Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

लोकमानको घरमा म्याद टाँस्न गएको सर्वोच्चको टोली त्यसै फर्कियो

\"lokman-singh-karki\"काठमाडौं, १९ असोज । सर्वोच्च अदालतको निर्णय अवज्ञा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न पुगेको सर्वाेच्च अदालतको टोली म्याद नटाँसी त्यसै फर्किएको छ । आयोगमा कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चकै निर्णयपछि विभिन्न बहानामा विदेश गएको र म्याद बुझ्न अस्विकार गरेको भन्दै बुधबार अदालतको टोली उनको घरमा म्याद (सूचना) टाँस्न पुगेको थियो । तर, नयाँ बानेश्वरस्थित कार्कीको घर पूरै भाडामा लगाएको थाहा पाएपछि सर्वाेच्च अदालतको टोली म्याद नटाँसी फर्किएको हो । ि विभिन्न बहानामा विदेश गएको र म्याद बुझ्न अस्विकार गरेको भन्दै कार्कीलाई सूचित गर्न घरमै गएर म्याद टाँस्ने सर्वाेच्च अदालतले गरेको थियो । सोहीअनुसार बुधबार टोली उनको घरमा पुगेको हो । सूचना टाँस्ने क्रममा काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा सचिवको रहोबरमा मुचुल्का उठाइने तयारी गरिएको थियो । सचिवको रहोबरमा म्याद टाँस गरेपछि उक्त म्याद कार्कीले नै बुझे सरह हुने कानुनी प्रावधान छ । आयोगका प्रमुख आयुक्त कार्की नियुक्तिको कानुनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा २०७० वैशाख २९ गते रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सो रिटको २०७१ असोज ८ गते खारेज गरेको थियो । सर्वोच्चले दुवै पक्षलाई म्यादको पत्र पठाएको थियो । जसमा अधिवक्ता ओमप्रकाश अर्यालले पत्र बुझिसकेका छन् भने कार्कीले बुझ्न अस्विकार गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending