Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

ऊर्जामन्त्री शर्माको कडा निर्देशनः ३५ दिनमै निर्माण कार्य सम्पन्न गर्नुस्

\"Janardhan-Sharma-Pravakar\"काठमाडौं, २८ भदौ । ऊर्जामन्त्री जनार्दन शर्माले डुम्रे–दमौली–मस्र्याङ्दी १४ किलोमिटर प्रसारणलाइन विस्तार कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् । डुम्रे–दमौली–मस्र्याङ्दी १३२ केभी प्रसारण लाइन आयोजनालगायत काममा भइरहेको ढिलाइप्रति ऊर्जा मन्त्री जनार्दन शर्माले चासो व्यक्त गरेका हुन् । उक्त प्रसारण लाइन विस्तारका लागि ७० दिनको समयावधि निर्धारण गरिएकोमा लामो समय हुने भन्दै ३५ दिनमै सम्पन्न गर्न ऊर्जामन्त्री शर्माले नेपाल विद्युत् प्राधिकरणका पदाधिकारी तथा आयोजना प्रमुखलाई निर्देशन दिए । परियोजनाका काममा भइरहेको ढिलाइले कामको गति निकै सुस्त भएकामा असन्तोष प्रकट गर्दै मन्त्री शर्माले काम ढिलो गर्ने प्रवृत्ति तत्काल सच्याउन प्राधिकरणका पदाधिकारीलाई आग्रह गरे । प्राविधिक कुरा आफैँ मिलाउन आग्रह गर्दै उनले तोकिएको समयभित्र काम सम्पन्न भएको नतिजा चाहिने मन्त्री शर्माले बताए । तोकिएको जिम्मेवारीमा निर्धारित समयमा नतिजा निकाल्न नसक्ने अधिकारीलाई कारबाहीका लागि सिफारिस गर्न पनि उनले आग्रह गरे । यस्तै, तोकिएको समयमा काम सम्पन्न नहुने गरी ढिला गरिरहेका कम्पनीसँगको सम्झौता खारेज गर्न पनि उनले निर्देशन दिए । प्राधिकरणका पदाधिकारीले आफूसँग उपकरण तथा जनशक्ति पर्याप्त नभएकाले काममा बाधा उत्पन्न भएको गुनासो गरेका थिए । ऊर्जा मन्त्रालयमा भएको छलफलमा डुम्रे–दमौली–मस्र्याङ्दी प्रसारण लाइन आयोजना प्रमुख गणेश केसीले आफूहरूले तोकिएको समयमै काम सम्पन्न गर्न सक्दो प्रयास गरिरहेको बताए । सो अवसरमा ग्रीड सञ्चालन विभागका मनोज सिलवाल, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना (हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी) का राधेशरण महतो, हेटौँडा–कुलेखानी–२–मातातीर्थ–स्यूचाटार १३२ केभी दोस्रो सर्किट प्रसारण लाइन आयोजना प्रमुख केदार सिलवालको पनि उपस्थिति थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: