Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

बीस वटा बैठकले पनि निश्कर्ष निकाल्न सकेन

\"sanghiyata\"गुल्मी, २ असोज । स्थानीय तहको पुनःसंरचनाको विषयलाई लिएर गुल्मीमा राजनीतिक दलहरुवीच बीस वटा बैठकहरु बस्यो तर निकास निस्कन सकेको छैन । नेपाल पत्रकार महासंघ गुल्मीले स्थानीय तह पुनःसंरचना सम्वन्धी जिल्लास्थित राजनीतिक दलहरुसँग शनिवार सदरमुकाम तम्घासमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलहरुले आ–आफनै अडान कायमै राखे । नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले जिल्लाका तीन वटा क्षेतहरुमा एक एक वटा नगरपालिका वनाउनुपर्ने र वडालाई पनि काट्न पाउनुपर्नेमा जोड दिए । श्रेष्ठका अनुसार यो गुल्मेली जनताहरुका लागि एउटा अवसर पनि भएकाले नमिलेका भुगोल र क्षेत्रहरुलाई पनि मिलाउनुपर्ने , एकल जातीय पहिचान ,आर्थिक अवस्था ,विकट एरिया र बिशेष क्षेत्रलाई समेत ध्यान दिनुपर्ने वताउनुभएको छ । नेकपा एमालेका कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्तले आयोगले निर्धारण गरेको नौ वटा गाउँपालिका नै गुल्मी जिल्लाका लागी उत्तम भएकाले यसमा नै सहमतिका लागि सम्पूर्ण राजनीतिक दलहरुवीच एकता आवश्यक रहेको वताए । यसमा मात्र नेकपा एमाले अडान लिने पक्षमा नरहेकाले राजनीतिक आधारमा सहमति भए त्यसमा नेकपा एमाले वाधक नवन्ने वताए । नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बीर वा कार्कीले गुल्मी जिल्लाको जनसंख्या दुई लाख ८० हजार रहेकाले पनि जनसंख्याको आधारमा ११ वटा गाउपालिका हुनुपर्नेमा जोड दिए । यो आधारहरु छँदाछँदै पनि जिल्लामा राजनीतिक दलहरुबीच एक प्रकारको सहमति भएमा माओवादी केन्द्र पनि सहमतमा जान तयार रहेको धारण राखे । उता स्थानीय पुनःसंरचना सहयोग प्राबिधिक समितिका संयोजक एवम स्थानीय बिकास अधिकारी डिलाराम पन्थीले स्थानीय तहको पुन संरचना नेपालका ७५ जिल्ला मध्ये गुल्मीमा पहिलो अभिमुखीकरण गोष्ठी संचालन गरेको तर अहिलेसम्म २० वटा वैठकहरु वस्दा समेत केही प्रगति हुन नसकेको वताए । नेपाल पत्रकार महासंघ गुल्मीका सभापति नवराज भुसालले गुल्मी जिल्ला राजनीतिक सहमतिको जिल्ला भनेर चिनेने जिल्लामा राजनीतिक दलहरुवीच सहमति हुन नसक्दा दुःख लागेको वताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: