Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

भारत भ्रमणमा प्रचण्डले के के सम्झौता गर्दैछन् ?

\"modi-prachanda\"काठमाडौं, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा कस्ता सम्झौताहरु गर्लान् भन्ने सबैको चासो छ । प्रचण्डले पनि आफ्नो भारत भ्रमणका सन्दर्भमा परराष्ट्रविद् तथा परराष्ट्रमामिलाका जानकार ब्यक्तिहरुसँग छलफल पनि गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डको पाँच दिनपछि हुने भारत भ्रमणका क्रममा विभिन्न अगाडि बढ्न नसकेका ठूला विकास परियोजनाहरुकाबारेमा छलफल हुनेछ । प्रचण्डले पटक पटक उठ्ने गरेको सन् १९५० को सन्धि पुनरावलोकनबारे पनि छलफल गर्नेछन् । पुनरावलोकनका लागि पछिल्लो समय भारत सकारात्मक देखिएको छ । प्रचण्डको भारत भ्रमणका क्रममा नेपालले भारतसँग छ वटा विकास आयोजनामा समझदारी गर्ने भएको छ । अघिल्लो प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्ध सुधारका लागि भारतसँग शितयुद्ध भइरहेकाबेला राजकीय भ्रमण गरे पनि सम्बन्धमा सुधार हुन नसकेकाले त्यसमा नै आफ्नो भ्रमण केन्द्रित हुने प्रचण्ड स्वयंले बताइसकेका छन् । विहीबार संसदमा जनताको नाममा गरेको सम्बोधनमा पनि आफू प्रधानमन्त्री भएपछि दुई छिमेकी मुलुकमा आफ्नो दूतका रुपमा दुई उपप्रधानमन्त्री पठाएर सम्बन्ध सुधारिसकेको बताएका थिए । भारतसँगको सम्बन्ध सुधारका साथै मधेसी समुदायलाईसमेत खुशी पार्न हुलाकी सडक निर्माण सम्बन्धमा महत्वपूर्ण सम्झौता हुने तयारी गरिएको छ । यस्तै, भारतसँग तल्लो अरुण जलविद्युत आयोजनामा पनि सम्झौता हुनेछ भने पञ्चेश्वर परियोजनाको डीपीआरलाई अन्तिम रूप दिनेबारेमा पनि भारतसँग सम्झौता गर्ने सरकारले तयारी गरेको छ । लामो समयदेखि विवादमा नै रहेको पंचेश्वरमा परामर्शदाता तय गर्ने काम पनि प्रचण्डको भारत भ्रमणका क्रममा हुनेछ । उर्जा क्षेत्रमा भएको ब्यापार सम्झौता (पीटीए) को लागू गर्न पनि नेपालले पहल गर्नेछ । भूकम्पपछिको पुनःनिर्माणका सन्दर्भमा पनि केही महत्वपूर्ण सम्झौताहरु भारतसँग गर्ने सरकारको तयारी छ । धार्मिक तथा पुरातात्विक महत्वको पशुपति नाथका साथै केही महत्वपूर्ण पुरातात्विक भवन निर्माण गर्ने भारतको समेत चाहना भएकाले त्यसमा सम्झौता हुनेछ । भूकम्पपीडितलाई सरकारले एक लाख थप गरी तीन लाख पुर्याउने प्रतिवद्धता जनाएकोले एक लाख थप गर्ने रकम पनि भारतले सहयोग गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै संकेत गरिसकेका छन् । यस्तै प्रचण्डको भारत भ्रमणको क्रममा अर्को महत्वपूर्ण मानिएको उर्जा व्यापार सम्झौताको कार्यान्वयनबारे पनि सम्झौता हुनेछ । अहिलेसम्म भएका सहमतिलाई तत्काल कार्यान्वयनमा ल्याउने विषयमा पनि प्रचण्डले भारतसँग छलफल गर्नेछन् । जनकपुर भैरहवा नेपालगन्ज क्रस बोर्डर थप्ने, सीमानामा रहेको इमिग्रेसन कार्यालयलाई चुस्त बनाउने, पाइपलाइनको काम सक्ने लगायतका विषयमा पनि छलफल हुने परराष्ट्र स्रोतको भनाइ छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी लगभग पूरा भएको परराष्ट्र मन्त्रालयले बताएको छ । प्रचण्डको भारत भ्रमणअघि पराष्ट्रमन्त्री डा.प्रकाशशरण महत आइतबार नै दिल्ली प्रस्थान गर्दैछन् । यस्तै, दिल्लीबाट फर्किएलगत्तै असोज ३ गते प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघीय महासभामा भाग लिन जाने भएका छन् । राष्ट्रसंघीय महासभाका लागि हुने भ्रमणको तयारीसमेत पूरा भएको परराष्ट्र मन्त्रालयले बताएको छ । राष्ट्रसंघमा प्रधानमन्त्रीले मुलुकमा संविधानसभाबाट जारी संविधान कार्यावन्यनमा गएको जानकारी गराउँदै मुलुकको विकास प्रक्रियामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्ने भएका छन् । प्रचण्ड भदौ ३० गते भारत भ्रमणमा गएर असोज २ गते स्वदेश फर्किनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: