Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

संविधान कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण–सञ्चारमन्त्री कार्की

\"ram_karki\"जाजरकोट, १० असोज । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधान कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ६ को प्रथम अधिवेशनमा संबोधन गर्दै उनले संविधान संशोधन र देश निर्माणको भूमिकामा पत्रकारको दायित्व कहिल्यै पनि नसकिने चर्चा गरे । सञ्चारमन्त्री कार्कीले संविधान संशोधनको पाटोमा सबैले सघाउनु पर्ने आवश्यकता औंल्याए । उनले एउटा पार्टीले गरेका क्रियाकलापको अर्को पार्टीले आलोचना र खण्डन गरेर उपलब्धि नहुने भन्दै संविधान संशोधनका लागि प्रतिपक्षसँग सरकारलाई सघाउन आग्रह गरे । उनले पत्रकारले आफ्नो पार्टी निकट रहेर नभई सत्यतथ्य कुरालाई लेख्नुपर्ने भन्दै कुनै पनि सङ्गठनमा गैरपत्रकारलाई सदस्यता दिनु नहुने धारणा राखे । उनले श्रमजीवि ऐन सरकारी मिडियामा लागू भइसकेको र अब अन्य मिडियामा तत्काल लागू हुने बताए । कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्की, प्रेस चौतारी सुर्खेतका अध्यक्ष सूर्यप्रकाश कँडेलले शुभकामाना मन्तव्य राखेका थिए । प्रेस सेन्टर नेपाल ६ नम्बर प्रदेशको अधिवेशनले २७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्नेछ । अधिवेशनका लागि प्रदेश नं ६ का १० जिल्लाका जिल्ला प्रतिनिधि, केन्द्रीय सदस्य सुर्खेतमा भेला भएका छन् । अधिवेशनले केन्द्रीय अधिवेशनमा जाने प्रतिनिधिको समेत टुङ्गो लगाउने भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: