Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

पुरानै इलाकाको आधारमा पुनर्संरचना गर्न आयोगलाई प्रमुख तीन दलको आग्रह

\"3-dal-aayog\" काठमाडौँ, १७ असोज । प्रमुख तीन दलले पुरानै इलाकालाई आधार बनाएर स्थानीय निकायको पुर्नसंरचना गर्न स्थानीय निकाय पुर्नसंरचना आयोगलाई आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा भएको प्रमुख तीन दलको बैठकमा पुरानै इलाकाको आधारमा पुनर्संरचना गर्न आयोग पदाधिकारीहरुलाई गरिएको हो । प्रमुख तीन दलको आग्रहपछि आयोग पदाधिकारीहरु पुरानै इलाकाको संरचनाको आधारमा स्थानीय निकायको पुनर्संरचनाको आधारमा सहमत भएका छन् । छिटो काम गर्न पुरानै इलाकालाई आधार मान्न दलहरुले सुझाए पनि आयोगले भने इलाकालाई पनि आधार मानेर समायोजन गर्दा धेरै समय लाग्ने जनाएको छ । बैठकमा सहभागी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको पुनःसंरचना गर्दा इलाकालाई आधार मानेर जाने तीन पार्टीको सहमतिबारे आयोगका अध्यक्षलाई बोलाएर स्पष्ट पार्ने काम भएको बताए । नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले स्थानीय तहको पुनःसंरचनाका सम्बन्धमा यसअघि प्रमुख तीन दलबीच भएको सहमति र सरकारले गरेको निर्णयका सम्बन्धमा गहन छलफल भएको जानकारी दिए । पुनःसंरचना गर्दा संविधान र कानुनले दिएको दायरा र इलाकालाई आधार मानेर संख्या निर्धारण गर्ने र आगामी कात्तिकभित्र प्रतिवेदन बुझाउने गरी काम अघि बढाउने विषयमा सहमति भएको उनले बताए । आयोगले पनि लचिलो भएर काम गर्ने र त्यसमा परेको समस्या समाधानका लागि सरकारले पनि आवश्यक सहयोग गर्ने सहमति भएको रावलले बताए । बैठकमा पुनःसंरचनाको काममा बाधा हुने भएकाले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कर्मचारीलाई तत्काल सरुवा नगर्ने सहमति भएको छ । आयोगका अध्यक्ष बालानन्द पौडेलले बैठकमा आयोगलाई प्राप्त भएको नयाँ मापदण्डका बारेमा छलफल भएको र इलाकालाई पनि एक आधार मान्ने बारेमा स्पष्टता भएको बताए । बैठकमा दलका शीर्षनेताले पुनःसंरचनाको काम शीघ्र सम्पन्न गरी निर्वाचनमा जानुपर्ने सुझाव दिनुभएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending