Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

दसैँमा खानपान कसरी गर्ने ?

\"motton-kasha-recipestar99-blogspot-in\"काठमाडौं । नेपाली समुदायको सबैभन्दा ठूलो चाड दसैँ सुरु भइसकेको छ । यो समयमा हरेकका घरमा मासुका विभिन्न परिकारका साथै अन्य मिष्ठान्न भोजन तयार हुन्छन् । दसैँमा प्रोटिनयुक्त खानेकुरा बढी खाने, फुर्सदको समय बढी हुँदा आराम गरिने हुन्छ । यही कारणले खानेकुरा अपच भएर बिरामी पनि हुने गरेको पाइने गरेको छ । खानपिनकै कारण दसैं दशा बनेका कतिपय उदाहरणहरू पनि छन् । चाडबाडलाई नेपालीहरू चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउँछन् । तर, यस्ता परिकार मात्रा नमिलाई खाँदा शरीरलाई हानि गर्ने गर्दछ । यस्ता खानेकुरा सँगै हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रूपमा खानुपर्छ । बढी चिल्लो, अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ, आफूले पचाउन सक्ने अवस्था हेरेर मात्र खानेकुरा खानुपर्छ । प्रा.डा. उमा कोइराला वरिष्ठ पोषणविद् प्रा.डा. उमा कोइराला वरिष्ठ पोषणविद् चिल्लो, अमिलो, पिरो खानेकुराले ग्यास्ट्रिक बढाउने, टन्सिल हुनेलगायतका समस्या हुन्छ । त्यसका साथै कोलेस्ट्रोल बढाउने बोसोको मात्रा बढी हुन्छ जसका कारण अपच हुने, कब्जियत, फुड पोइजनजस्ता समस्या देखा पर्छन् । चाडबाडमा मसलेदार परिकारलाई पनि प्राथमिकता दिइन्छ । त्यस्ता परिकार घरमै तयार गरिएको ताजा जिरा, धनियाँ, लसुन, प्याजलगायतका मसला बनाइएको छ भने त्यसले त्यति असर गर्दैन । बजारमा पाइने रेडिमेट मसलाहरूको शुद्धतामा ग्यारेन्टी गर्न सकिँदैन । त्यसैले त्यस्ता मसलाले शरीरमा मन्द विषको काम गर्न सक्छन् । घरमै तयार गरेको मसला खानु राम्रो मानिन्छ । कति मासु खाने एउटा जवान मान्छेले एक दिनमा २ सय ५० ग्रामसम्म मासु खानु राम्रो हुन्छ । विश्व स्वास्थ्य संगठनले १ केजी तौल भएको मानिसलाई १ ग्राम प्रोटिन आवश्यक हुन्छ भनेको छ । २ सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखि ५५ ग्रामसम्म प्रोटिन हुन्छ । दैनिक त्यति मासु खाँदा फाइदाजनक नै हुन्छ । मधुमेह, उच्च रक्तचाप, किड्नीमा समस्या भएका र कोलेस्ट्रोल बढी भएका बिरामीले बोसो नभएको मासुलाई उसिनेर मात्र खानुपर्छ । उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खाँदा राम्रो र स्वादिष्ट हुन्छ । स्वस्थ मानिसले पचाउन सक्ने कवाफ बनाएर खाँदा रामै्र हुन्छ । तर, उच्च रक्तचापका बिरामी, किड्नीमा समस्या भएका र मधुमेहका रोगीहरूलाई भने त्यसले असर गर्छ । मासुमा धेरै बोसो हुने हुँदा त्यसले कोलेस्ट्रोल बढाएर अपच हुने तथा फुड पोइजन पनि हुन सक्छ । मासुलगायत दसैँमा प्रोटिनयुक्त खानेकुरा धेरै खाइने हुँदा मोटोपन बढ्ने, ग्यास्ट्रिक बढ्ने समस्या हुनु सामान्य हो । त्यसका लागि दैनिक व्यायाम गर्ने, नियमित रूपमा कम्तीमा ४५ मिनेटदेखि एक घन्टासम्म हिँड्ने गरेमा खाना पचाउन सहयोग पुग्छ । ग्यास्ट्रिक कम गर्नका लागि उसिनेको र रसयुक्त मासु खानु राम्रो हुन्छ । त्यसका साथै बढी खानाले असहज महसुस भए कागती पानी खाने, ज्वानोको झोल बनाएर खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ । फुड पोइजनको सम्भावना फुड पोइजनको मुख्य कारण दूषित पानी हो । त्यसैले पानी उमालेर मात्र पिउनुपर्छ । त्यसका साथै चाडबाड भनेर जे पायो त्यही खाने प्रचलन पनि हटाउनुपर्छ । त्यस्ता परिकारले शरीरलाई राम्रो गर्दैन । कतिपयमा काँचो मासु नै खाने बानी हुन्छ । त्यस्तो मासु सेवनले फुड पोइजनको सम्भावना बढी हुन्छ । त्यस्तो मासु खान मन परे उसिनेर खाँदा राम्रो मानिन्छ । त्यसका साथै बासी मासु खायो तथा अन्य परिकारले पनि फुड पोइजनको सम्भावना बढी हुन्छ । ताजा मासु खानु सबैभन्दा उपयुक्त हुन्छ । बासी मासु खाइन्छ भने अलिकति बढी तेल र मसलामा मासु राखेर मासुमा भएको पानी सुकाउने गर्नुपर्छ । त्यसलाई पातलो कपडाले छोपेर नगुम्सिने गरी सुरक्षित साथ राखेर खानुपर्छ । – नयाँ पत्रिका
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending