Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

नयाँ संविधानबारे एमालेले वक्तव्य निकाल्यो : के छ वक्तव्यमा ?

\"cpnuml\"काठमाडौँ, १ असोज । नेकपा (एमाले) निर्धारित समयमा निर्वाचन गरी मुलुकको लोकतन्त्र र संविधानलाई कार्यान्वयन गर्नमा आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन सबैमा अपिल गरेको छ । पहिलो संविधान दिवसको उपलक्ष्यमा एमालेले आयोजना गर्ने कार्यक्रमका बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा नेपाली जनताको बलिदानको जगमा निर्माण भएको नेपालको संविधानको रक्षा र कार्यान्वयनका लागि पार्टी दृढ रहेको जानकारी दिइयो । सो अवसरमा वितरित प्रेस वक्तव्यमा भनिएको छ–‘संविधान बनाउनै नदिने, बनाए पनि जारी गर्न नदिने र जारी गरे पनि कार्यान्वयन गर्न नदिनेसम्मका प्रत्येक चलखेलका विरुद्ध हाम्रो पार्टी दृढतापूर्वक उभिएका कारण मुलुकले आज लोकतान्त्रिक संविधान पाएको छ ।” संविधान जारी गर्न निर्वाह गरेको भूमिकाप्रति गौरवबोध नेपालको संविधानले लोकतन्त्रका सर्वस्वीकार्य मान्यता, सामाजिक न्याय, राज्यमा सबै नागरिकको समान पहुँच, राज्यको अग्रगामी रुपान्तरण र अग्रगतिका आधारभूत सिद्धान्तलाई आत्मसात् गरेको जनाउँदै उक्त पार्टीले संविधान जारी गर्न निर्वाह गरेको नेतृत्वदायी भूमिकाप्रति पार्टीले गौरवबोध गरेको वक्तव्यमा उल्लेख गरिएको छ । आफ्नो संविधान आफैँ बनाउने नेपाली जनताको आधा शताब्दी लामो आकाङ्क्षा र सङ्घर्षको परिणामस्वरुप जननिर्वाचित संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको असोज ३ गते एक वर्ष पूरा हुँदैछ । प्रत्यक्ष–परोक्ष बाधा, चलखेल र षड्यन्त्रका बाबजुद ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिको सहभागिताबाट संविधान निर्माण भई जारी भएपछि सुरु भएका कार्यान्वयन हुन नदिने प्रयासहरु अहिले पनि नरोकिएको जनाउँदै एमालेले भनेको छ – “संविधान कार्यान्वयन भएर त्यसमा के कस्ता जटिलता देखा पर्दछ, त्यसका आधारमा आवश्यक संशोधन गरेर समृद्ध बनाउँदै जानु स्वभाविक हुन्छ ।” संविधानको कार्यान्वयन नै सुरु नहुँदै त्यसमा संशोधन गर्नुपर्ने माग संविधान कार्यान्वयन हुन नदिने योजनाबाहेक केही हुन नसक्ने बताउँदै वक्तव्यमा भनिएको छ–“संविधानसभाको संरचना, हामीले अवलम्बन गरेको समावेशीकरणको अभ्यास र आजको युगको आवश्यकताजस्ता कुराले कुनै पनि समुदाय, जाति, भाषा, क्षेत्र वा सम्प्रदायलाई अस्वीकार र उपेक्षा गरेर संविधान बन्ने कल्पना पनि गर्न असम्भव छ ।” बन्न दिन्नौँ भन्नेले नै असफल पार्न संशोधनका कुरा उठाएका हुन् संविधान नबन्दैदेखि कुनै पनि हालतमा बन्न दिन्नौँ भनेर लागेकाहरु नै संविधान बनेपछि त्यसलाई असफल पार्न संशोधनको कुरा उठाउन उद्यत बताउँदै नेकपा ९एमाले०ले नेपाली जनताले २०६२÷६३ को जनआन्दोलनमार्फत हासिल गरेको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीकरणजस्ता उपलब्धिलाई संस्थागत गर्ने एकमात्र माध्यम संविधान बनेको उल्लेख गरेको छ । संविधान कार्यान्वयन आजको प्रमुख कार्यभार बनेको बताउँदै नेकपा ९एमाले०ले तिनै तहका निर्वाचन गरेपछि मात्रै यो संविधानले परिकल्पना गरेको आर्थिक समृद्धि, सामाजिक न्याय, न्यायोचित विकास र समग्र उन्नतिको ढोका खुल्ने विश्वास गरेको छ । स्थानीय तहको पुनःसंरचनामा आलटाल गराउने र निर्वाचनलाई पर धकेल्ने काम योजनाबद्ध रुपमा भइरहेको बताउँदै उक्त पार्टीले वर्तमान सरकार निर्वाचन नगर्ने दिशामा अघि बढेको आरोप लगाएको छ । वक्तव्यमा भनिएको छ–‘जनताका प्रतिनिधिका रुपमा यो संविधान हामीले बनाएका हौँ र यसको स्वामित्व हामी लिन्छौँ । त्यही भएरै यसको रक्षा र कार्यान्वयनमा हामी दृढतापूर्वक उभिन्छौँ ।” सो अवसरमा पार्टीका महासचिव ईश्वर पोखरलेले संविधान दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउँदा आफ्नो पार्टीले अरु कसैसँग विमति राख्न नचाहेको बताए । स्वागत र समर्थन प्राप्त गर्न प्रम दाहाल असफल प्रधानमन्त्री पुष्पकमल दाहाल पनि संविधानबारे भारतलाई बुझाउन तथा स्वागत र समर्थन प्राप्त गर्न असफल भएको बताउँदै महासचिव पोखरेलले संविधान र कानुनको दायराभित्र रहेर राज्यका सबै अङ्ग सवल हुनुपर्छ भन्ने मान्यतामा आफ्नो पार्टी प्रतिबद्ध छ भने । सचिव प्रदीप ज्ञवालीले हामीले अपनाएको सुधारिएको संसदीय प्रणालीमा केही त्रुटि देखिए पनि अहिलेको अवस्थामा हामीले त्यसलाई सच्याएर जानुपर्छ भन्ने नै मान्यता अघि सारेका छौँ भने । नेकपा ९एमाले० ले असोज ३ गते पहिलो संविधान दिवस वसन्तपुरमा भव्य आमसभाको आयोजना गरेर मनाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस ९श्रव्य सामग्री र तस्बिर उपलब्ध छ०
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending