Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

महिलाले पनि कपाल काट्न हुन्छ र, हेमन्तालाई सोध्नुहोस !

\"rss_images_1473834878849_gp_morang_110911_1-750\"मोरङ, २९ भदौ । कपाल काट्ने सैलुन कसले चलाउँछ वा सैलुनमा कसले कपाल काट्छ भनेर कसैलाई प्रश्न गरे सहजै उत्तर आउँछ, पुरुषले । तर त्यो प्रश्नको उत्तर अब गलत हुनसक्छ । मोरङको उर्लाबारी मङ्गलबारे–१ की २३ वर्षीया हेमन्ता ठाकुरले सैलुन खोलेरै कपाल काट्ने व्यवसाय सुरु गरेपछि उदाहरणीय बनेकी छिन् । मोरङको उर्लाबारीस्थित आइतबारे चोकमा हेयर कटिङ ९सैलुन० व्यवसाय सञ्चालन गरिरहेकी हेमन्ता ठाकुर आफ्नो व्यवसायबाट सन्तुष्ट रहेको बताउँछिन् । उनी भन्छिन्, “जीविकोपार्जनका लागि यो पेसा सहज छ । सामाजिक काममा पनि सकेको दान गर्दै आएकी छु ।” पुरुषको दाह्रीजुँगा र कपाल काट्ने काम महिलाका लागि सुहाउँदैन भनेर आफूलाई जिस्क्याउने र हेयको दृष्टिले हेर्ने महिला फेला पर्ने गरेपनि आफूले त्यस्ता भनाइको वास्ता नगरी व्यवसाय गर्नमा कुनै हीनताबोध नभएको उनले बताइन । चुलोचौको र मेलापातको काममा व्यस्त देखिने नेपाली समाजका कतिपय महिलाका लागि ठाकुरले सुरु गरेको सैलुन व्यवसाय साँच्चै उदाहरणीय काम बन्न पुगेको छ । पुरुषले गर्ने काम महिलाले किन गर्न नहुने भन्ने प्रश्न गर्दै उनले हेयर कटिङको काम गर्दा रमाइलो लागेको अनुभव सुनाइन । हेमन्ता भन्छिन्, “नराम्रा तर्क, वितर्क र खिसी गर्नेको मतलब नराखी निरन्तर अगाडि बढिरहेकी छु, धनीमानी र फुर्सदिलाहरुले छिः यस्तो के काम गरेको होला भन्दै जिस्काउँथे, खिस्सी गर्ने, होच्यिाउन खोज्थे । तर आजभोलि यसै पेसामा स्वावलम्बी भएपछि उनीहरुको बोली नै बन्द भएको छ । ” पहिलोपटक आफूले कपाल काटेको देख्नेहरु भने अचम्ममा पर्ने गरेको उनको अनुभव छ । कपाल काट्ने, दाह्री काट्ने, अनुहार मसाज गर्ने, फेसवास गर्ने लगायतका सबै काम गर्छु, ठाकुरले गर्वका साथ भन्नुभयो, “कपाल र दाह्री काट्न आउने कतिपय सभ्य र बुझेका व्यक्तिले त महिलाले पनि राम्रोसँग कपाल काट्ने रहेछन् भनेर खुसी हुँदै तोकिएभन्दा बढी रुपैयाँ दिएर जान्छन् ।” “कतिपयले बहिनी पैसा फिर्ता दिनु पर्दैन, तर पेसालाई सानो नसम्झिनु” भन्दै निरन्तरता दिन सुझाब दिनेगरेको उनको भनाइ छ । त्यसबेला हेमन्ती भावुक त हुन्छिन् नै । आफ्नो पेसाप्रति त्यसो भन्दिँदा हेमन्तीलाई गौरवान्वित बनाउने गरेको अनुभव उनी सुनाउँछिन् । यसले लिङ्गभेदकै कारण आफूले जानेको सीपलाई दबाएर राख्न नहुने दलिल पेस गरेको स्थानीय महिला नेत्री गोमा नेपालको भनाइ छ । सुरुसुरुमा चाहिँ केटा मान्छेको कपाल, दाह्री काट्दा असजिलो लागेको पनि हेमन्तीले स्मरण गर्न भ्याइन् । उर्लाबारीमा सैलुन चलाउँदै आएका श्रीमान् सोनी ठाकुर वैदेशिक रोजगारीमा गएपछि हेमन्तीले थाम्दै आउनुभएको हो । श्रीमानकै सहयोगमा कपाल र दाह्री काट्ने सीप सिकेको पनि उनको भनाइ छ । हेमन्ताले आफ्नो कमाईले घर खर्च चलेको उल्लेख गर्दै श्रीमान्ले पठाएको ‘रेमिट्यान्स’ लाई बचत गरेको बताउँछिन् । आफूले महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको हेमन्ताको भनाइ छ । उर्लाबारी बहुमुखी क्याम्पसका उपप्राध्यापक भीष्मा रेग्मी भट्टराई भन्छन्, “सामाजिक विभेद अन्त्यका लागि पनि उनले अँगालेको अभियानलाई सम्मान गरिनुपर्छ । चुलोचौकामा सीमित महिलाले हेमन्तीबाट पाठ सिक्नुपर्छ । कपाल नै काट्नुपर्छ भन्ने छैन । ’रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: