Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

बुद्ध र गान्धीको अुनसरणले मात्र देश विकास हुन्छः देउवा

\"Sheer-Bahadur-Deuwa-750\"काठमाडौँ, १६ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध र महात्मा गान्धीले देखाएको बाटोमा अगाडि बढेमा मात्र देश विकास हुने बताएका छन् । तक्षशीला एकेडेमीले अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा सभापति देउवाले महात्मा गान्धीले अहिंसात्मक आन्दोलनबाट अङ्ग्रेजको प्रभावलाई रोक्न सकेको बताए । उनले भने, “अझैपनि विश्वका कतिपय मुलुकमा हिंसात्मक आन्दोलन चलिरहेको छ । त्यसलाई रोक्नु जरुरी छ ।” पूर्व प्रधानमन्त्री देउवाले विश्वलाई शान्तिको सन्देश दिन सकेका कारण गान्धी अन्तर्राष्ट्रिय व्यक्ति बनेको बताए । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सुखी समाज निर्माणका लागि अहिंसालाई अङ्गिकार गर्न जरुरी रहेको बताए । उनले भने – स्वतन्त्रता, समानता र बान्धुत्व लोकतन्त्रको आधार हुन् । तीनै कुरालाई आत्मसात् गर्न सकिए मात्र मुलुकमा स्थायी शान्ति कायम हुन्छ । नेकपा ९माओवादी केन्द्र०का नेता एवम् पूर्वमन्त्री दिनानाथ शर्माले मानव–मानवबीच रहेको भेदभाव नै हिंसा भएको बताए । भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन विनयकुमारले अहिंसात्मक आन्दोलनलाई अगाडि बढाएका कारण गान्धी भारतको मात्र नेता नभई विश्वकै नेता बन्नसकेको बताए । एकेडेमीका प्राचार्य एवम् पूर्वराजदूत प्रा डा जयराज आचार्यले सन् १९०७ मा भएको राष्ट्रसङ्घ महासभाले सर्वसम्मत रुपमा अक्टोबर २ लाई विश्व अहिंसा दिवस मनाउने निर्णयअनुसार अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाउन थालिएको बताए । एकेडेमीले सन् २००८ देखि नेपालमा अहिंसा दिवस मनाउँदै छ । ‘गान्धीको असाधारण नेतृत्व’ सार्वजनिक ‘गान्धीको असाधारण नेतृत्व’ नामक पुस्तकको नेपाली संस्करणको आज सार्वजनिक गरिएको छ । भारतीय कुटनीतिज्ञ पास्कल एलेन नजारथले लेखेको उक्त पुस्तकमा सत्य र अहिंसावादी भारतीय नेता महात्मा गान्धीको असाधारण नेतृत्व, उहाँको सङ्घर्षशील जीवन र भोगाइलाई समेटिएको छ । भारतको सर्वोदय इन्टरनेसनल ट्रस्टले प्रकाशनमा ल्याएको उक्त पुस्तकको नेपाली अनुवाद कर्णप्रखर धितालले र सम्पादन किशोर नेपालले गरेका थिए । पुस्तकको मूल्य रु ४०० रहेको छ । गान्धी जयन्तीका अवसरमा आइतबार आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पुस्तकको लोकार्पण गर्दै परिवर्तनका लागि हिंसा र हतियार हैन सत्य र शान्तिपूर्ण बाटो नै उपयुक्त हुने गान्धीले दिनुभएको स्मरण गरे । नेपालका लागि भारतका राजदूत रणजित रायले सत्य र अहिंसावादी आन्दोलनका प्रतिमूर्ति गान्धी भारतका लागि मात्र नभई विश्वकै उदाहरणीय व्यक्तित्व भएको बताए । पुस्तकका लेखक नजारथले गान्धी अहिंसा मात्र हैन सत्यका पनि पुजारी थिए भन्ने पक्षलाई पुस्तकले उजागर गर्न खोजेको बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending