Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बिरामीको मृत्युपछि नागरिक अस्पताल दिनभर तनावग्रस्त

\"image\"भक्तपुर, २९ भदौ । सामान्य पेट दुखेर उपचार गराउन आएकी महिलाको मृत्यु भएपछि बुधबार दिनभर भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल दिनभर तनावग्रस्त बनेको छ । अस्पताल र चिकित्सकको लापर्बाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताल खारेजी र चिकित्सकलाई ज्यान मुद्दा लगाउनुपर्ने माग गर्दै पीडित पक्षले अस्पताल घेराउ गरेकाले त्यहाँ दिनभर तनाव भएको हो । हिजो अपरान्ह पेट दुखेर उपचार गराउन आएकी सिन्धुली कमलामाई– ६ घर भई हाल लोकन्थली बस्दै आएकी २१ वर्षकी मीना विश्वकर्माको राति पौने १२ बजे मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल घेराउ गरेका हुन् । मृतककी श्रीमान् केशव बराइलीले अस्पताल र चिकित्सकको लापर्बाहीले श्रीमतीको ज्यान गएको आरोप लगाए । उनले भने–“सामान्य पेट दुखेर उपचारका लागि ल्याएका थियौँ, अस्पतालमा नदुख्ने औषधि तेब्बर डोजसमेत दिइयो, बिरामीलाई गाह्रो हुँदै गएपछि अन्य अस्पतालमा लैजान खोज्दा समेत यही ठिक हुन्छ, भनेर राखियो, तर ढिला आएका चिकित्सकले समयमै उपचार नगर्दा मेरो श्रीमतीको ज्यान गयो ।” मृतककी आमाजु बिना बराइलीले चिकित्सक आउछ भनेर कुराएर राख्दा भाइबुहारीको ज्यान गएको आरोप लगाउँदै भनिन –‘दिउँसो १ बजे लगेको बिरामीलाई आकास्मिक कक्षमै चिकित्सक आउँछन् पख्नुस् भनेर बिरामीको उपचारै नगरी तीनवटा इन्जेक्सन मात्रै दिएर राखे, समयमै उपचार नगर्दा बिरामीको मृत्युभयो ।’ “हामीलाई क्षतिपूर्ति चाहिँदैन, लापर्बाही गर्ने चिकित्सकद्वय निर्जला बजी तथा जमुना किरण पौडेललाई कारबाही र अस्पताल खारेज गर्नुपर्ने हाम्रो माग छ ।”बिरामीको मृत्यु भएलगत्तै रु २० हजार तिरेर शव लैजान अस्पतालले दबाब दिएको बताउँदै उनले भने । भक्तपुर अस्पतालमा स्थायी दरबन्दीमा काम गर्दै आएकी प्रसूति रोग विशेषज्ञ डा पौडेल ५।३० बजे पुगेर उपचार सुरु गरेर आइसियुमा राखेपछि बिरामीको राति पौने १२ बजे मृत्यु भएको अस्पताल व्यवस्थापनले जानकारी दिएको छ । अस्पतालका सुपरिटेन्डन प्रो डा राकेश बर्माले अस्पतालमा आएको बिरामीको सक्दो उपचार गरेको र उपचारमा खटिएका चिकित्सकको कमजोरी नरहेको दाबी गरे । अस्पतालका निर्देशक सुरेश श्रेष्ठले उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्वीकार्दै भने–“यो अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामीको उपचार हुन्छ, यस्तो अस्पतालमा उपचारमा कहिलेकाहीँ बिरामीको ज्यान जान्छ, यो सामान्य हो, यसलाई गम्भीर रुपमा लिनुहुदँैन ।” आकस्मिक कक्षमा उपचारमा संलग्न डा बजीले प्रक्रिया अनुसार नै उपचार गरेको दाबी गर्दै एक महिनाको गर्भवती बिरामीको गर्भ पाठेघरभन्दा बाहिर गएको र रक्तस्राव भएकाले ज्यान गएको दाबी गरे । “बिरामीका आफन्तले अन्य अस्पतालमा लान्छु भने पनि यही उपचार हुन्छ भनेर राखेका हौ, साँझ ५ बजे आउँछु भनेको डा पौडेल ढिला आउनुभयो, उहाँ आएलगत्तै थप उपचार सुरु गरेका हाँै, तर बचाउन सकिएन ।”उनले भने । डा पौडेलले भने भक्तपुर अस्पतालको सकेर आउँदा ढिला भएको बताउँदै बिरामीले एक महिना अगाडि खाएको विषको असर र चिकित्सकको सल्लाह विपरित बिहान बाहिरबाट किनेर खाएको औषधिले असर गरेकाले बिरामीको ज्यान बचाउन नसकिएको दाबी गरे । मृतकका आफन्तले भने अस्पताल व्यवस्थापनका विभिन्न व्यक्तिले फोनबाटै क्षतिपूर्ति रकम लिएर शव लैजाउ, अस्पतालमा बबाल नगर भन्दै धम्की दिएको गुनासो गरेका छन् । मृतकको शव नबुझी कारबाहीको माग गर्दै दिनभर अस्पताल हाताभित्र आफन्तले कारबाहीको माग गर्दै नाराबाजी गरेकाले प्रहरीले लाठीचार्ज गरेपछि केहीबेर निकै स्थिति तनाव भएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending