Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

आजकै दिन देउवा यसरी बर्खास्त भएका थिए

\"DEUBA\"काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आजको दिन निकै नमिठो लागेको होला । देउवालाई मात्र होइन, नेपाली राजनीतिमा आजकोे दिनलाई कालाे दिनकाे रुपमा लिने गरिन्छ । देउवाकै कारण बेलाबेलामा नेपाली राजनीतिलाई झस्काउने गरेको छ । देउवाकै कारण पूर्वराजा ज्ञानेन्द्र शाहले २०५९ असोज १८ गते प्रधामन्त्रीमन्त्रीबाट बर्खास्त गरेका थिए । तत्कालिन प्रधानमन्त्री देउवाले आफ्नै पार्टीको समर्थन पाउन नसक्दा संसद नै विघटन गरिदिने मनस्थितिमा पुगे । २०५९ जेठ ८ गते देउवाले संसद विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरे । तर निर्धारित मितिमा निर्वाचन गर्न नसकेपछि देउवाले संविधानको धारा १२७ को प्रयोग गरी आफ्नो पदावधि बढाउन ज्ञानेन्द्रलाई सिफारिस गरेका थिए । तर २०५९ असोज १८ गते आजकै दिन ज्ञानेन्द्रले सोही धारामा रहेको ऐच्छिक अधिकार प्रयोग गरी देउवालाई असक्षम घोषणा गर्दै पदबाटै बर्खास्त गरी कार्यकारी अधिकार आफ्नो हातमा लिए र एक सातापछि राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा मन्त्रिपरिषद गठन गरे । ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गरी सत्ता हातमा लिएपछि माओवादी आन्दोलन झनै उत्कर्षतिर लाग्यो । सोही वर्ष माघ १२ गते माओवादीहरूले सशस्त्रका प्रहरीका महानिरीक्षक कृष्णमोहन श्रेष्ठकै हत्या गरिदिए । कृष्णमोहनसँगै उनकी पत्नी नुदुप र अंगरक्षकलाई मारिएको तीन दिनपछि सरकार र माओवादीबीच दोस्रो पटक युद्धविराम भएको थियो । राजाले सत्ता हातमा लिएपछि जनतामाझ लोकप्रिय हुन भन्दै भ्रष्टाचारी नेतालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सक्रिय बनाइयो । देउवाकै पालाका शक्तिशाली मन्त्री चरञ्जीवी वाग्ने, जयप्रकाश आनन्द खुमबहादुर खड्का भ्रष्टाचार काण्डमा मुछिए । त्यतिबेला गिरिजादेखि बलबहादुर केसीसम्म २३ जना नेतामाथि सम्पत्ति विवरण नबुझाएको आरोपमा कारबाही प्रक्रिया थालिएको थियो । देउवाकै पथमा अन्य नेताहरु पनि जान सक्ने आशंका बेलामौकामा उत्पन्न हुने गर्छन् । पछिल्लो समय निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार ढल्ने भएपछि उनले पनि संसद विघटन गरी निर्वाचनको मिति घोषणा गर्नसक्ने आशंका गरिएको थियो । तर ओलीले त्यसो चाँही गरेनन् । देउवाले संसद विघटन गरी प्रजातन्त्र नै धराप पार्ने काम गरेका कारण त्यो कुरा नेपाली राजनीतिमा बारम्बार झस्किने गर्छ । देउवाले गरेको लगत निर्णय विरुद्ध तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला सडक संघर्षमा उत्रिए । तर कोइरालाको नेतृत्वमा त्यतिबेला आन्दोलन उठ्न सकेन । संसद विघटन गरेपछि आन्दोलनकै बलमा संसद पुनस्र्थापना गराइछाड्ने अठोट गरेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले  निरन्तर संघर्षमा हाेमिए । कोइरालाको टाउकोमा समेत रत्नपार्कमा धेरै पटक पुलिसको लाठी बर्सिएको थियो । तर पनि उनी हरेस खाएनन्, बरु सशस्त्र संघर्षमा रहेको तत्कालिन नेकपा माओवादीसँग १२ बुँदे समझदारी गर्दै निरंकुशताकाविरुद्ध लड्ने अठोट गरे । फलस्वरुप २०६२/६३ को जनआन्दोलनको बलमा २०५९ जेठ ८ गते विघटन गरिएको संसद पुनस्र्थापना गर्न तत्कालिन राजा ज्ञानेन्द्र बाध्य भए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending