Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

राष्ट्रसङ्घीय उच्च बैठकमा परराष्ट्रमन्त्री महत

\"prakash-sharan-mahat\"काठमाडौँ, ४ असोज । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिने सिलसिलामा अमेरिकाको न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले मंगलबार राष्ट्रसङ्घको प्रधान कार्यालयमा आयोजित शरणार्थी तथा आप्रवासीसम्बन्धी उच्चस्तरीय बैठकमा भाग लिएका छन् । साथै उनले दिगो विकास प्राप्तिसम्बन्धी सन् २०३० का दिगो विकासका लक्ष्य हासिल गर्न राष्ट्रका आ–आफ्ना नीति प्राथमिकतामा जोड दिनुपर्ने बताए । बहुआयामिक समस्याका रुपमा रहेको शरणार्थी समस्यालाई प्रभावकारी रुपमा त्यसको समग्रतामा पुगेर समाधान गर्नुपर्नेमा मन्त्री महतले जोड दिए संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । सबै आप्रवासी शरणार्थी होइनन् भन्दै उनले स्पष्ट पहिचान गरेर मात्र सम्बन्धित व्यक्तिलाई आप्रवासी वा शरणार्थी भनेर छुट्याउनुपर्ने बताए । आजै, मन्त्री डा. महत जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठकमा पनि सहभागी भएका छन् । अल्पविकसित, भूपरिवेष्टित विकासोन्मुख तथा टापू राष्ट्रहरुले संयुक्तरुपमा आयोजना गरेको उक्त बैठकमा उनले मौसम परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना गर्न आन्तरिक स्रोत र साधनले नभ्याउने भएकाले त्यसमा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीको आवश्यकता रहेको बताए । आजै, मन्त्री महतसँग कोलम्बियाका विदेशमन्त्री मारिया एन्जेला होल्गुइन स्विलारले भेटवार्ता गरेका छन् ।त्यस अवसरमा उनीहरुबीत कोलम्बिया र नेपालको शान्ति प्रक्रियाबारे छलफल भएको उक्त नियोगले जनाएको छ ।कोलम्बियाली विदेशमन्त्रीले नेपालको शान्ति प्रक्रियाको सफलताबारे चासोपूर्वक जिज्ञासा राखेका थिए कोलम्बियाको कफी उत्पादन तथा प्रशोधन को अनुभव नेपालका निम्ति उपयोगी हुने भएकाले त्यस दिशामा आवश्यक कार्य गर्न मन्त्री महतसमक्ष गरेको प्रस्तावको नेपालले सकारात्मक जवाफ दिएको थियो । सोमबार न्युयोर्क पुगेका मन्त्री महतलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायतले स्वागत गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: