Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

आजतकले लेख्यो– प्रचण्डको भारतयात्रा भारतकाे कुटनीतिक जीत

\"prachanda-in-delhi-640x707\"काठमाडौं, ३० भदौ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण विहीबारदेखि शुुरु भएको छ । प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो ।े पहिलो विदेश भ्रमण भारतलाई छानेर भारतसँग सम्बन्ध वृहत्त बनाउने उनको चाहना छ । चार दिनको यो भ्रमणमा भारत नेपालको रेलवे लाइन बनाउन मद्दत गर्ने सम्झौता गर्नसक्ने भएको छ । यो रेलवे लाइन पूर्वी नेपालको मेचीदेखि पश्चिम महाकालीसम्म जोडिन्छ । रेलवे लाइनका साथै नेपाललाई हाइड्रो इलेक्ट्रिक पावर प्लान्टको बारेमा पनि दुई पक्षबीच कुराकानी हुने भएको छ । गएको अगस्त ४ मा नेपालका प्रधानमन्त्रीको पदमा सपथ लिएका प्रचण्डको यो भ्रमण भारतका लागि पनि केही मानेमा महत्वपूर्ण छ । यस्ताे छ, अाजतककाे विश्लेषणः १) भारत तथा चीन नेपालमा आफ्नो दबदबा कायम राख्ने कोशिश गरिरहेका छन् । यसमा प्रचण्ड तथा यसअघिका प्रधानमन्त्री आफ्नो पहिलो विदेश भ्रमणका रुपमा भारतलाई छनोट गर्नु भारतको कुटनीतिक जीत हो । २) नेपालका पूर्व प्रधानमन्त्री केपी ओलीको कार्यकालको दौरान भारत–नेपालको सम्बन्ध चिसिएको थियो । ओलीले यस्तो सम्झौता गरेका थिए, जसमा भारतबाट नेपालको निर्भरता कम हुन सक्छ । ३) भारतका साथै नेपालमा चीनको सहयोगमा धेरै नै रोड तथा अस्पताल निर्माण भएका छन् । ती परियोजनाहरुमा नेपालमा चीनको एकतर्फी प्रभाव स्थापित गर्न नदिन भारतले कोशिश गर्ने गरेको छ । ४) ओलीको कार्यकालमा नेपालले चीनको तिब्बतबाट काठमाडौंसम्म रेल नेटवर्क स्थापित गर्नका लािग एक सम्झौता भएको थियो । यसका साथै पेट्रोलियम पदार्थ आयातका लागिपनि एक सम्झौता भएको थियो । यस घटनालाई लिएर भारत चिन्तित छ । ५) भारत अहिले पनि नेपालको सबैभन्दा बढी ब्यापार सझेदार हो । भारत नेपालका लागि सबै भन्दा ठूलो डोनर, सप्लायर तथा इन्धनको एकमात्र स्रोत हो । नेपालमा गत वर्ष आएको विनाशकारी भूकम्पमा ९ हजार भन्दा बढी नागरिकको मृत्यु भएको यिो भने ठूलो मात्रामा आर्थिक नोक्सान भएको थियो । यसका लागि पनि नेपाललाई भारतको बढी नै आवश्यकता छ । ६) नेपालको ओली सरकार पूर्ववर्ती सरकारको तुलनामा चीनको साथ बढी नजिक रहेको थियो । यो भारतका लागि चिन्ताजनक विषय थियो । अब प्रचण्डको यात्राले भारतको चीनमाथि कुटनीतिक जीत मिलेको छ । ७) नेपालका नयाँ प्रधानमन्त्री कम्युनिष्ट पार्टीको नेता भएपछि पनि चीनसँगको सम्बन्धमा त्यति धेरै ध्यान दिएका छैनन् । जबकि यसअघि सन् २००८ मा उनी पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए, त्यतिबेला पहिलो विदेश यात्राको रुपमा चीनलाई छानेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: