Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

संविधान दिवसः टुँडिखेलबाट प्रचण्डले परेवा उडाए

\"sambidhan-diwas_prachanda-750\" काठमाडौं, ३ असोज । संविधानसभाबाट संविधान जारी गरिएको दिनको सम्झनामा सोमबार राजधानीको सैनिकमञ्च टुँडिखेलबाट सेतो परेवा उडाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिको प्रतिक परेवा उडाएर संविधान दिवस मनाएका हुन् । सरकारको आयोजनामा टुँडिखेलमा सोमवार संविधान दिवस समारोहको आयोजना गरिएको छ । समारोहमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिइन् । नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको भन्दै राष्ट्रपति भण्डारीले मन, वचन र कर्मले लाग्न राजनीतिक दलहरुलाई आह्वान गरिन् । यस्तै प्रधानमन्त्री प्रचण्डले अब क्रान्ति होइन, शान्ति नै आवश्यक रहेको सन्देश दिँदै निर्वाचनमा केन्द्रित हुन दलहरुलाई आह्वान गरे । कुनै पनि स्वार्थ नहेरी निर्वाचनमा सबै दल जुट्नुपर्नेमा प्रचण्डले जोड दिए । संविधान कार्यान्वयन प्रक्रियामा अघि बढिसकेको उल्लेख गर्दै प्रचण्डले तीन वटा निर्वाचन तोकिएको समयभित्रै सम्पन्न गर्ने बताए । स्थानीय तहको निर्वाचनको मिति पनि छिट्टै तय गरिने उनले बताए । उनले मधेसी जनजाति समुदायको माग सम्बोधन गर्ने गरी संविधान संशोधन प्रक्रिया पनि छिट्टै अघि बढाइने बताए । संविधान संशोधनको प्रक्रियामा सरकार लागेको उनले जानकारी दिए । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलका साथै प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता, सहभागी थिए । नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि तथा संविधान दिवस–२०७३ लेखिएको ब्यानर समारोहमा प्रदर्शन गरेको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपत्यकाका तीनवटै जिल्लाका जिविस तथा नगरपालिकाले सांस्कृतिक झाँकीसमेत प्रदर्शन गर्नुका साथै राष्ट्रिय खेलकुद परिषद्का खेलाडीले कला कौशल देखाएका थिए । संविधान दिवसका अवसरमा सोमवार देशभर सार्वजनिक बिदासमेत दिइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending