Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

तोकिएकै मितिमा स्थानिय तहको निर्वाचन हुन्छः पाण्डे

\"hitraj-pandey\"भक्तपुर, ३ असोज । संघीय मामिला तथा स्थानिय विकास मन्त्री हितराज पाण्डेले स्थानिय तहको निर्वाचन कसैले रोकेर पनि रोक्न नसकिने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उनले आयोगले गतिशिलताका साथ काम अगाडि बढाएको बताए । उनले सबै राजनीतिक दलहरुको समयमै स्थानिय निकायको निर्वाचन गर्न प्रतिबद्धता समेत रहेकाले अब कसैले पनि चाहेर तोकिएको समयमा स्थानिय तहको निर्वाचन रोक्न नसक्ने बताए । स्थानिय निकायको पुरानै संरचनामा निर्वाचन गरिन्छ भन्ने कसैको ब्यक्तिगत भनाई भएको भन्दै उनले भने , ‘अव स्थानिय तहको निर्वाचन हुन्छ र त्यो तोकिएकै समयमा हुन्छ, यदि तोकिएको समयमा स्थानिय तहका साथै अन्य निर्वाचन नभए त्यसले संबैधानिक संकट आउँछ । ’ संबिधान जारी भएको एक बर्षमा धेरै सफलता हासिल भईसकेको र कार्यान्वयनको पक्षमा देखिएको जटिलतालाई राजनीतिक सहमती र जानकारी बृद्धि गर्दै सफल कार्यान्वयन तर्फ अग्रसर बन्ने उनको भनाई रहेको छ । मधेश आन्दोलनको जायज मागको सम्बोधन गर्न संबिधानको संशोधन गरिने र संबिधान आफै परिवर्तनशिल भएकाले नेपाल र नेपालीको आवश्यकता अनुरुप संबिधानको संसोधन गर्दै हरेक नेपालीलाई आफ्नो संबिधान भएको महशुस गराउने तर्फ वर्तमान सरकार लागि परेको उनको भनाई थियो । प्रतिपक्षमा बसेको एमालेले समेत नेपाल र नेपालीको आवश्यकतालाई बुझ्दै संबिधान संशोधनमा सहयोगी भूमिका खेल्नुका साथै कार्यान्वयनको पक्षमा समेत असल र सहयोगी भूमिका देखाउने विश्वास गरेको धारणा व्यक्त गरे । जनयुद्धका क्रममा लडेका लडाकुकै कारण लोकतन्त्रको आगमनमा सहयोगी भएको र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने काम बाँकी रहेको भन्दै लडाकुका शिबिरका बिषयमा जसरी अख्तियारले उठान गरेको छ त्यो समयले प्रष्टाउने उनको भनाइ रहेको छ । प्रचण्डको भारत भ्रमणले नेपाल र भारत बीच देखिएको असमझदारी हटाउन महत्वपूर्ण भूमिका खेलेको र नेपाल भित्र देखिएको राजनीतिक अस्थिरतालाई सही बाटो तर्फ लान र संबिधान कार्यान्वयनको पक्षलाई महत्व दिँदै अमेरिकाको भ्रमण समेत रद्द गरेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending