Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

जनताको प्रश्न – ‘अहिले नै संविधान संशोधन गर्ने बेला भयो र ?’

\"sambidhan\"काठमाडौँ, २ असोज । खोटाङकी अञ्जु राई हाँडीगाउँस्थित तरकारी बजारमा ठेलाको तरकारी पसल थापेर बसेकी छन । दिनको करिब ५०० देखि एक हजार रुपैयाँसम्मको व्यापार गर्ने उहाँको ध्यान आफ्नै व्यवसाय, श्रीमान् र एक मात्र छोरीमा केन्द्रित छ । राजनीतिमा उनको पटक्कै रुचि छैन । तर उनलाई गत वर्षको असोज ३ गते देशले नयाँ संविधान दिएको भने थाहा छ । संविधान बनेपछि आफ्नो जीवनमा केही परिवर्तन भएको उनलाई महसुस भएको छैन । यति हुँदाहुँदै पनि उनी खुसी नै छिन् । कारण यस्तो छ – “नयाँ संविधान बनेसँगै महिला ठूलो पदमा ९राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख० आसीन भएका छन् । त्यही नै उपलब्धि हो ।” जननिर्वाचित संविधानसभाले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाएको वर्षदिन पुग्दै गर्दा त्रि–चन्द्र क्याम्पसमा स्नातकोत्तर अध्ययनरत विद्यार्थी बाग्लुङका किरण रायमाझीमा भने केही उत्साह छ । ‘संविधान नै नबन्ला कि’ भन्ने चिन्ताका बीच संविधान नै बनेर वर्षगाँठ मनाउनु नै उपलब्धि मान्छन् उनी । वर्तमान सरकार मधेसकेन्द्रित दलकै सहमतिमा बनेकाले यो सरकार बनेपछि संविधान कार्यान्वयन हुने आशा उनको छ । उनले भने , , “यदि मधेसीले उठाएका माग उचित छन् भने संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्छ ।” राष्ट्रिय मावअधिकार आयोगमा सवारी चालकका रुपमा कार्यरत बर्दियाका रामकृष्ण चौधरी संविधान बनेपछि पहिलेको तुलनामा राजनीतिक स्थिरतासँगै धेरै कुरामा प्रगति भएको अनुभव सुनाउँछन् । तर सङ्घीयताको कार्यान्वयन चाँडो गर्नुपर्नेमा जोड दिँदै उनले भने, “सुविधा राजधानी केन्द्रित हुँदा सर्वसाधारण धेरै कुरामा सास्ती भोगिरहेका छन्, अब काठमाडौँमा हुने काम जिल्ला–जिल्लाबाट हुनुप¥यो, गाउँ–गाउँमा बाटो पु¥याउनुप¥यो ।” बागबजारको सडक किनारमा जुत्ताको पालिस लगाइरहेका सर्लाहीका महेन्द्र रामलाई संविधानमा के लेखिएको छ थाहा छैन । तर संविधान निर्माणपछि मधेस आन्दोलन उठेको उनलाई राम्ररी थाहा छ । मधेस–पहाडमा समानता खोज्नुपर्ने विचार राख्ने उनले भने, “मधेसका माग पनि सम्बोधन गर्नैपर्छ ।” भोजपुर मूल घर भएका डम्बरबहादुर तामाङले संविधान समयसँगै संशोधन गर्ने विषय भएको स्वीकार गरे पनि ‘अहिले नै संशोधन गरिहाल्ने बेला भा’छ र ? उनले प्रश्न गरे । पूर्व राष्ट्रसेवक कर्मचारी ७८ वर्षीय उनलाई छिमेकी देश भारतको संविधान २१६ पटक संशोधन भएको हेक्का छ । संविधानमा केही अपरिवर्तनीय कुरा हुनुपर्नेमा जोड दिनुहुने उनले भने, “अङ्गीकृत नागरिकलाई राष्ट्रप्रमुख, सरकारप्रमुख बनाउने कुरा संशोधन गर्न हुन्न, संशोधन गर्दा ‘सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने’ गरी गर्नुपर्छ ।” पाल्पाकी उषा पाण्डे भट्टराई भने जनताद्वारा निर्वाचित प्रतिनिधिले भारी बहुमतद्वारा पारित गरेको संविधान संशोधन हुनु भनेको लोकतान्त्रिक निर्वाचन प्रणालीकै विरुद्धमा भएको बताउँछन् । उनी भन्छन्, “संविधान संशोधन आवश्यकै छैन, एकाध व्यक्तिले राखेको माग पूरा गर्दै जाने हो भने त यो देशमा कहिल्यै संविधानको संशोधन गरेर सकिँदैन ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending