Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मन्त्री सामु बिरामीको गुनासो ‘आकस्मिक कक्षमा समेत पालो पाइँदैन’

\"anugaman\"काठमाडौँ, २८ भदौ । गोरखाकी विष्णुमाया न्यौपानेले आफ्नो छोराको उपचारका लागि कान्तिबाल अस्पताल ल्याउँदा आकस्मिक कक्षमा समेत पालो पाउन मुस्किल भएको बताइन । मङ्गलबार बिहान अस्पतालमा भटिएकी उनले आकस्मिक कक्षमा पर्याप्त चिकित्सक नहुँदा बिगतमा पनि यस्तै दुखः पाएको गुनासो गरिन । आज स्वास्थ्यमन्त्री गगनकुमार थापा अस्पतालको निरीक्षण गर्न त्यहाँ पुग्दा बिरामीदेखि चिकित्सकले आकस्मिक कक्ष सुधार हुनुपर्ने माग गरेका थिए । गौशालाबाट छोरीको उपचार गर्न पखाईमा बसेकी देवी शर्माले बालबालिकाको उपचार यहाँ भन्दा अन्य अस्पतालमा राम्रो नहुने भन्ने लागेर जति भीड हुदाँ पनि आफू सधँै कान्ति नै आउने गरेको बताए । उनले भने – ‘ आजपनि बिहानै आएपनि पालोआएको छैन । थोरै चिकित्सक भएकाले धेरै भीड हुन्छ । पालो पाउनै सकिन्न । कतिजना त पालो नपाएर अरु अस्पतालमा जानुपर्ने बाध्यता छ ।’’ यस्तै, अस्पतालमा आइसियूमा शै्य्या नपाएर धेरै बिरामी उपचारबाट वञ्चित हुनुपरेको गुनासो आएको भन्दै मन्त्री थापाले अस्पताल प्रशासनलाई बजेटको अभावमा रोकिएको निमार्णाधीन ५२ शै्य्याको आइसियू शैयालाई अगाडि बढाउन निर्देशन दिए । वर्षमा कति बिरामी उपचार पाउन नसकेर फर्किए त्यसको कारणसहित प्रतिवेदन बुझाउन तथा सानो प्रयासबाट सुधार गर्न सकिने आकस्मिक कक्ष, आयसियूको व्यवस्था सूचना कक्ष, त्यहाँको उपचार प्रक्रियाबारे जानकारी दिन र सरसफाइमा तुरुन्तै सुधार गर्न पनि निर्देशन दिए । मन्त्री थापाले यो अस्पताल देशकै एक मात्र बालअस्पताल भएको र यहाँको सेवा पनि उत्कृष्ट भएभएकाले तीन महिनामा अस्पतालमा धेरै परिवर्तनका लागि पहल गर्ने बताए । ‘कुनैपनि बिरामी बच्चा उपचार नपाएर फर्कनुहुदैँन । यस्तो अवस्था आउन नदिन के गर्नुपर्छ । तपाईहरुले स्पष्ट समाधानसहितको खाका तयार गर्नुस् । सुधारको कार्य आजैबाट सुरु गरौँ,’’ मन्त्री थापाले भने । उनले आम नागरिकलाई आफ्ना बालबालिकाको नाममा गर्ने खर्च कटौति गरेर केही रकम यस अस्पतालमा उपचार गराउन नसक्नेलाई सहयोग पु¥याउन अपिल गरे । स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले रकमको अभावमा अड्किएको आइसियूको स्तरोन्नतीमा कुनै समस्या आउन नदिने बताए । अस्पतालले आफ्नो १८ शै्य्याको आइसियू बढाएर ५२ शै्य्याको पु¥याउन लागको तर त्यसको लागि आवश्यक जनशक्ति अभाव भएको भन्ने अस्पतालका निर्देशक डा अजित रायमाझीको भनाइमा सचिव उप्रेतीले त्यसमा पनि मन्त्रालयले सहयोग उपलब्ध गराउने जानकारी दिए । अस्पतालका बालरोग विशेषज्ञ डा कृष्ण पौडेलले देशभरीका बालबालिका उपचार गर्न कान्ति बाल अस्पतालमा नै आउने भएकाले बिरामीको अत्यधिक चाप रहेको तर दरबन्दी २०४० देखि अहिलेसम्मथप नभएको गुनासो गरे । अहिले कान्ति बाल अस्पतालको आकास्मिक कक्षमा दैनिक ३०० र बहिरङ्ग ९ओपिडी० मा ६०० बिरामी आउने भएकाले जाँच गर्न जनशक्ति पनि अपुग भएको र एउटा चिकित्सकले दिनमा ६० भन्दा बढी बिरामी हेर्नुपर्ने बाध्यता छ उनले भने । यस अस्पताललाई राष्ट्रिय बालस्वास्थ्य प्रतिष्ठान बनाइ अगाडि बढाउनुपर्ने माग पनि अस्पताल प्रशासनले मन्त्री समक्ष राखेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending