Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

राज्य पुनःसंरचना आयोगको सबै कुरा अन्तिम होइन :मन्त्री केसी

\"arjun-narsing-kc\"बागलुङ,१९ असोज । सहरी विकास मन्त्री अर्जुन नरसिंह के.सीले राज्यको पूनःसंरचनाको आधार तथा मापदण्ड तयार गर्नको लागि गठित स्वतन्त्र आयोगले दिएको अबधारणा सही नभएको बताएका छन् । बागलुङ उद्योग बाण्ज्यि संघ गलकोट ईकाईले आयोजना गरेको दशै उत्सब २०७३ कार्यक्रम उद्घाटन गर्न पुगेका केसीले इलाकालाई आधार मानेर स्थानीय निर्वाचनामा जाने दलहरुबीच सहमति भएको बताउदै स्वतन्त्र आयोगको कुरा अन्तिम नभएको बताए । उनले भने “जनताबाट प्राप्त बिचार र राष्ट्रिय आबश्यकताको आधारमा स्थानीय निकाय निर्धारण हुन्छ । संबिधान कार्यान्वनको क्रममा स्थानीय, प्रदेश र केन्द्रीय चुनाव निधारीत समयमा नै गर्नको लागी दलहरुबिच ईलाकालाई आधारमा निर्बाचनमा जाने सहमति हो तर ९२७ ईलाका नै अन्तीम होइन । ’ उनले आयोगको प्रस्ताब रहेका ५९५, दलको सहमति ९२७ तथा ईलाका भुगोल सम्पूर्णलाई समेटेर पुर्नसंरचना गरिने बताए । मन्त्री केसीले आयोगले गरेको केही कुरा सहि भएता पनि भौगोलिक अबस्थाबारे गरिएका कुरा सत्य नभएको बताएका छन् । उनले जात जातीको आधारमा कुनै पनि हालतमा पर्नुसंरचना गर्न नसकिने बताउदै जातजातिको कुरा निकाल्नु संबिधान कार्यन्वयन गर्न नदिने षडयन्त्र भएको बताए । उनले फरक प्रसंङ्गमा मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको आसपासका सहरहरुलाई स्मार्ट सीटीमा समावेस गर्ने तयारी रहेको बताउदै गलकोटलाई पनि स्मार्ट सिटिमा समाबेस गर्ने बताए । उनले अहिले सम्म १० ओटा सहरलाई स्मार्ट सिटिको रुपमा घोषणा गरेको बताए । दशै उत्सब कार्यक्रम उद्घाटनको क्रममा बागलुङ उद्योग बाणिज्य संघ गलकोट ईकाइका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठले गलकोटमा १००० जना क्षमताको कर्वड हल निमार्णको योजना अनुसार करिब १ करोड ४० लाख बराबरको लागत स्टिीमेड गरेअनुसार आर्थीक सहयोगको लागी मन्त्री समक्ष माग राखेका थिए । उनले गलकोटलाई ईलाका भन्दा भौगोलीक आधारमा गलकोट नगरपालिका निर्माण गर्नुपर्ने, गलकोटलाई स्मार्ट सिटिमा समाबेस गर्नुपर्ने, लगाएतका ५ बुँदे ज्ञापन पत्र बुझाएका थिए । ‘घुम्टे गाजा निलवा दरम मजुवा हाम्रो सान, कला सस्कृति र खेलकुदको बिकास गलकोटको पहिचान’ भन्ने नारा सहित आयोजित दशै उत्सबमा खुल्ला भलिबल प्रतियोगिता दोहोरीगीत प्रतियोगीता लगायत कार्यक्रम रहेको ईकाईले जनाएको छ । असोज २२ सम्म सञ्चालन हुने उत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending