Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

नाकाबन्दीको एक वर्षपछिको वीरगञ्ज

\"birgunj\" वीरगञ्ज, १८ असोज । गत वर्ष यतिबेला वीरगञ्ज सुनसान जस्तै थियो । मधेस आन्दोलनका कारण वीरगञ्ज लगायतका तराईका जिल्लाहरुमा दशैंको कुनै उत्सव थिएन । सन्नाटा मात्रै थियो । अझै पनि मधेसवादी दलहरुको आन्दोलन निश्कर्षमा भने पुगिसकेको छैन । गत वर्ष सेप्टेम्बर १९, २० र २१ तारिखमा काठमाडौंमा सरकारले संविधान घोषणा गरिएको पहिलो वर्ष उत्सव मनाइरहेको थियो भने वीरगञ्जमा संविधानको प्रति जलाइँदै थियो । मधेसी नेता कार्यकर्ताले कालो दिन मनाए । गएको वर्ष २३ सेप्टेम्बरदेखि नेपाल–भारत सीमावर्ती क्षेत्रमा आन्दोलनको शुरुवात भएको थियो । मधेसवादी दलको सीमा केन्द्रित आन्दोलनका कारण भारतले नाकाबन्दी लगाएको थियो । चार महिनासम्म चलेको आन्दोलनका क्रममा ५२जना मारिएका थिए । नेपाल सरकारले मधेस आन्दोलनमा परिएका ५२ जनाको परिवारलाई राहतको घोषणा गर्यो । आन्दोलनकारीहरुले मृत्यु भएका उनीहरुलाई ‘मधेसी सहिद’का प्रचार गरे । वीरगञ्जको घण्टाघर चोकस्थित बीपी कोइराला उद्यानको नजिक ‘मधेसी सहिद पार्क निर्माणस्थल’को राखिएको छ । \"birgunj-2\" आन्दोलनमा घाइते भएका थुप्रै नागरिकले अझैसम्म कुनै राहत नपाएको आन्दोलनमा सहभागी नेपाल सद्भावना पार्टीका सदस्य निजामुद्दिन सुब्हानी आरोप लगाउँछन् । ‘पहिला भारतीय महिलाको विवाह नेपालमा भएलगत्तै उसले नेपाल नागरिकता प्राप्त गर्दथ्यो । नयाँ संविधानमा विवाहपछि सात वर्ष यहाँ रहनुपर्ने सर्तका साथ नागरिकको प्रावधान राखिएको छ ।’ उनी बताउँछन् । केही यस्ता प्रावधानले मधेसीको अधिकारमाथि हमला गरिएको भन्दै उनले संविधान संशोधन नगरिए आफूहरु फेरि आन्दोलन गर्ने बताउँछन् । नेपालको प्रतिष्ठित मिडिया कान्तिपुरका पत्रकार शंकर आचार्यका अनुसार अहिले स्थिति समान्य छ तर आन्दोलन फेरि शुरु हुने डर कायमै छ । केही नागरिकले सिधा सिधा भारतको विरुद्ध बोल्न डराए पनि अधिकांश नागरिक गत वर्ष भएको मधेस आन्दोलन भारतको समर्थनबिना हुन सक्दैनथ्यो । वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ओमप्रकाश शर्माले भने, ‘भारतको रक्सोलका भाजपा नेता महेश शर्माले मधेसी आन्दोलनकारीका लागि खानाको ब्यवस्था गरेका थिए । उनले चार महिनासम्म मेस चलाइरहेका थिए । यसले तपाईँ बुझ्न सक्नु हुन्छ कि आन्दोलन कसले चलाएको थियो ?’ कान्तिपुरका पत्रकार आचार्यकाअनुसार मधेसी आन्दोलन भारत प्रायोजित रहेको थियो भन्ने नेपाली मिडियाको आंकलन थियो । राजनीतिक स्तरमा अथवा प्रशासनिक स्तरमा कहिँ न कहिँ भारतको भूमिका थियो । उवा संघका उपाध्यक्ष शर्माका अनुसार मधेस आन्दोलनका कारण खरबौं रुपैयाँ नोक्सान भएको छ । वीरगञ्जका ३० भन्दा बढी ब्यापारी भैरहवा, बुटवल तथा नारायणघाटतर्फ सरेको उनी बताउँछन् । मधेस आन्दोलनका कारण होटल रेष्टुरेन्टहरु महिनौंसम्म बन्द गर्नुपरेको ब्यापारीहरु सम्झिन्छन् । आन्दोलनका कारण ६५ प्रतिशत राजश्वसमेत घटेको थियो । (बीबीसी हिन्दीका रविप्रकाशको रिपोर्ट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending