Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

सुरक्षा नीति परिमार्जनको तयारी भइरहेको छः रक्षामन्त्री खाँड

\"bal-krishna\"भक्तपुर, १८ असोज । रक्षामन्त्री बालकृष्ण खाँडले बिगतको सरकारको पालोमा तय गरेको सुरक्षा नीति अपुरो रहेकाले परिमार्जनको तयारी भइरहेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उनले बिगतमा नेपालको सुरक्षा नीतिका बारे ब्यापक छलफल नभई आएकाले अपुरो रहेको भन्दै देशको सुरक्षा अवस्थालाई मजबुत पार्न सुरक्षा नीतिको परिमार्जनको तयारी भईरहेको बताए । नेपालको सुरक्षा अवस्था मजबुत रहेता पनि भैपरि आउन सक्ने राष्ट्रिय खतरा तर्फ सचेत रहँदै प्रतिरक्षा नीति निर्माण गर्न आवश्यक रहेको भन्दै उनले नेपाली सेना र नेपालको सुरक्षा नीतिलाई आधुनिकिकरण गर्नु पर्ने र त्यसमा सरकार लागि परेको बताए । उनले सार्क फोरमकै मूलुक माझ द्वन्द्व बढेको सन्दर्भमा नेपाल सार्कमूलकको अध्यक्षको नाताले द्वन्द्वको अन्त्य गर्दै सिघ्र सार्क सम्मेलन गर्न नेपाल सरकार प्रयासरत रहेको बताए । उनले नेपाली भूमि कुनै पनि मूलुकको बिरुद्ध प्रयोग गर्न नदिने र कुनै पनि आतंककारी गतिबिधिलाई नियन्त्रण गर्न नेपाली सुरक्षा सजग रहेको समेत बताए । देश संघीय स्वरुपमा गईसकेको अवस्थामा नेपाली सेनाले आफूलाई संघीय ढाँचा अनुसार पुर्नसंरचना गर्ने कार्यलाई तिब्रता दिइरहेको मन्त्री खाणले बताए । राजनीतिक प्रसंगमा उनले तोकिएकै समयमा तीनै तहको निर्वाचन गर्नु प्रमुख दलहरुबीच सहमतीको लागि संवाद भइरहेको र दशैं तिहारका पछि छलफललाई मूर्त रुप दिँदै संबिधान संशोधन बिधेयक संसदमा प्रस्तुत् गर्ने तयारी भईरहेको बताए । उनले संबिधान संशोधन पश्चात मधेशी दलहरुलाई सहमतीमा ल्याएर संबिधानको कार्यान्वयनमा सहजता ल्याउने र तोकिएकै समयमा निर्वाचनको वाताबरण तयार हुने समेत दाबी गरे । हाल सम्म पनि काँग्रेसले राज्य मन्त्री पठाउन नसक्नुको पछाडी आफ्नो दलमा छलफल जारी रहेको भन्दै अवको केही दिनमै यसले पूर्णता पाउने बताए । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बिषयमा जसरी बाहिर अनाहाकको हल्ला गरिएको छ त्यो गलत भएको र नेपालको हित बिपरित कुनै काम नगरेको समेत उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending