Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

चितवनमा गरिएको परीक्षणमा ७० प्रतिशत मुसामा स्क्रब टाइफस सार्ने ‘माइट’ भेटियो

\"mouse\"चितवन, २७ भदौ । चितवनमा गरिएको स्क्रब टाइफस परिक्षणमा ७० प्रतिशत मुसामा स्क्रब टाइफस सार्ने ‘माइट’ भेटिएको छ । अध्ययनका लागि चितवन आएको प्राविधिकसहितको टोली नमुना सङ्कलन गरेर सोमबार दिउँसो राजधानी फर्किएको छ । चितवनको पश्चिम क्षेत्रमा तीन दिन लगाएर मुसाको अध्ययन गरी नमुना सङ्कलन गरेर टोली फर्किएको हो । टोलीले १० वटा मुसा समातेर परीक्षण गर्दा सातवटा मुसामा स्क्रब टाइफस भनिने नयाँ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ फेला परेको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए । “माइट सङ्कलन गरेर पठाइएको छ, केसीले भने ‘त्यो माइट सङ्क्रमित छ कि छैन भन्ने कुरा भने परीक्षणपछि मात्रै पत्ता लाग्ने छ ।” काठमाडौँबाट आएको आठजनाको टोलीले मुसाको कलेजो, फोक्सो, मुटु किड्नी र रगतसमेत सङ्कलन गरेर परीक्षणका लागि काठमाडौँ लगेको केसीले जानकारी दिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरीक्षक रेशम लामिछानेको नेतृत्वमा टोली मुसाको अनुसन्धान गर्न चितवनमा आएको थियो । शुक्रबारदेखि सुरु भएको नमुना सङ्कलन कार्य सकेर टोली फर्किएको लामिछानेले जानकारी दिए । उनका अनुसार उक्त नमुना काठमाडौँमा थाइल्यान्डका विशेषज्ञसहितको टोलीले परीक्षण गरेपछि यकिन प्रतिवेदन आउनेछ । मुसामा पाइने माइट नामको सङ्क्रमित किराले टोकेमा स्क्रब टाइफस रोग सर्छ । मुसाबाट झारमा झर्ने र झारबाट मानिसमा किरा टाँसिएर टोक्दा रोग लाग्ने भएकाले सचेत हुन चिकित्सकले आग्रह गरेका छन् । अठसट्ठी जनाको नमुना परीक्षण मुसाको अध्ययनका लागि आएको टोलीले स्क्रब टाइफस रोग लागेको मानिस, मृत्यु भएका व्यक्तिको परवार तथा स्थानीय गाउँले गरी ८६ जनाको रगतसमेत परीक्षणका लागि नमुना सङ्कलन गरेको छ । मुसाको अध्ययन भएको क्षेत्रका स्थानीयवासीको यसरी रगत सङ्कलन गरिएको जनस्वास्थ्य कार्यालय, चितवनले जनाएको छ । पश्चिम चितवनको शारदानगर, पार्वतीपुर, शङ्कर चोक र विकास चोकमा रहेका विभिन्न घरमा यहाँ मुसाको अध्ययन गरी स्थानीयवासीको समेत नमुना सङ्कलन गरिएको हो । नेपालमा आजसम्म स्क्रब टाइफसबाट सातजनाको मृत्यु भएको छ भने २३९ जनाका सङ्क्रमण भएको पाइएको छ । केही दिनअघि मात्रै कान्ति अस्पतालमा उपचार गराइएका एकजनाको मृत्यु भएपछि मृतक सङ्ख्या सात पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरीक्षक रेशम लामिछानेले जानकारी दिए । नेपालका ३२ जिल्लामा सङ्क्रमण देखिएको स्क्रब टाइफस रोग वैशाखयता चितवनमा सबैभन्दा बढी १८९ जनामा फेला परेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: