Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

देश र जनताको लागि प्रत्येक दिन एउटा काम गर्नुस्ः दाहाल

\"14585702_1161715717208164_478006226_o\"काठमाडौं, १८ असाेज । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल सञ्चार राष्ट्रिय प्रतिष्ठानले नवनिर्वाचित केन्द्रीय कार्य समितिलाई बधाई दिएका छन् । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै प्रतिष्ठानले नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई दिएका हुन् । बडा दसैँ, तिहार, नेपाल सम्बत् तथा छठको शुभकामना आदानप्रदान समेत भएको उक्त कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले संगठन, देश र जनताका लागि दिनको एउटा काम गर्न निर्देशन दिए । प्रेस सेन्टर नेपालका सबै सदस्यहरु प्रत्येक दिन उपलब्धिमुलक काममा लागि पर्न निर्दिष्ट गर्दै उनले पार्टीको एजेण्डा स्थापित गर्न एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । ‘१० वर्षे जनयुद्धबाट स्थापित एजेण्डालाई संस्थागत र प्रचारात्मक ढंगमा अघि बढाउन हामी असफल भएका छौँ’अध्यक्ष दाहालले भने, ‘ती एजेण्डा संस्थागत गर्न एकताबद्ध लाग्नु हाम्रो कर्तव्य हो।’ विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमिकवर्गको एजेण्डा प्रेस सेन्टर नेपालले उठाउनुपर्ने बताउँदै दाहालले पार्टीको एजेण्डा लिएर जनता र आफ्नो वर्गतिर लाग्न निर्देशन समेत दिए । सामाजिक सञ्जालमार्फत संगठनभित्रका असन्तुष्टिहरु पोख्न नहुने बताउँदै उनले फेसबुकमा असन्तुष्ट पोख्नेलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने बताए । कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बुद्ध लोप्चनले प्रतिष्ठानको कार्यक्षेत्रभित्र रहेका विभिन्न सञ्चारमाध्यममा संगठनको उपस्थितीबारे अध्ययन प्रतिवेदन तयार गरी त्यहाँ आफ्नो उपस्थिती बढाउने विषयमा गृहकार्यमा जुटेको जानकारी दिएका थिए । कार्यक्रममा प्रेस सेन्टरका उपाध्यक्ष बलराम थापा, कमल गिरी, महासचिव विष्णु सापकोटा तथा सचिवहरुको उपस्थिती रहेको थिायो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending