Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पानीमा डुवेर छ जनाको मृत्यु

\"download-2\"भक्तपुर, ४ असोज । पोखरी र घरमा बनाइएको भूमिगत पानी ट्यांकीमा डुबेर दुई बालकको सोमबार साँझ ज्यान गएको छ । काभ्रेपलाञ्चोक मङ्गलटार घर भई हाल भक्तपुर नगरपालिका–४ नागपोखरी बस्दै आएका जङ्गे तामाङका दुई वर्ष चार महिनाको छोरा अनिल नजिकैको पोखरीमा डुबेपछि उपचारका लागि सिद्धिस्मृति अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए । त्यसैगरी भक्तपुर नगरपालिका–३ कमलविनायकस्थित राजन चित्रकारको निर्माणाधीन एकतले घरको भुइँतलामा बनाइँदै गरेको भूमिगत पानी ट्यांकीमा डुबेर अर्को एकादशी प्याथका पाँच वर्षीय छोरा आर्यनको मृत्यु भएको छ । प्रहरीका अनुसार उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा उनको निधन भएको विष्टले जानकारी दिए । सुरुङ्गा ९झापा०–करेन्ट लागेर गए राति शनिअर्जुन नगरपालिका–६ निवासी ३३ वर्षीय नरबहादुर भुजेलको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रहरी निरीक्षक मधुकुमार थापाका अनुसार नगरपालिका–९ बसपार्क नजिकै रहेको भरतबहादुर अधिकारीका घरमा भाडामा बस्दै आएका उनलाई विद्युत्को तार जोड्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढी–कैलाली जिल्लाको अत्तरिया नगरपालिकास्थित गोदावरी नदीमा डुबेर सोमबार साँझ तीन बालकको मृत्यु भएको छ । अत्तरिया नगरपालिका– १३ का शङ्करबहादुर कार्कीका १५ वर्षीय छोरा विशाल, पदम विक का १० वर्षीय छोरा निराजन र लालबहादुर विक का १२ वर्षीय छोरा उमेशको नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । अत्तरिया नगर क्षेत्रका तीन छुट्टाछुट्टै घन्टेश्वर, पुष्पाञ्जलि र जेके विद्यालयमा ती बालक अध्ययनरत रहेको बताइएको छ । उनीहरु सोमबारको सार्वजनिक बिदाको दिन ती बालक अत्तरिया बजारबाट पश्चिम रहेको गोदावरी नदीमा सँगै नुहाउन गएका थिए । बालक नदीमा डुबेको खबर पाएपछि गएको सशस्त्र प्रहरी टोलीले नदी मार्गमा रहेको गहिरो तालमा डुबेको अवस्थामा ती बालकको साँझ उद्धार गरी तत्काल पद्मा अस्पतालमा पु¥याएको उद्धारमा खटिएका प्रहरी मोहन बोहराले बताउनुभयो । पद्मा अस्पतालले थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी सिफारिस गरिएकामा अञ्चल अस्पतालमा तिनलाई मृत घोषणा गरिएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending