Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

चाडपर्व लाई लक्षित गर्दै नवलपरासीमा विशेष सुरक्षा योजना लागू

 \"14595765_652151894943271_6877753506767783441_n\"नवलपरासी, १९ असोज ।  चाडपर्वलाई लक्षित गर्दै नवलपरासी प्रहरीले विशेष सुरक्षा सतकर्ता योजना लागू गरेको छ । बडा दशै, दिपावली, छठ र मोहर्रम पर्वको समयमा बढी अपराधिक कृयाकलापहरु हुने भएकोले त्यसको रोकथामका लागि जिल्ला भरिमा यस्तो योजना लागू गरिएको हो । नवलपरासीको सम्पुर्ण बजार क्षेत्र गाउटोल, जंगल क्षेत्र, नेपाल भारत नाकाहरुमा प्रयाप्त संख्यामा प्रहरी परिचालन गरेर विशेष सुरक्षा बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले बताए । ती क्षेत्रहरुमा प्रहरीहरुले रात्रिकालिन गस्ती समेत दिइरहेको एस पी चौधरीले जानकारी दिए । नवलपरासीमा चाडपर्व लक्षित गर्दै रातिको बेलामा चोरीको घटना बढदै गइरहेको गुनासो बढेपछि रात्रिकालिन प्रहरी गस्ती बढाइएको बुझिएको छ । चाडपर्वमा हुने चोरी डकैती लुटपाट र झै झगडा लगायतका घटनाहरु हुन न दिन जिल्ला भरिका सबै प्रहरी चोकी, इलाका र बिट युनिटलाई सतकर्ताका साथ काम गर्न निर्देशन दिइसकेको उनले बताए । एस पी चौधरीका अनुसार जिल्लाको सदरमुकाम परासी, सुनवल, भुमही, बर्दघाट, दुम्किबास, अरुणखोला, चोरमारा, डंडा, कावासोती, गैडाकोट, त्रिबेणी बजार, झुलनिपुर, भुजहवा, महेशपुर, विसुनपुरा लगायत मुख्य बजार र सिमावर्ती नाकाहरुमा चेकजाँच बढाइएको छ । चाडपर्वमा नवलपरासीमा मदिरा विक्री वितरण बढी मात्रामा हुने गरेकोले मदिरा र जुवा तास पनि नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिइएको चौधरीले बताए । उनले जिल्लाको कुनै पनि ठाउमा कुनै केही किसिमको अपराधिक तथा समाजिक शान्ति सुरक्षा भंग हुने खालको घटना घटन न दिन तथा त्यस्ता घटना हुन सक्ने शंका लागेमा तुरुन्त प्रहरीलाई वा ९८५७०६५५५५ मा सम्पर्क गराउन सबैलाई आग्रह गर्नु भएको छ । एस पी चौधरीको शान्ति सुरक्षा योजनालाई चौतर्फी प्रशंसा गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending