Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

दशैं नजिकिँदै गर्दा कस्तो छ बसपार्कमा टिकट लिन गएकाको अवस्था ?

\"dashain_buspark-3-750\"काठमाडौं, असोज १८ । नेपालीहरुको महान पर्व दशैं मुखैमा पुग्न लाग्दा विभिन्न कामले राजधानी तथा देशका मुख्य शहरमा बस्दै आएका मानिसहरुलाई समयमै घर पुगेर दशैं मान्न नपाइने पो हो कि भन्ने चिन्ता बढेको छ । उच्च शिक्षा र रोजगारीका अवसर लगाएत अन्य धेरै सपनाहरु बोकेर राजधानी एवं देशका मुख्य शहरहरुमा केन्द्रित भएका लाखौं मानिसहरु एकै पटक दशैं मनाउन घर जाने भएकाले यातायातमा समस्या आएको हो । आवश्यकता अनुसार यातायातका साधनहरु अपुग भएका कारण उनीहरु दशैंको लागि समयमै घर पुग्न नसकिने हो कि भन्ने चिन्ताले पिरोलिरहेको बताउँछन । यतिबेला राजधानी लगाएत मुख्य शहरहरु पोखरा,बुटवल,धरान,चितवन,सुर्खेत,भैरहवा,विरगंज आदी स्थानहरुबाट विद्यार्थि,व्यवसायी,सरकारी तथा गैरसरकारी निकायका कर्मचारी र सर्वसाधारण मानिसहरुले आ–आफ्नो घर परिवारसँग दशै मनाउन घरजाने तयारी गरिरहेका छन, तर भनेको बेला यातायातको साधन नपाउदा उनीहरु हैरानी बेहोनु बाध्य भएका देखिन्छन । धनगढिका भरत शाहीले आइतबार खबरडबलीसँगको भेटमा घरजानका लागि सहजै टिकन नपाएको पिडा सुनाए । बिहान मुखै नधोई गाडि पाउने आशमा झोला बोकेर नयाँ बसपार्क पुग्ने गरेको दुई दिन भयो, तर टिकट पाएको छैन भन्दै उनले दशैंकालागि समयमै घर पुग्न नसकिने हो कि भन्ने चिन्ता ब्यक्त गरें । बर्दिया भुरिगाउँका विजेश चौधरीले बसपार्कमा सजिलै टिकट नपाएको गुनासो गरें । उनका अनुसार नयाँ बसपार्कबाट लामो रुटमा बाहिर जाने केहि गाडि मालिकहरुले अलि मंहगो भाँडा लिएर आन्तरिकरुपमा टिकट मिलाउने समेत गरेका छन् । उनले सहजै टिकट नपाएपछि त्यही माध्यमबाट सोमबारकालागि १७ सय रुपैँयामा टिकट लिन बाध्य भएको बताए । \"dashain_buspark-1-750\"त्यसैगरि इलामकि शैलजा गुरुङको पनि त्यस्तै भनाइ रहेको छ । बर्षदिन नपुगेको सानो बच्चालाई काखमा च्याप्दै घरजान टिकट पाउने आशाले नयाँ बसपार्क पुगेकी उनले भनिन, टिकटका लागि धाउन थालेको तीन दिन भयो,पाएको छैन । आरक्षण सीटमा पहिलो प्राथमिकता अशक्त र सानो बच्चा बोकेका आइमाईलाई दिनुपर्ने भएपनि जो पहिला पुग्छ त्यसैलाई आरक्षण सीट दिने प्रकृया गलत भएको उनले बताइन । जो अशक्त छ,उ कसरी दौडेर टिकट काट्न चाडै पुग्न सक्छ ? उनले प्रश्न गर्दै दुखेसो पोखीन,सायद यसपाली दशैंका लागि समयमै घर पुग्न सकिन्न होला । पोखरामा वनविज्ञान अध्ययनरत सुर्खेतकी सुशिला ढकाल भन्छीन,विद्यार्थि कार्ड सहुलिएत दिन मानेन । मुस्कीलले १७ सय रुपैया तिरेर महंगोमा टिकट बनाएको पिडा सुनाउदै उनले नेपालगंजसम्मको भाडाँ १३ सय भन्दा बढि नभएको बताइन । बाराका प्रमोद शाहले सोमबार खबरडबलीसँग भने, चाडपर्व मुखैमा पुग्दा पनि सरकारले जनतालाई सहज यातायातको सुविधान दिन सकेन । विरगंजमा जागिरे शाहका सबै परीवार सिन्धुपाल्चोकमा व्यापार गरेर बसेका छन । दशैं बिदाको समयमा परीवारजनसँग भेटघाट गर्ने भन्दै विरगंजबाट सहज यात्रागरि काडमाडौं पुगेका उनले सीन्धुपाल्चोक जानका लागि भने गाडिनै नपाएको दुखेसो पोखें । उनले सीन्धुपाल्चोक जानकालागि पुरानो बसपार्कमा भएका सबै समितिले अग्रिम बुकिङ भएका मानिसलाई मात्र सीट पाइने भनेकाले एक दिन रोकिएपछि मात्र टिकट पाएको बताए । यसरी दिनहुँ घर जान टिकटकालागि बसपार्क धाउनेहरु धेरै भेटिन्छ, सबैको एउटै गुनासो छ, सरकारले यातायात व्यावस्थापन राम्ररी गर्न सकेन । यात्रुहरुका अनुसार आफै टिकट काट्न जादाँ छैन,सकियो,भोलि आउनुस भनेर यातायात समितिले फर्काएपनि बढि भाँडा लिएर बस मालिकले भने टिकट बेचिरहेका छन । सरकारले नागरिकमैत्री यातायात व्यवस्था लागु गर्न किन ध्यान दिदैन ? पुलिस त्यहि हुन्छ,अबैध टिकट बेचिन्छ,सर्वसाधारण नागरिक कठिन यात्रा गर्न बाध्य छन भन्दै यात्रुहरुले यतिबेला सरकारलाई आक्रामकरुपमा प्रश्न गरेका छन । त्यसो त प्रहरीले पनि शहरका मुख्य चोक र बसपार्क भित्रै नागरिक सहायता केन्द्रको बोर्ड राखेर अप्ठ्यारोमा परेका मानिसहरुलाई गन्तब्य यात्रामा सहयोग गर्न जुटीरहेको बताउँछ । प्रहरीको नागरिक सहायता केन्द्रले सहयोग गर्ने भएपनि अप्ठ्यारोमा परेका मानिसहरु खासै प्रहरीको सम्पर्कमा नआएको प्रहरीको भनाइ रहेको छ । महानगरीय टा«फिक प्रहरी महाशाखा दरबारमार्गका प्रहरी लेखबहादुर बटुवालले पुरानो बसपार्कको नागरिक सहायता कक्षमा दिनमा ५÷६ जना मानिसहरु मात्र समस्या लिएर आउने गरेको बताए । उनले चाडपर्व भएकाले धेरै मानिसहरु एकै पटक यात्रा गर्छन, सीमित यातायातका साधनले धान्न नसकेपछि टिकट र सीट नपाएको गुनासाहरु आउने गरेको बताए । यातायात समितिहरुले जेष्ठ नागरिक,अपाङ्ग,विद्यार्थिहरुलाई दशैं भन्दै सजिलै छुट नदिएको अवस्थामा प्रहरीले त्यसलाई लागु गराउन कोसीस गरिरहेको उनले बताए । \"dashain_buspark-750\"अरनिको यातायात सेवा समिति पुरानो बसपार्क टिकट बुकिङ् काउन्टरका इन्चार्ज राजकुमार लामा यातायात साधनको सीमितताले सबैलाई सहज यात्रा गराउन नसकेको स्वीकार गर्छन । उनले छोटो रुट भएपनि पहाडि क्षेत्रमा जाने गाडिहरु थोरै र यात्रु धेरै भएकाले सबैलाई समयमै यात्रा गराउन नसकेको बताए । उनले काठमाडौंबाट कोशिपारीका सलम्बु,काफ्ले,सैलुङ्ग,डोरखानी,मादनकुडारी,गुरासे,गुन्साल क्षेत्रको लागि सीमीत बस भएकाले एक दिन पहिले टिकट काट्नु पर्ने नियम लगाएको र लाइनमा आउने एक जनालाई बढिमा दुईवटा मात्र टिकट दिने गरेको बताए । बसपार्कमा पार्किङको पनि समस्या भएकाले गाडि थपेमा थप समस्या आउने समेत उनको भनाइ थियो । नयाँ बसपार्कमा रहेको सेति माहाकाली यातायात व्यवसायी समितिका कर्मचारीले लामो दुरीको यात्राबारे गत बर्षको तथ्याङ्कक लाई हेर्ने हो भने,दशैंमा २० लाख मानिसहरुले काठमाडौं छाड्ने गरेको देखिने बताए । उनले भने,त्यसलाई आधार मान्दा अहिले परिचालन भएका लामो दुरीका यातायात साधनको संख्या र क्षमताका हिसाबले बढिमा ११ लाख यात्रुलाई मात्र सीट सहित टिकट मिल्ने देखिन्छ । त्यसमध्ये तीन लाख जतिले निजि सवारी साधनको प्रयोग गर्दछन, भने करिब सात लाख यात्रुहरुलाई घरजानका लागि सीट सहित टिकट पाउन अहिले समस्या आएको देखिन्छ । यातायात समितिहरुले सरकारले व्यावसायीहरुलाई दशै तिहार जस्तो पर्वमा बढेको जनचापलाई मध्यनजर गर्दै सीटबाहेक,मुडा,क्याबिन लगाएत वान थर्ड प्लेसमा राखेर भएपनि यात्रुहरु बोक्न झुट दिनुपर्ने बताएका छन । तर सरकारले सीट क्षमता भन्दा बढी यात्रु बोक्न अनुमति दिएको छैन, बरु उपत्यकका भित्रको साझाँ यातायतात,प्याब्सन,एनप्याब्सनका स्कुल बस र अरु गाडिहरुलाई पनि देशका सबै रुटमा चल्न पाउने गरि अस्थाइ परमिट दिएर यात्रुहरुलाई सहज बनाउन कोसिश गरेको बताउँछ । आइतबार प्रधानमन्त्रीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई दशैमा घरजाने यात्रुहरुलाई पुग्ने गरि यातायात साधनको व्यवस्था मिलाउन निर्देशन दिए । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनले मात्र सबै यात्रुहरुलाई बोक्न सक्ने सम्भावना नभएपछि सरकारले निजी विद्यायालय र सरकारी साझा यातायातलाई राजधानी एवं अन्य मुख्य शहरबाट घरसम्म लैजान अस्थायी रुटपरमिट दिएको बताए । विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले खबरडबलीसँग भनें, निजी विद्यालयका सात सय जति बसहरु थपेर दशैंका लागि राजधानी बाट घर जान नपाएकाहरुलाई सजिलै पठाउन हामीले व्यावस्थापन गरेको छौ । अब कसैले घर जान गाडि पाएन भन्ने हुदैन । उनले ६/७ लाख यात्रुले दशैंको लागि घरजाने टिकट नपाएको भन्दै सरकारले त्यसको समाधान खोजिसकेको जानकारी दिए । तर सरकारले जे जति सुकै व्यवस्था गरेको भनेता पनि यात्रुहरु भने सहज यात्रा गर्न नपाएको गुनासो गर्छन । यात्रुहरुले बसपार्क धाउदा धाउदा टिकट नपाएपछि यस पटकको दशैंमा घर जान पाउने आशै मारेको भन्ने सम्मका दुखत प्रतिकृया दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending