Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

विशिष्ट व्यक्तिहरुको उपचार खर्चबारे नयाँ निर्देशिका बनाउन माग

\"mantri-1-750\"काठमाडौं, २९ भदौ । विशिष्ट व्यक्तिको लागि राज्यले दिदै आएको उपचार खर्चबारे नयां निर्देशिका बनाउन आवश्य रहेको अर्थ समितिका सदस्यहरुले बताएका छन् । व्यवस्थापिका संसदको अर्थ समितिद्धारा आयोजित विशिष्ट व्यक्तिकोहरुको लागि उपचार खर्च बारे छलफल कार्यक्रममा बोल्दै उनीहरुले उक्त विषयमा जोड दिएका हुन् । विपन्न नागरिक औषधि उपचार कोष सम्बन्धि निर्देशिका संशोधन सहित २०७१ आएपछि आज सम्म अर्को निर्देशिका नआएको भन्दै संसदहरुले राज्य व्यवस्थामा आएको परिवर्तन सँगै राज्यबाट प्रदान गरिने उपचार खर्च सम्बन्धि निर्देशिका पनि नयाँ बनाउनु पर्ने माग गरेका छन् । अधिकांश संसदहरुले नेपालमै उपचार सम्भव भएको रोगको पनि विदेशमा गएर उपचार गर्ने प्रवृति नेता र वरिष्ठ व्यक्तिमा बढेको भन्दै त्यो रोक्नु पर्ने सुझाव राखे । नेपालमै उपचार सम्भव भएको अवस्थामा विदेश गएर उपचार गर्ने जो सुकै होस् राज्यले रकम निकासा गर्न नहुने उनीहरुको तर्क थियो । संसदरुले सारै समस्यामा परेका मानिसहरुको लागि राज्यले सहयोग सहज बनाउनुपर्ने,औषधि वितरण सम्बन्धि नयाँ निति ल्याउनुपर्ने र सबैलाई रोग अनुसार समान आर्थीक सहयोग गर्नुपर्ने विषयलाई जोडदार रुपमा उठाएका छन् । कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले आर्थिक नियमावली २०७४ अनुसार उपचार खर्चको व्यवस्था सरकारले गरिरहेको बताए । अर्थमन्त्री महराले राज्यले विशिष्ट व्यक्तिको परिभाषा सहित रोगको प्रकृति र रोगिको अवस्थाका आधारमा उपचार सहयोग गर्ने निती ल्याउनु पर्ने धारणा राखें । उपचार रकमको हकमा अर्थमन्त्रालयको सहमती बेगर रकम निकासा गर्न नपाइने व्यवस्था भएपनि कतिपय अवस्थामा सहमति नगरिकनै मन्त्रीहरुले खर्च दिने गरेको र त्यसको विल पछि बुझाउने गरेको आफुले थाहापाएको मन्त्री महराले बताए । उनले उपचार खर्च वितरण प्रकृयालाई व्यवस्थीत र पारर्दसी बनाउनु पर्ने र त्यसकालागी यस्ता खालका छलफलहरु आवश्यक रहेको समेत बताए । उक्त कार्यक्रममा बोल्दै सभाषद् गोपाल दहितले निर्देशिकामा उपचार खर्च कस्लाई दिने, त्यसको विधी र प्रकृया समेत स्पष्ट हुनु पर्ने बताए । बजेटलाई जथाभावि प्रयोग गर्ने प्रवृति गलत हो , भन्दै यसलाई सिस्टमा लिनुपर्नेमा उनको जोड थियो । त्यसैगरि संसद कमला पन्तले स्पष्ट निर्देशिका ल्याउनु पर्ने भन्दै विगतमा कस्ले कति रकम उपचारको लागि लगेको छ, त्यस्को विवरण सुनाउन अर्थमन्त्री समक्ष माग गरिन् । उनले विशिष्ट व्यक्ति होस वा नागरिक नेपालमै उपचार हुने अवस्था भएमा विदेशमा उपचारका लागि जान रोक्नुपर्ने बताइन् । उनले उपचारका लागि राज्यले नगद बाड्ने भन्दा सबैको लागि स्वस्थ्य विमा योजना संचालन गर्नु राम्रो हुने विचार प्रस्तुत गरिन् । त्यसैगरि संसद मोहन वरालले राज्यको उपचार खर्च असहाय,गरीबको पहुँचमा नभएको बताउँदै विशिष्ट व्यक्तिको नाममा रकम दुरुपयोग भएको बताए । उनले विशिष्ट व्यक्तिको परिभाषा समेत किटान हुन आवश्यक रहेको भन्दै रोगको प्रकृति अनसार उपचारको लागि सहयोग गर्न माग गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending