काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै सडकमै बसेको छ। शुक्रबार निर्वाचन आयोगले शेरबहादुर देउवा समूह र गगन थापा समूहलाई छलफलका लागि बोलाएपछि दुवै पक्षबीचको विवाद निर्णायक मोडमा पुगेको मानिएको छ।
निर्वाचन आयोगसँगको छलफलपछि विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू-प्रदीप पौडेल, फरमुल्ला मनसुर, उदय शम्सेर राणा, डिला संग्रौला, पुष्पा भुसाललगायत-आयोग परिसर बाहिर सडकमै बसेर निर्णयको प्रतीक्षा गरिरहेका छन्। उनीहरूले आयोगबाट आफ्नो समूहलाई आधिकारिकता दिने विश्वास व्यक्त गर्दै निर्णय आउँदासम्म त्यहीँ बस्ने अडान लिएका छन्।
गगन थापा समूहले विशेष महाधिवेशन विधानअनुसार, बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न भएको दाबी गर्दै आएको छ। उनीहरूको भनाइमा महाधिवेशन एकपटक विधिवत रूपमा सम्पन्न भइसकेपछि त्यसको वैधानिकतामाथि प्रश्न उठाउन नमिल्ने भएकाले निर्वाचन आयोगले पनि त्यसैअनुसार निर्णय गर्नुपर्नेछ।
उता, आयोग परिसर बाहिर तरुण दलका कार्यकर्ताहरूले विशेष महाधिवेशनको विरोधमा नाराबाजी गरिरहेका छन्। उनीहरूले विशेष महाधिवेशन अवैध रहेको र पार्टी विभाजनतर्फ धकेल्ने प्रयास भएको आरोप लगाउँदै प्रदर्शन गरेका छन्। यसले कांग्रेसभित्रको आन्तरिक विवाद सडकसम्मै आइपुगेको स्पष्ट देखिएको छ।
शेरबहादुर देउवा समूहले भने गगन थापा समूहद्वारा आयोजित विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै आफूहरू नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गरिरहेको छ। दुवै समूहले आयोगसमक्ष आधिकारिकताको दाबी पेश गरेपछि आयोगको निर्णय कांग्रेसको भविष्य र आगामी निर्वाचनमा पार्टीको भूमिकाका लागि निर्णायक हुने देखिएको छ।
राजनीतिक वृत्तमा निर्वाचन आयोगले गर्ने निर्णयले कांग्रेस एकतामा जाने कि औपचारिक विभाजनतर्फ धकेलिने भन्ने प्रश्नको जवाफ दिने टिप्पणी हुन थालेका छन्। आयोगको निर्णय कुर्दै सडकमै बसेको गगन समूहको कदमले कांग्रेसको आन्तरिक संघर्ष अब निर्णायक चरणमा प्रवेश गरेको संकेत दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - २२:०२
काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...
फाल्गुन २० गते, २०८२ - २१:५७
दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...
फाल्गुन २० गते, २०८२ - २१:४९
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...
फाल्गुन २० गते, २०८२ - २१:४०
कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...
फाल्गुन २० गते, २०८२ - २१:३४
विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...
फाल्गुन २० गते, २०८२ - २१:३२
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...
फाल्गुन २० गते, २०८२ - २१:२७
सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...
फाल्गुन २० गते, २०८२ - २०:१२
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...
फाल्गुन २० गते, २०८२ - २०:००
काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...
फाल्गुन २० गते, २०८२ - १९:५७
काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...



प्रतिकृया लेख्नुहोस्: