Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

तोकिएकै मितिमा स्थानिय तहको निर्वाचन हुन्छः पाण्डे

\"hitraj-pandey\"भक्तपुर, ३ असोज । संघीय मामिला तथा स्थानिय विकास मन्त्री हितराज पाण्डेले स्थानिय तहको निर्वाचन कसैले रोकेर पनि रोक्न नसकिने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उनले आयोगले गतिशिलताका साथ काम अगाडि बढाएको बताए । उनले सबै राजनीतिक दलहरुको समयमै स्थानिय निकायको निर्वाचन गर्न प्रतिबद्धता समेत रहेकाले अब कसैले पनि चाहेर तोकिएको समयमा स्थानिय तहको निर्वाचन रोक्न नसक्ने बताए । स्थानिय निकायको पुरानै संरचनामा निर्वाचन गरिन्छ भन्ने कसैको ब्यक्तिगत भनाई भएको भन्दै उनले भने , ‘अव स्थानिय तहको निर्वाचन हुन्छ र त्यो तोकिएकै समयमा हुन्छ, यदि तोकिएको समयमा स्थानिय तहका साथै अन्य निर्वाचन नभए त्यसले संबैधानिक संकट आउँछ । ’ संबिधान जारी भएको एक बर्षमा धेरै सफलता हासिल भईसकेको र कार्यान्वयनको पक्षमा देखिएको जटिलतालाई राजनीतिक सहमती र जानकारी बृद्धि गर्दै सफल कार्यान्वयन तर्फ अग्रसर बन्ने उनको भनाई रहेको छ । मधेश आन्दोलनको जायज मागको सम्बोधन गर्न संबिधानको संशोधन गरिने र संबिधान आफै परिवर्तनशिल भएकाले नेपाल र नेपालीको आवश्यकता अनुरुप संबिधानको संसोधन गर्दै हरेक नेपालीलाई आफ्नो संबिधान भएको महशुस गराउने तर्फ वर्तमान सरकार लागि परेको उनको भनाई थियो । प्रतिपक्षमा बसेको एमालेले समेत नेपाल र नेपालीको आवश्यकतालाई बुझ्दै संबिधान संशोधनमा सहयोगी भूमिका खेल्नुका साथै कार्यान्वयनको पक्षमा समेत असल र सहयोगी भूमिका देखाउने विश्वास गरेको धारणा व्यक्त गरे । जनयुद्धका क्रममा लडेका लडाकुकै कारण लोकतन्त्रको आगमनमा सहयोगी भएको र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने काम बाँकी रहेको भन्दै लडाकुका शिबिरका बिषयमा जसरी अख्तियारले उठान गरेको छ त्यो समयले प्रष्टाउने उनको भनाइ रहेको छ । प्रचण्डको भारत भ्रमणले नेपाल र भारत बीच देखिएको असमझदारी हटाउन महत्वपूर्ण भूमिका खेलेको र नेपाल भित्र देखिएको राजनीतिक अस्थिरतालाई सही बाटो तर्फ लान र संबिधान कार्यान्वयनको पक्षलाई महत्व दिँदै अमेरिकाको भ्रमण समेत रद्द गरेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: