Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

अभियोग प्रमाणित गर्न चारसय ४१ जना साक्षी अदालतमा

बनेपा, १ असोज । काभ्रेपलाञ्चोकमा प्रहरीले अभियोग प्रमाणित गर्न जिल्ला अदालत, धुलिखेलमा अभियुक्तका ४४१ जना साक्षी उपस्थित गराएको छ । सरकारले विभिन्न अभियुक्तको अभियोग प्रमाणित गर्न साक्षी उपस्थिति तथा खर्च व्यवस्थापनको कार्यक्रम ल्याएपछि उनीहरुलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । ‘सरकारले साक्षीको सुरक्षासहित आर्थिक खर्च पनि व्यवस्थापन गरेको हुन्छ, त्यसैले हामीले यो काम गरेका हौँ’ उनले भने । आर्थिक वर्ष २०७२ ÷०७३ मा अदालतमा उपस्थित गराइएको साक्षीका लागि रु एक लाख ७० हजार ३५२ खर्च भएको समेत प्रहरी उपरीक्षक बास्तोलले बताए । उनले एकजना साक्षीका लागि नायब सुब्बाको तलब बराबर कति दिन लाग्छ सोही अनुसार साक्षीको खर्च व्यवस्थापन हुने जनाउँदै प्रत्येक मुद्दामा साक्षी हुने विश्वास दिलाए । तीन वर्षअघिदेखि सरकारले साक्षीको सुरक्षासहित आर्थिक व्यवस्थापन गरेको हो । प्रहरीले काभ्रेपलाञ्चोकमा गत वर्ष एकसय ७८ थान मुद्दा दर्ता गरेकोमा एकसय ७४ थान मुद्दा अदालतमा पेस गरेको तर त्यसमध्ये ९५ थान मुद्दा मात्रै फैसला भएको थियो । फैसला भएका मुद्दामध्ये ९१ थान सफल भएको र चार थान मुद्दा असफल भएको र ८३ थान मुद्दा विचाराधिन अवस्थामा रहेको प्रहरी उपरीक्षक बास्तोलाले बताए । यसैबीच प्रहरीले जिल्ला अदालत, धुलिखेलबाट दोषी ठहर भई फरार रहेका २३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई १४ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको हो । त्यस्तै २०७२ साउनदेखि अहिलेसम्म अनुसन्धानको क्रममा पाँचसय ७६ जनालार्ई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका क्रममा फरार रहेका अझै ४२ जनालाई पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending