Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

महबाट डेढ करोड आम्दानी

\"Honey\"पाल्पा, २९ भदौ । जिल्लामा मह बिक्रीबाट आव २०७२/७३ मा रु एक करोड ६२ लाख आम्दानी भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक ज्ञानकुमार यादवका अनुसार गत आवमा २५ मेट्रिक टन मह उत्पादन भएको थियो । आव २०७१÷७२ मा जिल्लामा २७।५ मेट्रिक टन मह उत्पादन भएको थियो । गत आवमा किसानले मौरीको घारमा गोला विभाजन गरेका कारण मह उत्पादनमा कमी आएको यादवको भनाइ छ । पछिल्लो समय कार्यालयले मह उत्पादन वृद्धि गर्ने उद्देश्यले मौरी घार अनुदानमा किसानलाई उपलब्ध गराउँदै आएको छ । अनुदान उपलब्ध भएपछि उनीहरु मौरीपालन व्यवसायतर्फ आकर्षित भएका हुन् । वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइराला मौरी गोलासहित बिक्री गर्दा अत्यधिक फाइदा हुने देखेपछि किसानले मौरी गोला उत्पादनलाई प्राथमिकमता दिएको बताउँछन् । जिल्लाका बराङ्दी, खानिगाउँ, मदनपोखरा र रामपुर नगरपालिका क्षेत्र मुख्य गरी मौरी उत्पादनको पकेट क्षेत्र मानिन्छन । कृषि विकास कार्यालयले आव २०७१/७२ मा ६४० गोलासहित र २०० खाली घार, आव २०७२÷७३ मा २२० गोलासहित र २०० खाली घार वितरण गरेको थियो । आव २०७३/७४ मा १५० गोलासहित र १५० खाली घार वितरण गर्ने कार्यक्रम रहेको वरिष्ठ कृषि विकास अधिकृत कोइरालाले बताए । जिल्लामा गोलासहित रु पाँच हजार ५०० र खालीघार रु दुई हजार ७०० मा बिक्री भइरहेको छ । किसानले मौरी गोलासहित बिक्री गर्न थालेपछि जिल्लामा सोचेअनुसार मह उत्पादन हुन नसकेको बताइएको छ । किसानले कम्तीमा १०० भन्दा बढी घारमा मौरी पालेर एक घारबाट सात किलोदेखि १२ किलोसम्म मह उत्पादन गरिरहेका छन् । जिल्लामा अहिले सरदरमा प्रतिकिलो रु ६०० मा मह बिक्री भइरहेको बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending