Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

भारत भ्रमणमा प्रचण्डले के के सम्झौता गर्दैछन् ?

\"modi-prachanda\"काठमाडौं, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा कस्ता सम्झौताहरु गर्लान् भन्ने सबैको चासो छ । प्रचण्डले पनि आफ्नो भारत भ्रमणका सन्दर्भमा परराष्ट्रविद् तथा परराष्ट्रमामिलाका जानकार ब्यक्तिहरुसँग छलफल पनि गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डको पाँच दिनपछि हुने भारत भ्रमणका क्रममा विभिन्न अगाडि बढ्न नसकेका ठूला विकास परियोजनाहरुकाबारेमा छलफल हुनेछ । प्रचण्डले पटक पटक उठ्ने गरेको सन् १९५० को सन्धि पुनरावलोकनबारे पनि छलफल गर्नेछन् । पुनरावलोकनका लागि पछिल्लो समय भारत सकारात्मक देखिएको छ । प्रचण्डको भारत भ्रमणका क्रममा नेपालले भारतसँग छ वटा विकास आयोजनामा समझदारी गर्ने भएको छ । अघिल्लो प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्ध सुधारका लागि भारतसँग शितयुद्ध भइरहेकाबेला राजकीय भ्रमण गरे पनि सम्बन्धमा सुधार हुन नसकेकाले त्यसमा नै आफ्नो भ्रमण केन्द्रित हुने प्रचण्ड स्वयंले बताइसकेका छन् । विहीबार संसदमा जनताको नाममा गरेको सम्बोधनमा पनि आफू प्रधानमन्त्री भएपछि दुई छिमेकी मुलुकमा आफ्नो दूतका रुपमा दुई उपप्रधानमन्त्री पठाएर सम्बन्ध सुधारिसकेको बताएका थिए । भारतसँगको सम्बन्ध सुधारका साथै मधेसी समुदायलाईसमेत खुशी पार्न हुलाकी सडक निर्माण सम्बन्धमा महत्वपूर्ण सम्झौता हुने तयारी गरिएको छ । यस्तै, भारतसँग तल्लो अरुण जलविद्युत आयोजनामा पनि सम्झौता हुनेछ भने पञ्चेश्वर परियोजनाको डीपीआरलाई अन्तिम रूप दिनेबारेमा पनि भारतसँग सम्झौता गर्ने सरकारले तयारी गरेको छ । लामो समयदेखि विवादमा नै रहेको पंचेश्वरमा परामर्शदाता तय गर्ने काम पनि प्रचण्डको भारत भ्रमणका क्रममा हुनेछ । उर्जा क्षेत्रमा भएको ब्यापार सम्झौता (पीटीए) को लागू गर्न पनि नेपालले पहल गर्नेछ । भूकम्पपछिको पुनःनिर्माणका सन्दर्भमा पनि केही महत्वपूर्ण सम्झौताहरु भारतसँग गर्ने सरकारको तयारी छ । धार्मिक तथा पुरातात्विक महत्वको पशुपति नाथका साथै केही महत्वपूर्ण पुरातात्विक भवन निर्माण गर्ने भारतको समेत चाहना भएकाले त्यसमा सम्झौता हुनेछ । भूकम्पपीडितलाई सरकारले एक लाख थप गरी तीन लाख पुर्याउने प्रतिवद्धता जनाएकोले एक लाख थप गर्ने रकम पनि भारतले सहयोग गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै संकेत गरिसकेका छन् । यस्तै प्रचण्डको भारत भ्रमणको क्रममा अर्को महत्वपूर्ण मानिएको उर्जा व्यापार सम्झौताको कार्यान्वयनबारे पनि सम्झौता हुनेछ । अहिलेसम्म भएका सहमतिलाई तत्काल कार्यान्वयनमा ल्याउने विषयमा पनि प्रचण्डले भारतसँग छलफल गर्नेछन् । जनकपुर भैरहवा नेपालगन्ज क्रस बोर्डर थप्ने, सीमानामा रहेको इमिग्रेसन कार्यालयलाई चुस्त बनाउने, पाइपलाइनको काम सक्ने लगायतका विषयमा पनि छलफल हुने परराष्ट्र स्रोतको भनाइ छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी लगभग पूरा भएको परराष्ट्र मन्त्रालयले बताएको छ । प्रचण्डको भारत भ्रमणअघि पराष्ट्रमन्त्री डा.प्रकाशशरण महत आइतबार नै दिल्ली प्रस्थान गर्दैछन् । यस्तै, दिल्लीबाट फर्किएलगत्तै असोज ३ गते प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघीय महासभामा भाग लिन जाने भएका छन् । राष्ट्रसंघीय महासभाका लागि हुने भ्रमणको तयारीसमेत पूरा भएको परराष्ट्र मन्त्रालयले बताएको छ । राष्ट्रसंघमा प्रधानमन्त्रीले मुलुकमा संविधानसभाबाट जारी संविधान कार्यावन्यनमा गएको जानकारी गराउँदै मुलुकको विकास प्रक्रियामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्ने भएका छन् । प्रचण्ड भदौ ३० गते भारत भ्रमणमा गएर असोज २ गते स्वदेश फर्किनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending