Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

विश्वकप क्रिकेट : कसले पहिर्‍याउला विजयको माला ?

अस्ट्रेलिया र न्युजिल्यान्डको संयुक्त आयोजनामा जारी बिश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम नतिजा आउने दिन नजिकिंदै जाँदा बिश्वकप कसले जित्छ भन्ने कौतुहलता सबैमा छ । क्रिकेट इतिहासमै पहिलो पटक आयोजक राष्ट्र न्युजिल्यान्डले बिश्वकपको फाइनलमा स्थान बनाउन सफल भएको छ । न्युजिल्यान्डसँग फाइनलमा बिश्वकप उपाधिको लागि कसले प्रतिस्पर्धा गर्ने निर्णय हुन भारत र अस्ट्रेलियाबीचको भोलि बिहिबार आमनेको खेल पर्खनुपर्ने हुन्छ । बिश्वकप उपाधिको लागि दाबेदारी ३ राष्ट्रमा सीमित  रहँदा आयोजक राष्ट्र न्युजिल्यान्ड र अस्ट्रेलियालाई माथ दिंदै विपरीत परिस्थितिमा भारतले २०११ पछि पुनः बिश्वकप उपाधि जित्दै उत्कृसष्ट साबित गर्न सक्ला ? सन् १९९९ देखि २००७ सम्म लगातार ३ पटक तथा हालसम्म ४ पटक बिश्वबिजेता अस्ट्रेलियाले पुनः क्रिकेटमा आफ्नो बादशाह छवि कायम गर्न सक्ला ? या केही अघिसम्म आफ्नो खस्कँदो स्तरले आलोचित न्युजिल्यान्डले सबैलाई आश्चर्यचकित पार्दै पहिलो पटक बिश्वबिजेता ताज पहिरेला ? यो सबै प्रश्नको उत्तर थाहा पाउन बिश्वकप क्रिकेट २०१५ को बाँकी २ खेल कुर्ने पर्नेछ रोकिएन न्युजिल्यान्ड सेमिफाईनलमा दक्षिण अफ्रिका ४ विकेटले पराजित भयो ।   यो सँगै ७ वटा बिश्वकप क्रिकेटमा प्रतिस्पर्धा गरेको दक्षिण अफ्रिकाले कुल ४ पटक सेमीफाईनल यात्रा गरेपनि पुनः मुखमा पुगेर पनि फाईनल यात्रा तय नगरी बिश्वकपबाट  घर फर्कन बाध्य भयो । रोमान्चक खेलमा ४ विकेटले पराजित हुँदा यसपटक न्युजिल्यान्ड दक्षिण अफ्रिकाको तगारो मात्रै बनेन, सधैं अभागी सावित अफ्रिकी टोली पुनः स्तब्ध हुन पुग्यो ।  पहिलो इनिंगमा वर्षा बाधक बनेपछि डीएल मेथडको आधारमा ४३ ओभरमा दक्षिण अफ्रीकाले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याउन न्युजिल्यान्डले अन्तिम ओभरको पाचौ बलसम्म कुर्नु पर्यो ।\"Team जितको लागि अन्तिम २ बलमा ५ रन आवश्यक रहेको अवस्थामा ग्रान्ट इलिएटले लङअनमा छक्का प्रहार गर्दै न्युजिल्यान्डलाई ऐतिहासिक जित दिलाएका थिए । इलिएटले अविजित इनिंग खेल्ने क्रममा ७३ बलमा ८४ रन बनाए । जसमा ७ चौका र ३ छक्का सामेल थियो । बिश्वकपमा सेमिफाईनलसहित कुल ८ खेलमा विजय हात पारेको न्युजिल्यान्डले बिश्वकप फाईनल यात्रामा क्वाटरफाइनलमा वेस्ट इन्डिजलाई पराजित गरेको थियो । समूह चरणमा अस्ट्रेलिया, श्रीलंका, इंगल्यान्ड, बंगलादेश लगायतलाई पराजित गरेको थियो । न्युजिल्यान्डको लागि क्वाटरफाइनलमा वेस्ट इन्डिजसँग दोहोरो सतक प्रहार गरेका मार्टिन गुप्टिल प्रतियोगितामा कुल ८ खेलमा २ शतक र १ अर्धसतक सहित ५३२ रन बनाएर प्रतियोगितामा सर्बाधिक रन प्रहार गर्ने दोश्रो खेलाडी  बनेका छन् ।  कुमार संगकारा ५४१ ( पहिलो ) हुन् भने कप्तान म्याकुलम ( ३२८ रन ) , एन्डरसन ( २३१ रन ), इलिएट ( २२७ रन ) जस्ता ब्याट्सम्यानले पनि राम्रो प्रदर्शन गरेका छन् । यस्तै बलिंग तर्फ प्रतियोगितामा न्युजिल्यान्ड बलर ट्रेन्ट बोल्ट ८ खेलमा २१ विकेट लिंदै प्रतियोगिताकै सर्बाधिक विकेट लिने खेलाडी हुन् । न्युजिल्याण्डका ड्यानियल भिटोरीले  १५ विकेट, साउथीले १५ विकेट, एण्डरसन १४ विकेट लिंदै गतिलो बलिंग प्रदर्शन गर्दै आफ्नो टोलीलाई माथिल्लो क्रममा राखेका छन् ।  ब्रान्डन म्याकुलमले कप्तानी सम्हालेपछि निकै सुधारिएको न्युजिल्यान्डले फाइनल अगाडि एउटा टिमको रुपमा उत्कृष्ट प्रदर्शन गरेको छ जसकारणले यसपालि बिश्वकप जित्ने दाबेदारको रुपमा आयोजक राष्ट्र आत्मविश्वासी देखिएको छ । भारतलाई रोक्न सक्ला अस्ट्रेलियाले ? \"Australia-matches-schedule-for-icc-world-cup-2015\"सन् २०११ बिश्वकपको उपाधि जितेको भारत ४ बर्षपछि फेरि बिश्वकप जित्ने प्रबल दाबेदारको रुपमा अघि बढेको छ । टि(२० बिश्वकप, एकदिवसीय बिश्वकप , च्याम्पियन्स ट्रफी तथा टेस्टमा भारतलाई नम्बर १ को ताज दिलाएका कप्तान महेन्द्र सिंह धोनीले पुनः आफ्नो टिमको सक्षम नेतृत्व गर्दै बिश्वकप अघि आफ्नो टिमलाई कमजोर आँक्ने सबैको मुखमा बुझो लगाईदिएका छन् । भारतले क्वाटरफाइनलमा बंगलादेशलाई सहित कुल ७ खेलमा लगातार विजय हात पारेको छ भने जितको लागि ठूलो संघर्ष गर्नु परेको छैन । उता ४ पटकको बिश्वबिजेता अस्ट्रेलिया तथा केही अघिसम्म क्रिकेट बादशाह आफ्नै धर्तिमा आयोजित बिश्वकप उपाधि जित्दै आफ्नो पुरानो छवि दोहोर्याउने अभियानमा केन्द्रित छ । समूह चरणमा न्युजिल्यान्ड सँग १ विकेटको पराजय बेहोरेको अस्ट्रेलियाले त्यो बाहेक खेल हारेको छैन । जसले क्वाटरफाइनलमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै आफ्नो उद्देश्य प्रष्ट पारिसकेको छ । के छ अघिल्लो रेकर्ड ? बिश्वकपमा यस अघि अस्ट्रेलिया र भारत १० पटक आमनेसामने भइसकेका छन् जसमा अस्ट्रेलिया ७ खेलमा र भारत मात्र ३ खेलमा बिजयी भएको छ । अन्तिम पटक सन् २०११ बिश्वकपको क्वाटरफाइनलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको थियो भने त्यसभन्दा अघि सन् २००३ बिश्वकपको फाईनलमा अस्ट्रेलियाले भारतलाई १२५ रनले पराजित गरेको थियो । एकदिवसीय क्रिकेटको इतिहास हेर्ने हो भने भारत र अस्ट्रेलियाले हालसम्म ११७ वटा खेल खेलेका छन् जसमा अस्ट्रेलियाले ६७ र भारतले ४० खेलमा विजय हात पारेको छ । सजिलो छैन भारतलाई रोक्न बिश्वकप अघिसम्म जित्ने दाबेदारको रुपमा भारतलाई नहेरिए पनि बिश्वकपमा भारतीय टिमले उत्कृस्ट प्रदर्शन गरेको छ । कम्जोर आंकिएका  भारतीय बलरहरुले सबैलाई गलत सावित गर्दै उत्कृष्ट बलिंग गरिरहेका छन् भने एकपछि अर्को ब्याट्सम्यानहरुले खेल जिताउने पारी खेल्दै बिश्वकप जित्न कुनै क्षेत्रमा पनि आफूलाई कम नभएको प्रमाणित गरेको छ ।\"India भारतको लागि तिब्रगतिका बलर मोहम्मद सामीले ७ खेलमा कुल १७ विकेट आफ्नो नाममा पार्दै आफूलाई अब्बलसावित बनाएका छन् । उमेश यादब ९ १४ विकेट,आश्विन १२ विकेट, मोहित शर्माले ११ विकेट लिंदै विजेता बन्ने सम्भावनाको छनक दिएका छन् ।  यस्तै ब्याटिंग तर्फ शिखर धवनले २ शतक र १ अर्धसतक मदतले कुल ३६७ रन बनाउदै प्रतियोगिताको सर्बाधिक रन बनाउने सूचीमा सातौ र भारतको लागि पहिलो स्थानमा रहेका छन् । यस्तै बिराट कोहली ३०४ रन , रोहित शर्मा २९६ रन , सुरेश रैना २७७ रन, धोनीले १७२ रन बनाएर आवस्यक परेको बेला विजय दिलाउने इनिंग खेलेका छन् । एउटा टिमको रुपमा एकजुट देखिएको भारतले खेलको बलिंग , ब्याटिंग र फिल्डिंग सबै क्षेत्रमा अब्बल प्रदर्शन गरेको छ त्यसैले भारतलाई यो अवस्थामा हराउन अस्ट्रेलियाले निकै उत्कृष्ट क्रिकेट खेल्नु पर्नेछ । अस्ट्रेलिया बदला लिने सुरमा २०११ बिश्वकपमा भारतले आफ्नो घरमा अस्ट्रेलियाको यात्रा क्वाटरफाइनलमानै टुंग्याएको थियो त्यसको ४ बर्ष पछि सेमिफाइनलमै यी दुई टोली आमने सामने हुँदा अस्ट्रेलिया सामु त्यस हारको बदला आफ्नै घरमा लिने सुनौलो मौका रहेको छ । माइकल क्लार्कको कप्तानीमा रहेको अस्ट्रेलियाले उनको कप्तानीमा कुनै पनि बिश्वकप हात पार्न सकेको छैन । पछिल्लो समय खराब फिटनेस संग जुझ्दै आएका ३४ बर्षिय क्लार्कको यो अन्तिम बिश्वकप हुन सक्ने सम्भावना रहेको छ । जसलाई उनले याददार बनाउने अस्ट्रेलियन फ्यानहरुको आशालाई साबित गर्न चुनौतीलाई अस्ट्रेलियाले पछ्याउने छ । अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेलले प्रतियोगिताको ५ इनिंगमा १ शतक र २ अर्धसतक प्रहार गर्दै प्रतियोगितामा धेरै रन प्रहार गर्ने खेलाडी बनेका छन् भने डेबिड वार्नर ९ २८८ रन, स्टेभेन स्मिथ २४१ रन , आरोन फिंच १९९ रन बनाउँदै महत्वपूर्ण पारी खेल्दै अस्ट्रेलियालाई सेमिफाईनल सम्म ल्याई पुर्याएका छन् । अस्ट्रेलियाको लागि यस बिश्वकपमा मिचेल स्टार्कले उत्कृस्ट बलिंग गर्दै ६ खेलमा १८ विकेटको प्रदर्शन गर्दै प्रतियोगिताको धेरै विकेट लिने खेलाडीहरु मध्य दोश्रो स्थानमा रहेका छन् । अन्य बलरहरुले त्यस स्तरको प्रदर्शन गर्न नसक्नु भने अस्ट्रेलियाको लागि चिन्ताको बिषय बनेको छ । उसका लागि मिचेल जोन्सनले कुल १० तथा हेजलवुडले कुल ६ विकेट लिएका छन् । आफ्नै देशमा आयोजना भएपनि अस्ट्रेलियाले यस बिश्वकपमा उत्कृस्ट प्रदर्शन गर्न सकेको छैन । बलिंग तर्फ मिचेल स्टार्क बाहेक अन्य खेलाडीहरु उत्कृस्ट लयमा नहुनु तथा प्रदर्शनमा निरन्तर नहुनु अस्ट्रेलियाको कम्जोर पक्ष हो भने ब्याटिंगमा भने तुलनात्मक रुपमा अस्ट्रेलिया बलियो देखिएको छ । अर्को तर्फ भारतले खेलको सबै पक्षमा आफूलाई बलियो देखाएको छ । यो अवस्थामा दोश्रो सेमीफाईनलमा भारतलाई पराजित गर्नु अस्ट्रेलियालाई ठुलै चुनौती बन्न सक्छ । बिश्व क्रिकेटका यी दुई दाबेदार रास्ट्रहरु आफ्नो वर्चस्व कायम गर्न लागिपरेका छन्, बिश्वकपको यो सेमीफाईनल खेलको नतिजाले त्यसमा ठूलो महत्व राख्नेछ ।पहिलो पटक फाईनलमा पुगेर आफुलाई उत्कृसष्ट साबित गरेको न्युजिल्यान्डलाई चुनौति दिन फाईनलमा कुन राष्ट्र पुग्ने हो त्यो थाहा पाउन भने भोलिको खेलको नतिजा कुर्ने पर्छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies