Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

देश बनाउन प्रचार होइन परिवर्तनमुखी हुनुपर्छः ओली

\"Kp-oli1\"काठमाडौँ, १९ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन प्रचारमुखी नभई परिवर्तनमुखी हुनुपर्ने बताएका छन् । चाइल्ड नेपाल संस्थाको राष्ट्रिय बालअधिकार सम्मान, १२ औं साधारणसभा तथा सामाजिक लेखा परीक्षणको बुधबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुक बनाउन हरेक ठाउँ र क्षेत्रबाट सबैले हातमा हात मिलाउनुपर्नेमा जोड दिँदै प्रचारमुखी भन्दा परिवर्तनमुखी भएर काम गर्न आह्वान गरेका हुन । बाल अधिकारको संरक्षणका लागि सरकारको मात्र नभई संस्थागत र व्यक्तिगतबाट योगदान हुनुपर्ने पनि उनले बताए । कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय बालअधिकार सम्मान प्रारम्भिक बाल विकासका अभियानकर्ता अगाथा थापालाई प्रदान गरे । थापाले सेतो गुराँस बाल विकास संस्थाका माध्यममा यस क्षेत्रमा दिएको योगदानको कदर गर्दै दिइएको सम्मानका साथ रु २५ हजार राशि रहेको छ । नेकपा ९एमाले० का सांसद रामेश्वर फुयाँलले संसद्मा रहेर प्रारम्भिक बाल विकासका पक्षमा विगतमा पनि आफूहरुले काम गरेको बताउँदै संविधानको मौलिक हकमा व्यवस्था गरिएको बालअधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका कार्यबाहक अध्यक्ष प्रकाश वस्तीले चाइल्ड नेपालले बालबालिकाका लागि सञ्चालन गर्ने ‘माया हाम्रो अधिकार’ अभियानको शुभारम्भ गरेका थिए । मानवअधिकारवादी गौरी प्रधानले नेपालको बालअधिकार आन्दोलन विश्वमा बालअधिकार महासन्धि लागू हुनुभन्दा अघिको भएको बताउँदै प्राथमिक तहमा विद्यार्थी भर्नादर बढेपनि कक्षा १० सम्म पुग्दा ५० प्रतिशत बालबालिका पनि विद्यालयमा टिक्न नसक्नु बिडम्बना भएको बताए । बाल अधिकार र बालबालिका शान्ति क्षेत्र संरक्षणका लागि संस्थाले १२ वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सामाजिक अनुगमन, पैरवी, क्षमता वृद्धि, विद्यालयमा सहयोगजस्ता गतिविधि सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष कुष्ण सुवेदीले जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending