Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

भक्तपुर नेपालकै पहिलो योग जिल्ला घोषणा

\"free-yoga\"भक्तपुर, १० असोज । भक्तपुर जिल्लालाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ । योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना जागृत गर्ने उद्देश्यले सोमबार वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरेका हुन । योग जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणासभामा मन्त्री भण्डारीले मानव जीवन र स्वास्थ्यसँग जोडिएको योगलाई मानवका दैनिक गतिविधिसँग जोड्नुपर्ने बताए । योगको क्षेत्रमा कार्यरत पतञ्जली योग समिति भक्तपुर, मनोक्रान्ति योग साधना केन्द्र, ब्रह्मकुमारी राजयोग केन्द्र, ओशो ध्यान केन्द्र भक्तपुर, चरित्र निर्माण सङ्घ, शिवयोग साधना केन्द्र, मङ्गल योग तथा प्राकृतिक चिकित्सा उपचार केन्द्र, बाराही योग तथा प्राकृतिक चिकित्सालय, यशोधरा योग साधना केन्द्रको समन्वयमा योग जिल्ला घोषणा गरिएको हो । घोषणासभामा पूर्वमन्त्री महेश बस्नेत, देवीप्रसाद ओझा, पूर्वसहायकमन्त्री हरिशङ्कर परियार, सांसद केदार सञ्जेल, प्रजिअ तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला, प्रहरी प्रमुख किरण बज्राचार्य र नेपाली काँग्रेसका जिल्ला प्रतिनिधिको सहभागिता थियो । भक्तपुरको कुल जनसङ्ख्यामध्ये १० देखि ७० वर्ष उमेर समूहको ५१ प्रतिशतभन्दा बढी जनसङ्ख्या योगसँग प्रचलित योगमध्ये कुनै न कुनै प्रकारको योगका बारेमा जानकारी भएको, योगाभ्यास एवम् ध्यान साधना गर्ने, नगरपालिकाको प्रत्येक वडामा एक केन्द्र विस्तारलगायतका मापदण्ड पूरा गरी जिल्लालाई योग जिल्ला घोषणा गरिएको समन्वय समितिका अध्यक्ष बालमुकुन्द सुवालले बताउनुभयो । हाल भक्तपुरमा १५७ योग तथा साधना केन्द्र भएको जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: