Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

द्वन्दकालिन मुद्दामा नेपाली सेनालाई तानिन्न–प्रचण्ड

\"prachanda_senapati-500\"काठमाडौं, १६ असोज ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका द्धन्द्धसँग सम्बन्धित मुद्धामा सेना तानिनु हुँदैन भन्नेका छन् । आइतबार नेपाली सेनाको मूख्यालय जङ्गी अड्डाको निरीक्षणपछि बोल्दै प्रचण्डले भने,– ‘नेपाली सेनाको मनोबल उच्च राख्न सरकार सचेत छ । विगतका द्धन्द्धसँग सम्बन्धित मुद्धामा सेना तानिनु हुँदैन भन्नेमा सरकार सचेत र दृढ छ । शान्ति प्रक्रियाका बारेमा सेना र सरकारको समान सोंच महत्वपूर्ण छ ।’ विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको उच्च योगदान रहेको भन्दै प्रचण्डले थपे, – ‘विश्व शान्तिका लागि नेपाली सेनाले खेलेको भूमिका निकै उच्च छ । नेपाली सेनाको इमान्दारिता, कर्तव्यनिष्ठता, साहस र बीरताका कारण आज पनि नेपाल विश्वमा उत्तिकै परिचित छ । यसका लागि म तपाईहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’ युद्ध र शान्तिको अन्तरसम्बन्धबारे प्रचण्डले भने,–‘शान्तिको महत्व युद्धमा प्रत्यक्ष सहभागी भएर लडेकोले नै बढी बुझेको हुन्छ । बाहिरबाट हेर्नेले युद्ध र शान्तिको अनुभूति गर्न सक्छन् । तर, आफै युद्धमा सहभागी भएको व्यक्तिले शान्तिको महत्व अरुको भन्दा बढी बुझेको हुन्छ । यस सन्दर्भमा नेपाली सेनाले नेपालको शान्ति प्रक्रियाका निम्ति देखाएको सकारात्मक भूमिकाको म उच्च सम्मान गर्दछु ।’ प्रधानमन्त्रीले भूकम्पको उद्धार, राहत र पूनर्निर्माण र राष्ट्रिय गौरवका आयोजनामा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरे । कार्यक्रममा प्रधानसेनापति रबिन्द्र क्षेत्रीले नेपाली सेनाले राष्ट्रिय सुरक्षा, राष्ट्रिय गौरवका आयोजना, विश्व शान्तिका लागि खेलेको भूमिका र आगामी रणनीतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending