Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

महबाट डेढ करोड आम्दानी

\"Honey\"पाल्पा, २९ भदौ । जिल्लामा मह बिक्रीबाट आव २०७२/७३ मा रु एक करोड ६२ लाख आम्दानी भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक ज्ञानकुमार यादवका अनुसार गत आवमा २५ मेट्रिक टन मह उत्पादन भएको थियो । आव २०७१÷७२ मा जिल्लामा २७।५ मेट्रिक टन मह उत्पादन भएको थियो । गत आवमा किसानले मौरीको घारमा गोला विभाजन गरेका कारण मह उत्पादनमा कमी आएको यादवको भनाइ छ । पछिल्लो समय कार्यालयले मह उत्पादन वृद्धि गर्ने उद्देश्यले मौरी घार अनुदानमा किसानलाई उपलब्ध गराउँदै आएको छ । अनुदान उपलब्ध भएपछि उनीहरु मौरीपालन व्यवसायतर्फ आकर्षित भएका हुन् । वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइराला मौरी गोलासहित बिक्री गर्दा अत्यधिक फाइदा हुने देखेपछि किसानले मौरी गोला उत्पादनलाई प्राथमिकमता दिएको बताउँछन् । जिल्लाका बराङ्दी, खानिगाउँ, मदनपोखरा र रामपुर नगरपालिका क्षेत्र मुख्य गरी मौरी उत्पादनको पकेट क्षेत्र मानिन्छन । कृषि विकास कार्यालयले आव २०७१/७२ मा ६४० गोलासहित र २०० खाली घार, आव २०७२÷७३ मा २२० गोलासहित र २०० खाली घार वितरण गरेको थियो । आव २०७३/७४ मा १५० गोलासहित र १५० खाली घार वितरण गर्ने कार्यक्रम रहेको वरिष्ठ कृषि विकास अधिकृत कोइरालाले बताए । जिल्लामा गोलासहित रु पाँच हजार ५०० र खालीघार रु दुई हजार ७०० मा बिक्री भइरहेको छ । किसानले मौरी गोलासहित बिक्री गर्न थालेपछि जिल्लामा सोचेअनुसार मह उत्पादन हुन नसकेको बताइएको छ । किसानले कम्तीमा १०० भन्दा बढी घारमा मौरी पालेर एक घारबाट सात किलोदेखि १२ किलोसम्म मह उत्पादन गरिरहेका छन् । जिल्लामा अहिले सरदरमा प्रतिकिलो रु ६०० मा मह बिक्री भइरहेको बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: