Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

मन्त्री सामु बिरामीको गुनासो ‘आकस्मिक कक्षमा समेत पालो पाइँदैन’

\"anugaman\"काठमाडौँ, २८ भदौ । गोरखाकी विष्णुमाया न्यौपानेले आफ्नो छोराको उपचारका लागि कान्तिबाल अस्पताल ल्याउँदा आकस्मिक कक्षमा समेत पालो पाउन मुस्किल भएको बताइन । मङ्गलबार बिहान अस्पतालमा भटिएकी उनले आकस्मिक कक्षमा पर्याप्त चिकित्सक नहुँदा बिगतमा पनि यस्तै दुखः पाएको गुनासो गरिन । आज स्वास्थ्यमन्त्री गगनकुमार थापा अस्पतालको निरीक्षण गर्न त्यहाँ पुग्दा बिरामीदेखि चिकित्सकले आकस्मिक कक्ष सुधार हुनुपर्ने माग गरेका थिए । गौशालाबाट छोरीको उपचार गर्न पखाईमा बसेकी देवी शर्माले बालबालिकाको उपचार यहाँ भन्दा अन्य अस्पतालमा राम्रो नहुने भन्ने लागेर जति भीड हुदाँ पनि आफू सधँै कान्ति नै आउने गरेको बताए । उनले भने – ‘ आजपनि बिहानै आएपनि पालोआएको छैन । थोरै चिकित्सक भएकाले धेरै भीड हुन्छ । पालो पाउनै सकिन्न । कतिजना त पालो नपाएर अरु अस्पतालमा जानुपर्ने बाध्यता छ ।’’ यस्तै, अस्पतालमा आइसियूमा शै्य्या नपाएर धेरै बिरामी उपचारबाट वञ्चित हुनुपरेको गुनासो आएको भन्दै मन्त्री थापाले अस्पताल प्रशासनलाई बजेटको अभावमा रोकिएको निमार्णाधीन ५२ शै्य्याको आइसियू शैयालाई अगाडि बढाउन निर्देशन दिए । वर्षमा कति बिरामी उपचार पाउन नसकेर फर्किए त्यसको कारणसहित प्रतिवेदन बुझाउन तथा सानो प्रयासबाट सुधार गर्न सकिने आकस्मिक कक्ष, आयसियूको व्यवस्था सूचना कक्ष, त्यहाँको उपचार प्रक्रियाबारे जानकारी दिन र सरसफाइमा तुरुन्तै सुधार गर्न पनि निर्देशन दिए । मन्त्री थापाले यो अस्पताल देशकै एक मात्र बालअस्पताल भएको र यहाँको सेवा पनि उत्कृष्ट भएभएकाले तीन महिनामा अस्पतालमा धेरै परिवर्तनका लागि पहल गर्ने बताए । ‘कुनैपनि बिरामी बच्चा उपचार नपाएर फर्कनुहुदैँन । यस्तो अवस्था आउन नदिन के गर्नुपर्छ । तपाईहरुले स्पष्ट समाधानसहितको खाका तयार गर्नुस् । सुधारको कार्य आजैबाट सुरु गरौँ,’’ मन्त्री थापाले भने । उनले आम नागरिकलाई आफ्ना बालबालिकाको नाममा गर्ने खर्च कटौति गरेर केही रकम यस अस्पतालमा उपचार गराउन नसक्नेलाई सहयोग पु¥याउन अपिल गरे । स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले रकमको अभावमा अड्किएको आइसियूको स्तरोन्नतीमा कुनै समस्या आउन नदिने बताए । अस्पतालले आफ्नो १८ शै्य्याको आइसियू बढाएर ५२ शै्य्याको पु¥याउन लागको तर त्यसको लागि आवश्यक जनशक्ति अभाव भएको भन्ने अस्पतालका निर्देशक डा अजित रायमाझीको भनाइमा सचिव उप्रेतीले त्यसमा पनि मन्त्रालयले सहयोग उपलब्ध गराउने जानकारी दिए । अस्पतालका बालरोग विशेषज्ञ डा कृष्ण पौडेलले देशभरीका बालबालिका उपचार गर्न कान्ति बाल अस्पतालमा नै आउने भएकाले बिरामीको अत्यधिक चाप रहेको तर दरबन्दी २०४० देखि अहिलेसम्मथप नभएको गुनासो गरे । अहिले कान्ति बाल अस्पतालको आकास्मिक कक्षमा दैनिक ३०० र बहिरङ्ग ९ओपिडी० मा ६०० बिरामी आउने भएकाले जाँच गर्न जनशक्ति पनि अपुग भएको र एउटा चिकित्सकले दिनमा ६० भन्दा बढी बिरामी हेर्नुपर्ने बाध्यता छ उनले भने । यस अस्पताललाई राष्ट्रिय बालस्वास्थ्य प्रतिष्ठान बनाइ अगाडि बढाउनुपर्ने माग पनि अस्पताल प्रशासनले मन्त्री समक्ष राखेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: