Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

चाडपर्वमा हुने सवारी दुर्घटना कम गर्न ट्रफिक प्रहरी सक्रिय

\"\"काठमाडौं, १९ असोज । नेपालीहरुका महान पर्वहरु नजिकिए सँगै सिमित यातायातका साधनमा क्षमता भन्दा बढि यात्रुहरु चढाउदा दुर्घटना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सवारीजाँचमा आफ्नो सक्रियता बढाएको छ । गत बर्षको तथ्याङ्क अनुसार अन्य समयमा भन्दा चाडवार्डको बेला सवारी दुर्घटना बढ्ने गरेको देखिएकाले यस पटकको दशैं,तिहार नजिकिँदै गर्दा टा«फिक प्रहरी दुर्घटना न्यूनिकरणका लागि सक्रिय भएको हो । ट्राफिक प्रहरीले छोटो तथा लामो दुरीका बस छुट्टने बसपार्क क्षेत्रका साथै मुख्य चोक र पार्किङ्ग एरियामा यतिबेला नागरिक सहायता कक्षको स्थापना गर्दै सुरक्षित यात्राकालागि सहायता गर्दै आएको छ । काठमाडौंको नयाँ बसपार्क ,पुरानो बसपार्क गौसाला,चक्रपथ,कोटेश्वर,कलंकी,सीनामंगल,तिनकुने लगाएतका स्थानमा विशेष टोली खटाएर क्षमता भन्दा बढी यात्रु बोक्न रोक्न लगाएको छ । चाडपर्वमा यात्रुको चाप बढेपनि यातायातका साधनहरु सीमीत हुने गरेको कारण क्षमता भन्दा बढि यात्रु बोक्नुपर्दा विगतमा धेरै ठूला घटनाहरु भएको भन्दै ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरणको लागि सीट क्षमताको आधारमा यातायात संचालन गर्न आग्रह गरेको छ । ट्राफिक प्रहरीले केहि समययता सवारी साधनलाई सीट क्षमता भन्दा बढि यात्रु बोक्न नदिन कडाइ गरेको बताएको छ । दुर्घटना नियन्त्रण गर्नका लागि छतमा ओभर लोड गरेर असुरक्षित यात्रा गर्न नदिएको महानगरीय टा«फिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक लोकेन्द्र बहादुर मल्लले खबरडबलीलाई बताए । एसपी मल्लले टा«फिक प्रहरीले सबै नागरिकको सुरक्षित यात्राको कामना गरेकाले जोखिमपूर्ण यात्रा रोक्ने अभियान सुरु गरेको बताए । दशैं तिहार जस्ता पर्वमा सबैलाई सहज यातायातको व्यवस्था सम्बन्धित निकायले गर्नुपर्दछ भन्दै उनले नागरिकको ज्यान खतरामा पर्ने गरि क्षमता भन्दा बढि यात्रु बोक्न नदिने दावी गरे । एसपी मल्ल यातायात व्यवसायीहरु यो विषयमा संवेदनशित हुनुपर्ने र जनतालाई गन्तब्यसम्म सुरक्षित पुगाउन टा«फिक नियम पालना गर्नुपर्ने बताउछन । प्रहरीको कडाइले सुरक्षित यात्राको चाहना गरेको भएपनि टाढा– टाढा पुग्नुपर्ने यात्रुहरु भने साधनको अभाव भएको बेला जोखिमपूर्ण यात्रा गरेर भए पनि घरजान पाउनुपर्ने तर्क गर्छन । बैैदेसीक रोजगारीका लागि मलेसिया गएका बाँकेको राप्तिपारी बैजापुरका राजेश चौधरी दशैं मनाउन तीन बर्ष पछि घर फर्किने क्रममा सोमबार नयाँ बसपार्क सम्म पुगे, तर काठमाडौ बाट नेपालगंजको लागि गाडि पाएनन् । उनले बसको छतमै बसेर भएपनि घरजाने ढिपीगरेपनि टा«फिक नियमका कारण जान मिलेन र रोकिएको बताउँछन । उनले खबरडकलीसँग सोमबार कुरागर्दै भने–‘सरकारले कि सबैलाई सीट पुग्ने गरि यातायातको साधन उपलब्ध गराउनु पर्छ, नभए टा«फिकले छतमा बसेर घरजान चाहनेलाई जान दिनुपर्छ ।’ ट्राफिक प्रहरीको कडाइपछि यातायात व्यवसायीहरुले समेत खतरा मोलेर भएपनि चाडपर्वमा यात्रु ओर्सान पाउनुपर्ने बताएका थिए । व्यवसायीहरुले क्षमता भन्दा बढि यात्रु बोक्न नपाएपछि अग्रिम बुकिङ्ग टिकट सकिएको भन्दै बन्द समेत गरेका थिए । दुर्घटना न्यूनिकरणमा टा«फिक प्रहरी सफल ः एस पी मल्ल चाडपर्वको समयमा हुने भिडभाड र सवारी चापका कारण विगतका बर्षहरुमा केहि ठूला घटनाहरु समेत हुन गएको देखिन्छ । परीवारका सदस्यहरुसँगै बसेर चाडबाड मनाउने सोचमा जोखिमपूर्ण यात्रा गर्न पुग्दा आफुसँगै अरु समेत असुरक्षित हुने भएकाले सहज यात्रा गर्न टा«फिक प्रहरीले यात्रुहरुमा अनुरोध गरेको छ । विगतका चाडवाडहरु नजिकीदै गर्दा भएका घटनाको आधारमा यो पटक दुर्घटनाको पुरानो रेसियो ठूलो मात्रामा घटेको टा«फिक प्रहरीको भनाइ रहेको छ । एसपी मल्लले भने, ‘उपत्यकामा बढेको भिडभाडका कारण सामान्य केहि घटनाहरु भएपनि समग्रमा यस पटक दुर्घटनाको दर धेरै कम रहेको छ । दुर्घटना न्यूनिकरणमा टा«फिक प्रहरी सफल बन्दै गएको छ ।’ एसपी मल्लले टा«फिक प्रहरीले लेन अनुसाशनको पालनामा कडाई र चाडपर्वमा क्षमता भन्दा बढि यात्रु बोक्न नदिएका कारण यस पटक सवारी दुर्घटनाको दर घटेको बताए । एसपी मल्लका अनुसार टा«फिक प्रहरीले गत जेष्ठ १ गतेबाट जरिवाना बढाएपछि उपत्यकका भित्र लेन क्रसमा कारवाही पर्नेको संख्या घटेको छ । टा«फिक प्रहरीले सुरक्षित यात्राका लागि सम्बन्धीत निकायले सवारी साधन यात्रुको चाप अनुसार थप्नुपर्ने तर ओभर लोड गरेर असुरक्षित यात्रा गराउन नदिने बताएका कारण यातायात व्यवसायीहरु यतिबेला टा«फिक प्रहरीसँग रिसाएको उनको भनाइ रहेको छ । ड्युटिमा रहेको कुनै पनि टा«फिक प्रहरीले लिने दिने खालका गतिविधी गरेको पाइएमा उनीहरुलाई समेत आन्तरिक कारपाही गर्ने गरेको बताउदै एसपी मल्लले चाडबाडको बेला हुन सक्ने दुर्घटना न्यूनिकरणका लागि विशेष प्रशिक्षण दिएर प्रहरीलाई ड्युडिमा खटाएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending