तो कानुन काल्द खोजेको हो ? ६ बर्ष देखि खालिनिधार राखेका परिवारजनले राज्यप्रति तिब्र आक्रोस पोखेका छन ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending