Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

आजकै दिन देउवा यसरी बर्खास्त भएका थिए

\"DEUBA\"काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आजको दिन निकै नमिठो लागेको होला । देउवालाई मात्र होइन, नेपाली राजनीतिमा आजकोे दिनलाई कालाे दिनकाे रुपमा लिने गरिन्छ । देउवाकै कारण बेलाबेलामा नेपाली राजनीतिलाई झस्काउने गरेको छ । देउवाकै कारण पूर्वराजा ज्ञानेन्द्र शाहले २०५९ असोज १८ गते प्रधामन्त्रीमन्त्रीबाट बर्खास्त गरेका थिए । तत्कालिन प्रधानमन्त्री देउवाले आफ्नै पार्टीको समर्थन पाउन नसक्दा संसद नै विघटन गरिदिने मनस्थितिमा पुगे । २०५९ जेठ ८ गते देउवाले संसद विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरे । तर निर्धारित मितिमा निर्वाचन गर्न नसकेपछि देउवाले संविधानको धारा १२७ को प्रयोग गरी आफ्नो पदावधि बढाउन ज्ञानेन्द्रलाई सिफारिस गरेका थिए । तर २०५९ असोज १८ गते आजकै दिन ज्ञानेन्द्रले सोही धारामा रहेको ऐच्छिक अधिकार प्रयोग गरी देउवालाई असक्षम घोषणा गर्दै पदबाटै बर्खास्त गरी कार्यकारी अधिकार आफ्नो हातमा लिए र एक सातापछि राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा मन्त्रिपरिषद गठन गरे । ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गरी सत्ता हातमा लिएपछि माओवादी आन्दोलन झनै उत्कर्षतिर लाग्यो । सोही वर्ष माघ १२ गते माओवादीहरूले सशस्त्रका प्रहरीका महानिरीक्षक कृष्णमोहन श्रेष्ठकै हत्या गरिदिए । कृष्णमोहनसँगै उनकी पत्नी नुदुप र अंगरक्षकलाई मारिएको तीन दिनपछि सरकार र माओवादीबीच दोस्रो पटक युद्धविराम भएको थियो । राजाले सत्ता हातमा लिएपछि जनतामाझ लोकप्रिय हुन भन्दै भ्रष्टाचारी नेतालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सक्रिय बनाइयो । देउवाकै पालाका शक्तिशाली मन्त्री चरञ्जीवी वाग्ने, जयप्रकाश आनन्द खुमबहादुर खड्का भ्रष्टाचार काण्डमा मुछिए । त्यतिबेला गिरिजादेखि बलबहादुर केसीसम्म २३ जना नेतामाथि सम्पत्ति विवरण नबुझाएको आरोपमा कारबाही प्रक्रिया थालिएको थियो । देउवाकै पथमा अन्य नेताहरु पनि जान सक्ने आशंका बेलामौकामा उत्पन्न हुने गर्छन् । पछिल्लो समय निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार ढल्ने भएपछि उनले पनि संसद विघटन गरी निर्वाचनको मिति घोषणा गर्नसक्ने आशंका गरिएको थियो । तर ओलीले त्यसो चाँही गरेनन् । देउवाले संसद विघटन गरी प्रजातन्त्र नै धराप पार्ने काम गरेका कारण त्यो कुरा नेपाली राजनीतिमा बारम्बार झस्किने गर्छ । देउवाले गरेको लगत निर्णय विरुद्ध तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला सडक संघर्षमा उत्रिए । तर कोइरालाको नेतृत्वमा त्यतिबेला आन्दोलन उठ्न सकेन । संसद विघटन गरेपछि आन्दोलनकै बलमा संसद पुनस्र्थापना गराइछाड्ने अठोट गरेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले  निरन्तर संघर्षमा हाेमिए । कोइरालाको टाउकोमा समेत रत्नपार्कमा धेरै पटक पुलिसको लाठी बर्सिएको थियो । तर पनि उनी हरेस खाएनन्, बरु सशस्त्र संघर्षमा रहेको तत्कालिन नेकपा माओवादीसँग १२ बुँदे समझदारी गर्दै निरंकुशताकाविरुद्ध लड्ने अठोट गरे । फलस्वरुप २०६२/६३ को जनआन्दोलनको बलमा २०५९ जेठ ८ गते विघटन गरिएको संसद पुनस्र्थापना गर्न तत्कालिन राजा ज्ञानेन्द्र बाध्य भए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending