Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

सिक्किमलाई हराउँदै थ्रीस्टार फाइनलमा

\"three-star\"काठमाडौँ, १३ असोज । नेपालको थ्रीस्टार क्लब भारतको गुवाहाटीमा जारी ६४आँै संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गुवाहाटीस्थित नेहरु स्टेडियममा बुधबार अबेर राति भएको सेमिफाइनलमा नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले घरेलु टोली युनाइटेड सिक्किमलाई ४–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर अतिरिक्त समयमा थ्री स्टारले थप तीन गोल ग¥यो र फराकिलो जित निकाल्यो । थ्री स्टारका लागि अफ्रिकी खेलाडी मार्टिनले दुई तथा विजय गुरुङ र विजय धिमालले समान एक गोल गरे । खेलको मध्यान्तरअघि दुवै टोलीले गतिलो आक्रमण बुन्न सकेनन् । मध्यान्तरपछि भने थ्री स्टारले खेलमा उत्कृष्ट पुनरागमन ग¥यो । असिमजङ्ग कार्कीको स्थानमा विजय गुरुङलाई मैदान छिराउने प्रशिक्षक मेघराज केसीको रणनीति सफल देखियो । खेलको ६८औँ मिनेटमा मार्टिनले एक्लो प्रयासमा गोलकिपरलाई बिट गर्दै थ्री स्टारको खाता खोले । जित नजिक पुगेको थ्री स्टारको रक्षापङ्क्तिको फाइदा उठाउँदै खेल सकिन २ मिनेटअघि सिक्किमका सोनाम छिरिङले बराबरी गोल फर्काए । त्यसपछि पनि धेरै अवसर सिर्जना गरेपनि थ्री स्टारले थप गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलियो । तीस मिनेट थपिएको अतिरिक्त समयको खेल थ्री स्टारले पूर्ण रुपमा आफ्नो पक्षमा राख्यो । खेल सुरु भएको पाचाँै मिनेटमा नै मार्टिनले पुनः थ्री स्टारलाई अग्रता दिलाए । त्यसको छ मिनेटपछि सिक्किमका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा विजय धिमालले गोल गरे । अतिरिक्त समयको अन्तिम मिनेटमा सुनिल बलको क्रसलाई उपयोग गर्दै विजय गुरुङले थ्री स्टारका लागि चौथो गोल थपे र जित थप मजबुत बनाए । उपाधि भिडन्तका लागि फाइनलमा अब थ्री स्टारले भारतको इस्ट बङ्गालसँग प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार नै भएको खेलमा इस्ट बङ्गालले सिलोङ लाजोङ फुटबल क्लबलाई पराजित गर्दै थ्री स्टारसँग उपाधि भिडन्त पक्का गरेको हो । फाइनल शुक्रबार हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending