Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

प्रधानमन्त्री प्रचण्डद्धरा भारत भ्रमणबारे सदनलाई जानकारी

\"sambidhansava\"काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले गर्न लागेको छिमेकी मुलुक भारतको भ्रमण असल नियतका साथ विश्वासको वातावरण बनाउने मार्गमा केन्द्रित हुने बताए । व्यवस्थापिका–संसद्को आजको बैठकमा भोलिदेखि हुने आफ्नो भारत भ्रमणको बारेमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले नेपाल र भारतबीच रहँदैआएको सहयोगात्मक सम्बन्ध विस्तार गर्न आफ्नो भ्रमणबाट थप सहायोग पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भारतको चारदिने राजकीय भ्रमणका लागि भोलि त्यसतर्फ जाँदैछन् । भारत भ्रमणबाट दुई देशबीच विश्वासको अभिवृद्धि हुनुका साथै विगतमा भएका आर्थिक र भौतिक पूर्वाधारसम्बन्धी परियोजना निर्माणका बारेमा छलफल र विचारविमर्श हुने प्रधानमन्त्रीले सदनलाई जानकारी दिए । ‘हुलाकी मार्गको पहिलो चरणको निर्माणको कामको शीघ्र थालनी, दोस्रो चरणको निर्माणका बारेमा छलफल, ऊर्जा व्यापार सम्झौता, पञ्चेश्वर आयोजनाको अध्ययन प्रतिवेदनको कार्यान्वयलगायतका बारेमा छलफल हुनेछ’’– उनले भने । वीरगन्जमा रहेको चेकपोस्टलाई कार्यान्वयन गर्दै भैरहवा र विराटनगरलगायतका स्थानमा एकीकृत चेकपोष्टको शीघ्र निर्माण पूरा गर्ने तथा सहुलियत प्राप्त गर्ने विषयमा कुराकानी हुनुका साथै नेपालको व्यापारघाटा कम गर्न, सीमापार रेल सेवा विस्तार छिटो सम्पन्न गर्ने विषयमा समेत छलफल र विचारविमर्श हुने प्रधानमन्त्री दाहालले जानकारी दिए । प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा नेपाल–भारत सीमा क्षेत्रमा हुँदै आएको डुबान समस्या समाधान गर्न गहनरुपमा छलफल गरिने तथा विशाखापटनम नाका प्रयोगका सम्बन्धमा विगतमा भएको सहमतिलाई समयानुकुल बनाउन संशोधनसम्बन्धी सहमतिपत्र आदानप्रदान गरिनेछ । प्रधानमन्त्री दाहालले बैठकमा आफनो भारत भ्रमणसम्बन्धी कार्यक्रम र भ्रमण दलमा रहने व्यक्तिको बारेमा जानकारी दिए । संसदको यसअघिका बैठकमा सांसदहरुले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रको शीर झुकाउने कुनै सम्झौता नगर्न सुझाव दिंदै असमान सन्धि, भारतबाट आएको सीमा हस्तक्षेपका सवालबारे प्रधानमन्त्री दाहाललाई आप्mना समकक्षीसँग स्पष्ट ढङ्गबाट कुरा राख्न सल्लाह दिए । सो अवसरमा केही सांसदले भने सार्वभौम देशको प्रधानमन्त्रीले मुलुकका बारेमा निर्णय गर्न सक्ने भएको हँुदा दुई देशका सम्बन्ध अघि बढाउन र मुलुकको हितमा काम गर्न कसैले धम्की दिंदैमा खुट्टा नकमाउन आग्रह गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: